उहाँ जजाअ बिन फलीह हमूद अस्सुवैलह हुनुहुन्छ, उहाँ कुवैतमा सन् १९६९ र्इ. मा जन्मनु भयो, र उहाँ कुवैतका प्रसिद्ध पाठनकर्ताहरू मध्ये एक हुनुहुन्छ, र कुवैत विश्वविद्यालयबाट इस्लामीय शास्त्र कालेजबाट स्नातक गर्नु भएको हो, र सोही विश्वविद्यालयमा अध्यापक पनि हुनुहुन्छ ।
उहाँ पाठनकर्ता शैख यहया अहमद मुहम्मद अलहलीली हुनुहुन्छ, उहाँ यमनको राज्य सनअामा सन् १९५२ र्इ. मा जन्मनु भयो, र कुरअानलार्इ सन् १९६२ र्इ. मा पूर्णतया कण्ठ गरिहाल्नु भयो, र सातवटै पाठनशैलीको ज्ञान पनि प्राप्त गर्नु भयो र सन् १९७३ र्इ. मा अरबी भाषा शास्त्रमा स्नातक गर्नु भयो, र सन् १९७०....
कुवैतको पाठनकर्ता
उहाँ शैख बासिल बिन अब्दुर्रहमान अर्रावी हुनुहुन्छ, उहाँको जन्म इराकको शहर बगदादमा सन् १९५३ र्इ. मा भयो, र सन् १९७७ र्इ. मा बगदाद विश्वविद्यालयबाट राजनीति र कानूनको कालेजबाट स्नातक गर्नु भयो, अनि सन् १९७७ र्इ. मा रजनीतिमा कार्यरत हुनु भयो र सन् १९९० र्इ. मा त्यसलार्इ त्यागेर पवित्र कुरअानको पाठ....
सउदी पाठनकर्ता
उहाँको जन्म इराकको शहर बगदादमा सन् १९८६ र्इ. मा भएको हो, र उहाँ इराकको जमइयतुल कुर्राअ्को सदस्य पनि रहनु भएको थियो, र उहाँको निधन बगदाद शहरमा सन् २००७ र्इ मा भयो ।
उहाँको पूर्ण नामः अहमद बिन मुहम्मद बिन अब्दुल्लाह बिन मअीज अल हवाशी हो, उहाँको जन्म सउदीको शहर खमीस मुशीतमा सन् १३७४ हिज्रीमा भयो, र उहाँ खमीस मुशीतको भब्य मस्जिदमा इमाम र खतीब हुनुहुन्थ्यो ।
उहाँ सुडानको कुर्दफान नामक राज्यमा सन् १९८२ र्इ. मा जन्मनु भयो, र उहाँले कुरअानको पाठनशैलीमा शैखुल अजहरबाट सन् २००९ र्इ.मा अनुमतिपत्र पनि प्राप्त गर्नु भएको हो ।
उहाँको पूर्ण नामः महमूद अहमद अब्दुलहकम हो, उहाँ सोमवारको दिन मिस्रको केना नामक राज्यमा जन्मनु भयो, र १० वर्षको उमेरमा नै कुरअानलार्इ कण्ठ गर्नु भयो, र दुर्इ वर्ष कुरअानको पाठनशैलीलार्इ अध्ययन गरे पश्चात अजहर विश्वविद्यालयमा अध्ययन गर्नु भयो, अनि कुरअानको पाठनमा परिपूर्ण भएर सन् १९४० र्इ. मा प्रसिद्ध पाठनकर्ताको रूपमा....
मिस्री पाठनकर्ता