×
यस पुस्तकमा शहादतैनको उल्लेख र इस्लामको अरकानहरु (स्तम्भहरु), र इस्लामको मूल द्धार, पवित्रता र अपवित्रा, हैज, निफास र इस्तिहाजा इत्यादीको उल्लेख छ। र यसबाट पवित्रता प्राप्त गर्ने तरीकाको पनि व्याख्या छ। सलाको समय र त्यसको शर्तहरुको उल्लेख पनि छ। सला कस्र र जमाको व्याख्या गर्दै युद्धस्थल र यात्रामा सला गर्नेको तरीका पनि बयान गरेको छ।

इस्लाम प्रवेशिका

Mushtaqe Ahmad

मुहम्मद मुश्ताक

बिस्मिल्ला हिर्रहमा निर्रहीम

अल्लाहको नामबाट जो अति दयालु तथा कृपावान छ।

الحمد لله رب العالمين وحده و الصلاة والسلام على من لا نبي بعده و على آله و صحبه أجمعين

ý सर्व प्रथम सम्पूर्ण प्रकारका प्रशंसा चाहिं मात्र अल्लाह तआलाको लागि नै खास छन् जस्ले अति ठूलो ब्रह्रान्ड, संसार र यसमा बसिएका अनेकौ र अनौठो खालका जीव जन्तुहरुलाई रचना गर्यो तथा तिनीहरुको मार्गदर्शन र सोझो बाटोमा डोग्याउने हेतु हरेक युग र समुदायमा रसूल , सन्देष्टा, अवतार तथा पथ पर्दशकहरुको सुव्यस्था गर्यो।

ý त्यस पछि करोडौ सलाम एवं चिशान्ति होउन् उहाँका सबै सन्देष्टाहरुमाथि खासगरी अन्तिम सन्देष्टा मुहम्मद सल्लाहु अलैहि वसल्लम माथि जस्ले दूतत्वको अति लामो सिलसिलालाइ सम्पन्न गर्नुभयो। र असल सृष्टिकर्तालाई बिर्सि सृष्टिको पूजाअर्चनामा फँसिएका मान्छेलाई त्यो अधर्मबाट जोगाई मात्र एउटै सत्य सृष्किर्ता अल्लाहको पूजा गर्नु पर्छ भने सोझोबाटोमा डोर्याउनुभयो।

सूरः फातिहा (कुराआनको पहि्लो सूर)

بِسْمِ اللهِ الرَّحْمنِ الرَّحِيمِ{1} الْحَمْدُ للّهِ رَبِّ الْعَالَمِينَ{2} الرَّحْمـنِ الرَّحِيمِ{3} مَالِكِ يَوْمِ الدِّينِ{4} إِيَّاكَ نَعْبُدُ وإِيَّاكَ نَسْتَعِينُ{5} اهدِنَــــا الصِّرَاطَ المُستَقِيمَ{6} صِرَاطَ الَّذِينَ أَنعَمتَ عَلَيهِمْ غَيرِ المَغضُوبِ عَلَيهِمْ وَلاَ الضَّالِّينَ{7}~§§ الفاتحة(مكية)7 §§~

बिस्मिल्ला हिर्रहमानिर्रहीम (1) अल् हम्दो लिल्लाहे रब्बिल आलमीन (2) अर्रहमा निर्रहीम (3) मालिके यौमद्दीन(4) ईय्या क नाअबुदु व ईय्या क नस्तईन (5) ईहदेनस्सिरातल् मुसतकीम (6) सिरातल्ल जीन अन्अम्त अलैहीम गैरिल् मग़जूबे अलैहिम् वलज्जाल्लीन् (7)

अनुवादः

अल्लाहको नामबाट शुभारम्भ गर्दछु जो अति दयावान तथा कृपावान छ (1) सम्पूर्ण प्रकारका प्रशंसा चाहिं अल्लाहको लागि हो जो सबै ब्रह्रान्ड र लोकका प्रभु हुन (2) जो निकै दयावान र करुणामयी छ (3) न्यायको दिनको मालिक हो (4) हे प्रभु! हामी तिम्रै उपासना गर्छैं र तिमाबाट सहायताको गुहार गर्दछौं (5) हामीलैई सोझो र सुमार्गमा डोग्याउ देउ (6) तिनीहरुका मार्ग जुनमाथि तिमीले उपकार गरेका छौं तिनको मार्ग होइन जुनमाथि तिम्रो प्रकोप भएको छ वा जो पथभ्रस्ट छन् (7)

दुई शब्दः

ý इस्लाम अरबी भाषाको शब्द हो। यस्को अर्थ चाहिं मात्र एउटै वास्तविक सत्य उपास्य अल्लाह तआलाको समक्ष पूर्ण समुर्पण गर्नु हो। उस्को पूर्ण आज्ञापालन गर्नु हो। पूजाअर्चना र जयजय कारदेखि जीवनको ठूलो भन्दा ठूलो र सानो भन्दा सानो कार्य पनि आफ्नो मन र चाहनाले न गरी बरु उसै सत्य अल्लाहको चाहना र आदेश अनुसार गर्नुको नाम नै इस्लाम हो।

ý इस्लाम चाहिं वास्तविक प्राकृतिक र ईश्वरीय धर्म हो। किनकि इस्लामको नामाकरण चाहिं अरु धर्म जस्तै कुनै व्यक्ति विशेष, जातपात, गोत्र वंश आदिको नाउमा गरिएको छैन। बरु अल्लाह ले स्वयम यसको नाम इस्लाम राखेको छ र हाम्रो लागि रोजाएको पनि छ। अल्लाह तआलाले आफ्नो अन्तिम ग्रन्थ पवित्र कुरआनमा भन्नु हुन्छ। (الْيَوْمَ أَكْمَلْتُ لَكُمْ دِينَكُمْ وَأَتْمَمْتُ عَلَيْكُمْ نِعْمَتِي وَرَضِيتُ لَكُمُ الإِسْلاَمَ دِيناً)

(आज मैले तिम्रो निम्ति धर्मलाई पूरा गरि दिएँ। तथा आफ्नो बरदान र कृपा दृष्टि पूर्ण गरेँ अनि धर्मको हैसियतले इस्लाम धर्मलाई रोजी हालेँ (माईदाः3)

अथवा इस्लाम धर्मको नामाकरण अल्लाह ले स्वतः गर्नु भएको छ।

ý उक्त शलोकले यो पनि ज्ञात भयो कि अल्लाह ले रोजाएको धर्म चाहिं इस्लाम नै हो अनि उ चाहिं यस्को अलावा अरु धर्मलाई स्वीकार गर्ने छैन चाहे जुन सुकै धर्म किन न होस्। किनकि अल्लाह ले आफौं त्यसको पनि धोषणा गर्नुभएको छ र इस्लामलाई अन्तिम जीवन संविधान र पद्धतीको रुपमा प्रस्तुत गरेको छ। जस्ले आफू भन्दा अधिका सबै धर्म र धार्मिक ग्रन्थहरुलाई रद्द र निरस्त बनाई सकेको छ। तपाईंले आफ्नो सत्कर्मलाई स्वर्गको रुपमा हेर्न रहर छ भने इस्लाम तपाईंको सहायता गर्न सक्छ।

ý मानवजातिका पहिलो पुरुष र पहिलो ईश्दूत आदम अलैहिस्सलाम देखि अन्तिम दूत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम सम्म जति पनि ईश्दूत तथा सन्देष्टाहरु अल्लाहले संसारमा पठाए सबैको मूल निम्तो चाहिं के थियो भने सृष्टिको पूजा हैन बरु सृष्टिकर्ताको पूजा गर्न पर्छ। रुढीवादी र अन्धविश्वासले गर्दा जति काल्पनिक वस्तु भगवान बन्न पुगेका छन् भने तिनको निर्मुल पार्नु र सत्यको बोलबाला गर्नु रहेको छ। अथवा एउटै सत्य सृष्टिकर्ता अल्लाहको उपासना गर्नु र अल्लाह बाहेक जे जति भगवान मान्छेहरुले रोजाएका छन् ती सब थोकलाई नकार्नु नै सबै सन्देष्टाहरुको मूल निम्तो र उद्देश्य रहेको छ। र यसै स्वीकृतिको नाम नै इस्लाम हो।

ý यसर्थ इस्लाम धर्म मुहम्मद सल्लाल्लाहु अलैहि व सल्लम बाट कुनै नयाँ धर्मको स्थापना नभई बरु सबै दूतहरुको धर्म भयो। उहाँले 7औं शताब्दीमा त मात्र त्यसै ईश्वरीय धर्मलाई पूरा गर्नु भयो जो पहिलो ईश्दूत आदम अलैहिस्सलाम र आदिकालदेखि सुरू भएको थियो।

ý इस्लामको सन्देश र निम्तो चाहिं एउटै सत्य अल्लाहको पूजा उपासना गर्नु हो तथा रुढीवादी र अन्धविश्वासले गर्दा उहाँबाहेक जे जति सृष्टि, देवी देवता, मूर्ति प्रतिमा, सूर्य, चन्द्रमा, राम सीता, गौतम बुद्ध, जीसेस क्राइस्ट र संसारमा भएभरका वस्तुलाई भगवान ठानिएका छन् भने ती सबैलाई नकार्नु हो। अतः अल्लाह बाहेक सबै पूज्यलाई मिथ्या ठान्नु र मात्र सत्य ईश्वर अल्लाहको पूजा उपासना गर्नु नै इस्लामको निम्तो र सन्देश हो। किनकि उक्त सिद्धान्त नै सत्यताको प्रतीक र मूल आधार हो।

ý इस्लाम बाहेक अन्य धर्मले पनि एउटै इश्वर हो भने धोषणा गरेको छ। तर धर्मको मूल शिक्षामा हेरफेर र परिवर्तनले गर्दा त्यो धोषणा ग्रन्थको गर्भमा नै दबिएको रहेछ कर्मको दुनियाँमा आउने मौकै मिलेन। मेरो कुराको प्रमाण र पुष्टि चाहिं ॠगदेवको पहिलो श्लोकबाट पनि लिन सकिन्छः एकम ब्रह्रा द्धीतीय नास्तेः नेह ना नास्ते किन्चन।) हिन्दूको आस्थानुसार ब्रह्रा विष्णु र महादेव तिनौं भगवानमध्ये ब्रह्राको कार्य चाहिं सृष्टि गर्नु हो र त्यो सृष्टिकर्ता बारे नै यस श्लोकमा उल्लेख छ कि उ चाहिं एउटै हो दुइटा हुन सक्दैन कदापि हुन सक्दैन। प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि तरिकाले दुईटा हुन सक्दैन। यदि दुइटा भयो भने संसारमा कहिल्यै पनि तरिकाले दुईटा हुन सक्दैन। यदि दुइटा भयो भने संसारमा कहिल्यै पनि कल्याण र सुख हुने थिएन। चाहे मान्छे यो कुरालाई स्वीकार गरोस् वा न गरोस् तर बिपत र दुःख परेमा मात्र एक उपरवालालाई नै सम्झना गर्छ र त्यो मात्र एक उपरवालाको पूजा गर्नुको नाम नै इस्लामा हो।

ý अल्लाह ले हामीहरुलाई किन पैदा (सृष्टि) गरेको छ? हामीलाई संसारका सर्वोत्कृष्ट प्राणी बनाई किन यत्रो सम्मान दिएको छ? हाम्रा फायदाका लागि भए भरका बस्तुहरु किन रचना गरेको छ? यसको पूर्ण उत्तर चाहिं मात्र इस्लाम नै दिएको छ कि अल्लाह ले मात्र आफ्नो पूजा, उपासनाको लागि हामी मानव दानव र संसारमा भए भरका वस्तुहरुलाई सृष्टि गरेको छ।

ý यसर्थ संसारका प्रत्येक वस्तु आगो, पानी सूर्य, चन्द्रमा,रुख बिरुवा, चरा चुरुंगी सबै आ-आफ्नो तरिका र स्वरले अल्लाहको स्तुति र गुणगानमा व्यस्त छन्। तर यो मनुष्य जो यस ब्रह्रान्डका सर्वोत्कृष्ठ प्राणी हो आफ्नो सत्य उपास्य अल्लाह अआलालाई छाडेर झुटो उपास्य मूर्ति र आगो पानीको पूजा गरिरहेको छ। के उस्लाई यस दुनियाँमा ढुंगाले नै जन्म दिएको छ? संसारको यो सुव्यस्थित निजाम बेजान मूर्ति प्रतिमाले चलाइ राखेको छ? हैन बेजान र निर्मित मूर्ति त आफ्नो सूरक्षा पनि गर्ने शक्ति राख्दैन। यदि झिंगाले उसको अगाडिबाट राखिएका भेंट र मिठाई लिएर भाग्यो भने उ त्यसलाई पनि रोक्न सक्दैन त यति ठूलो ब्रह्रान्ड जसमा यो निलो गगन, हरियालो पहाड र खोलाहरु बगी राखेया छन् तिनलाई सूक्ष्म तरिका र सुव्यवस्थित निजाममा गाँसिएर कसरी चलाउन सक्छ र? बरु यो निजाम त सृष्टिकर्ता अल्लाह तआलाले नै चलाई रहेको छ। जब सूर्ष्टिकर्ता अल्लाह तआलाले भयो भने उसैको पूजा गर्न पर्छ र यो नै हाम्रो जन्मको मूल उद्देश्य छ भन्ने इस्लामले प्रस्ट पारेको छ। तसर्थ हामीले सत्य सृष्टिकर्ताको पूजा गर्न पर्छ जहाँ कष्ट नै कष्ट छ।

ý इस्लामको शिक्षा, नियम, विधि बिधान निकै सजिलो र मानविय आवश्यकतासँग गाँसिएको छ। इस्लामले मानव आवश्यकता र समस्यालाई कदापि नकारेको छैन बरु त्यसलाई सदैव प्राथमिकता दिएको छ। यस्तै इस्लामने शरीर र आत्मालाई कहिल्यै पनि अलग गरेको छैन बरु दुईटैको नाम जीवन करार दिएको छ। मानव र मानविय जायज चाहनालाई प्रयोग गर्नेमाथि जोर दिएको छ। त्यसैले इस्लाम ब्रहम्चार्य बन्नु , सन्नयास लिनु, जीवन भर अविवाहित नै बस्नु, शरीरलाई न चाहिँदो कष्ट दिनु,एकै खुट्टामाथि उभेर पूजा गर्नु, बध पशु र जनावरसम्म सेवन न गर्नु आदि कार्यलाई अबैध र हराम गरेको छ। पूजा र उपासनाको अर्थ यो होइन कि मान्छे सबै कार्यहरु छाडी मात्र माला जपुन बरु पूजाको बेलामा पूजा र आरामको बेलामा आराम गर्नु, छोरा छोरी, स्वास्नी र इष्ट मित्र सबैको हक अदा गर्नु नै पूजा र तपस्याको परिणाम हो। जो इस्लाम बाहेक अरु धर्ममा पाउन सकिदैन किनकि केहि धर्ममा पन्डित वा व्यक्ति विशेषको लागि विवाह गर्नु, आम मान्छे झै लुगा पहिर्नु, मासु खानु र आनन्दले जीवन निर्वाह गर्नु हराम गरिएको छ जस्को परिणाम बलात्कार र रेपको रुपमा साद सुन्ने मिल्दो रहेछ।

ý इस्लाम एकेशवरबाद सँगै समानता र बराबरीको शिक्षा दिन्छ। मान्छे चाहे जुन सुकै रंग ,जात, वा देशको होस् सबै चाहिं बराबर हो। कसैलाई कसैमाथि प्राथमिकता छैन। इस्लामले खुला रुपमा धोषणा गरेको छ कि तिम्रो आमा बुवा चाहिं एउटैं हो अर्थात तिन्को सन्तान पनि बराबर , हक र अधिकार पनि बराबर हो। जो कानून राजाको छ त्यो नै प्रजाको पनि । अगुवा, पन्डित वा पूजारी बन्नु कुनै व्यक्ति विशेष र जात पातको मान्छेको लागि खास होइन बरु सबैने बन्न सक्छन्। सबैले एक अर्कासँग बसेर खाना खान सक्छन्। हिंड् डुल गर्न सक्छन्। विवाह गर्न सक्छन्। अरु धर्म जस्तो होइन कि ब्राह्रान नै पन्डित र पूजारी बन्न सक्छ किनकि उ हिन्दू आस्थानुसार सर्वोच्च जात र ब्रहमाको टाउकोबाट जन्म लिएको हो। शूद्र, कामी धामी र तल्लो जातको मान्छे पूजारी बन्न सक्दैन किनकि उ ब्राह्रामाको खुट्टाबाट जन्म लिएको छ र हिन्दू आस्थनुसार उस्को कार्य सदैव बाहुनको सेवा गर्नु हो। तर इस्लाम त्यस्तो आस्थको विरोध प्रकट गर्दै धोषणा गर्छ कि सबै मनुष्य मनुष्यको नाताले बराबर र समान हुन्। सबैको रगत रातो नै हो अँ, जो मान्छे एउटै सत्य अल्लाह तआला लाई पूजा गर्छ उसैदेखि भयभित रहन्छ त्यो सर्वोत्कृष्ट मनुष्य हो चाहे उ कालो होस् वा संसारका सबै भन्दा बढी क्रुप र तल्ल जातको शूद्र। यदि आज कुनै कालो, क्रुप , शूद्र चमार दुसाध पनि इस्लाम स्वीकार गर्छ भने इस्लामले उस्को पनि त्यत्तिकै महत्व र सम्मान दिएकोछ जति एउटा अर्को जन्मजात मुस्लिमको । इस्लाम पछि सबै मान्छे एकै लामो र पंक्तितमा उभी पूजा गर्न, एकै बर्तन र थालीमा बसी खाना खान र एक अर्कासँग बिहे गर्न सकिन्छन् जो अरु धर्ममा विरलै पाइन्छ। अल्लाह तआला हामीलाई सत्य धर्म इस्लाम स्वीकार गर्ने मौका प्रदान गरुन् भन्ने प्रार्थना छ।

इस्लामको मूल दृारः

अश्हदो अल्लाह इ ला ह इल्लाल्लाहो,

व अश्हदो अन्न मुहम्मदन् रसूल लुल्लाह,

इस्लामको असल प्रवेशदुार चाहिं उक्त 2पंक्तित नै हो जो शहादःको नामले प्रसिद्ध छ। जबसम्म मान्छे उक्त दुबै पंक्तितको अर्थ जानी सम्झी तनमनले स्वीकार गर्दैंन अनि त्यसै बमोजिम कर्म गर्दैन भने उ कदापि मुस्लिम ( अल्लाहको आज्ञापालक ) हुन सक्दैन। चाहे उ खान्दानी र जन्मजात मुस्लिम होस् वा नयाँ मुस्लिम।

क) अश्हदो अल्लाह इलाह इल्लल्लाहको अर्थः यस पंक्तितको चाहिं अल्लाह तआला बाहेक अरु कोही सत्य उपास्य र जयजय कार योग्य छैन भन्ने शपथ लिनु हो। यो कुरालाई पहिले ह्रदयले स्वीकार गर्नु पर्छ अनि मुखले भन्नु पर्छ अनि यसै अनुसार कर्तव्य र कर्म गर्दै पूर्ण जीवन व्यतीत गर्नु पर्छ। र यो आस्था राखनु पर्छ कि अल्लाह बाहेक अरु कोही वास्तविक पूज्य र उपास्य छैन। उसैले नै संसारका सबै प्राणी, जनावर, चरा चुरुंगी, सानो भन्दा सानो र ठुलो भन्दा ठुलो वस्तु तथा अनकणलाई रचना गरेको छ। ऊ सर्वशक्तिमान छ । ऊ सधैंदेखि छ तथा सदैवसम्म बाँकी रहनेछ। उस्को कहिल्यै मृ्त्य हुने छैन। ऊ एक्लै छ उस्को राज काज तथा पूजा उपासनामा कोही साथी वा साझीदार छैन। उस्ले कुनै मान्छे, दूत वा ॠषिमुनिको खाँचो पर्दैन बरु संसारका सबै वस्तुहरु उसैकै आशा मुनि बाँचेका छन्। उ अजन्मा र उस्को महिमा अपार छ। उस्को पत्नी, छोरा छोरी र सन्तान छैन। उ पनि कसैको सन्तान होइन। उस्को व्यक्तित्व, गुण र परिपूर्णतामा कोही साझी र पार्टनर छैन। उ बाहेक कोही लाभ र हानि पुग्याउने शक्ति राख्दैन उ बाहेक अरु कोही अदृश्य र परोपक्षको कुरा जान्दैन।

ख) अश्हदो अन्न मुहम्मदन् रसूलूल्लाहको अर्थः

मुहम्मद सल्लल्लाह अलैहि वसलम चाहिं अल्लाहको सन्देष्टा र रसूल हुन्। अल्लाह तआलाले उहाँलाई सम्पूर्ण जगत,मानव र दानवको निमित्त अन्तिम ॠषि (रसूल) र सन्देष्टा रोजेर पठाउनु भएको छ भन्ने शपथ लिनु हो। अल्लाह तआला जस्तै उहाँलाई पनि तनमनले स्वीकार गर्नु पर्छ। अनि उहाँको तरिकाको पूर्ण अनुकर्ण गर्नु पर्छ। कुनै पनि कार्य गर्नुमा उहाँको विरुध प्रकट गर्न मिल्दैन बरु उहाँको पनि अवज्ञा हराम छ। उहाँले बताए अनुकूल नै अल्लाह तआलाको पूजा गर्नु पर्छ। स्मरण रहोस् कि मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम को अति महत्व भए तापनि उपासना र पूजा यहाँको होइन बरु मात्र अल्लाह तआलाको नै गर्नु पर्छ। किनकि एकेश्वरवाद चाहिं इस्लामको बहुमूलय गहना र यस्तो अनौठो विशेषता हो जो अरु धर्ममा पाउँदैन। फाइदाको लागि हजुरको चिनारी छोटकरीमा प्रस्तुत छः

उहाँको शुभ नामः मुहम्मद बिन अब्दुल्लाह बिन मुत्तलिब बिन हाशिम अल-कोरैशी हो (अब्दुल्लाःचाहिं बुवाको नाम,अबुदुल मुत्तलिब बाजेको नाम र कुरैश उहाँको कुल र गोत्र भयो)। उहाँकी आमाको नाम आमीनः बिन्ते वहब हो।

शुभ जन्मः 22 अप्रैल 571 ई, मक्का नगरमा सोमवारको बिहान उहाँको शूभ जन्म भयो। जन्म भन्दापहिले नै उहाँका बाबा बिति सकेका थिए। 6 वर्ष पुग्दा पुग्दै आमा पनि छाडेर जानु भइन्। टुहुरो भई जीवन बिताउनु पर्यो। बाजे अब्दुल मुत्तलिबले उहाँको पालनपोषण गर्नु थाल्यो। 8 वर्ष हुँदा बाजे पनि खस्यो र काका अबु लालिबले उहाँको सम्पूर्ण जिम्मेवारी लिनु भयो। टुहुरो भएको हुनाले धनाढ्य सरह जीवन को मज्जा, शिक्षा र सत्कार पाउनु भएन बरु एउटा टुहुरो सरह जीवन विताउनु बाध्य हुन पर्यो। काकाको बोझ कम गर्नको लागि सानै देखि केही मामूली पैसामा बाख्राहरु चराउन थाले फेरि व्यापार र बिजनेसतिर पाइला हाले।

आफ्नो राम्रो स्वभावले गर्दा सानैमा ठूलो नाम कमाउनु भयो। मक्कावासी उहाँलाई अमीन र सादिक अथवा साँचो को उपमा दिएर बोलाउँदथे। 25 वर्षको उमेरमा 40 वर्षकी बिधुवा खदीजा रजी. सँग विवाह गर्नु भयो। 21 रमजान तदानसार 10 अगस्त 610 ई. मा अल्लाहले उहाँलाई हेरा भन्ने गुफामा देवदूत जिबरील दुारा अन्तिम रसूल छनौट गर्यो र प्रमाणस्वरुप अन्तिम ग्रन्थ पवित्र कुरआन दियो जो आजसम्म आफ्नो यथावत रुपमा बाँकी छ। उहाँले त्यसै अन्तिम विधि विधान र जीवन संविधानतर्फ 13 वर्षसम्म मक्कावासीहरुलाई निम्तो दिनुभयो। मक्कावासीलाई मनुष्यको गुलामीबाट जोगाई अल्लाहको गुलामी गर्ने । सृष्टिको पूजाबाट टाढा रही सृष्टिकर्ताको पूजा गर्ने आहवान गर्नु भयो तर बहुदेववादहरुले उहाँको यो धर्मोपदेश र एउटै अल्लाह लाई उपासना गर्ने तथा उहाँ बाहेक सबै देवी, देवता सूर्य, चन्द्रमा र मिथ्या भग्वानलाई त्याग्ने निम्तो मन परेन। यसर्थ उनीहरुले उहाँलाई यो कुराबाट रोक्न अथक प्रयास गरे। बल, धन सम्पत्ति र सुन्दरीले ईमान किन्न खोजे। पछि उहाँलाई र उहाँको नयाँ साथीहरुलाई असाध्यै दुःख दिन थाले। जब उक्त योजनाले सफलता मिलेन त तिनीहरुले कति पटक उहाँको हत्या गर्ने अपवित्र षडयन्त्र रचे तर जस्को संरक्षक सर्व शक्तिमान अल्लाह छ भने उस्लाई को मार्ने सक्लान र? अतः जब दुःख र पीडाहरु असहनीय भए त अल्लाहको आदेश अनुसार 13 वर्ष पछि प्यारा जन्म भूमि छाडी मदीना प्रवास गर्नुमा विवश हुनुभयो। त्यहाँ 10 वर्ष बिताई इस्लामी विधि विधान पूरा गरी 63 वर्षको उमेरमा मदिनामै उहाँको देहावसान भयो।

इस्लामको अरकानः

अरकान भनेको स्तम्भ र जग हो जसमाथि इस्लामको ढाँचा चाहिं कायम र निर्भर छ ती जम्मा 5 छन्।

1- शहादतः अथवा इस्लाम ल्याउनु जो मूल दृारमा बिति सक्यो

2- सलाः अथवा प्रतिदिन 5 चोटि सलाः र नमाज पढ्नु।

3- जकातः इस्लामले तोके बमोजिम दान दिनु।

4- सौमः वर्षमा रमजान महिनाको बर्त बस्नु।

5- हजः धनाढ्यले जीवनमा 1 बार मक्का गई हज गर्नु।

सलाः हरेक मुस्लिमले प्रतिदिन 5 चोटि (बिहान, दिउँसो, अपराह्न, साझा, रात्रीमा) हजुरको तरिका अनुसार खास तरिकाले उपासना गर्नु पर्छ जस्लाई अरबी भाषामा सलाः र उर्दूमा नमाज भनिन्छ। सलाः को समय र रकअतबारे पूर्ण विवरण चाहिं चाँडै आउँदैछ।

जकातः (दान) इस्लामको 5 स्तम्भमध्ये यो तेस्रो स्तम्भ हो। केही खास वस्तु आदिमा इस्लामले तोके बमोजिम परिमाण भएमा वर्षमा 1 चोटि दान दिनुलाई जकात भनिन्छ।

v जकातः चाहिं कुनै कर होइन बरु धनमालको पवित्रता र गाउँ समाजमा बसेका गरिब गुरुवाको सहायता मदतको ठूलो साधन हो। आज लाखौं गरिब परिवारको जीविका चाहिं जकात स्वरुप निकालेको दानबाट चलिरहेको छ निकै संध संस्था र अनाथालयको मूल श्रोत चाहिं जकात नै रहेको छ।

v जकातः दिनुले पाप मिट्छ. धनमालमा वृद्धि हुन्छ, धनमाल हरेक प्रकारको प्रकोप आदिबाट सूरक्ष्ति हु्न्छ। र स्वर्ग (जन्नत) मा उस्को लागि ठाउँ सूरक्ष्ति हुन्छ।

v जकातः चाहिं व्यापार र बिजनेसको लागि राखिएका फल फुरुट, खाधान पदार्थ र जनावरहरुमा अनिवार्य गरिएको छ। व्यक्तितगत प्रयोगमा आउने वस्तु र सरसमानमा यो लागु हुने छैन।

v 87 ग्रा. सून वा 52.5 (सारहे बावन तौला) चाँदी वा त्यत्ति रकम भएमा 2.5 साढे दुई प्रतिशतको हिसाबले वर्षमा 1 चोटि जकातः (दान) दिनु पर्छ।

v पशु र जनावरमध्ये ऊँट, गाई र बाख्रामा जकात दिनु पर्छ। अर्थात ती पशु निसाब (तोकिएको मिकदार ) भएमा जकात दिनु पर्छ। जस्तै 5 ऊँटमा एक बाख्रा, 30 गाईमा दुई वर्ष पुगेको एक बच्चा (तबिआ) र 40 मा दाँतको (मुसिन्ना) दिनु पर्छ। 40 बाख्रा भएमा 1 बाख्रा दिनु पर्छ। त्यो भन्दा कम छ भने जकात दिनु पर्दैन।

v गहुँ, जौ, मकै, खजुर, किश्मिस, धान,दाल आदिमा वर्षाको पानीले सिचाई भएको छ भने 10 मनमा एक मन र आफ्नो पैसाले सिचाई गरिएकोछ भने 20 मनमा 1 मन कटाई र सफाई पछि दिनु पर्छ।

v घोडा, खच्चर, गधा, सबजीमा जकातःदिनु पर्दैन।

8 किसिमका मान्छेले जकाः लिनु जायज छः

1- फकीर अथवा धेरै लाचार मान्छेको लागि जकात जायज छ।

2- गरीब र नादार जसको अवकात फकीर भन्दा अलि राम्रो छ।

3- जकात वसुलने र संरक्षण गर्ने मान्छेको लागि जकात जायज छ।

4- तालिफ कल्ब अथवा मुस्लिमको इस्लामलाई सुदृढ पार्ने वा कुनै गैर मुस्लिम प्रधानको इस्लाम ल्याउने चाहनाले वा उस्को उपद्रव र बुराईबाट जोगाउने हेतु तिनीहरुलाई जकात दिनु जायज छ।

5- गुलामलाई गुलामीबाट आजाद गर्ने हेतु जकात दिनु जायज छ।

6- ऋण र साप्ठीले बेहाल भएका मान्छेको लागि जकात जायज छ।

7- फि सबीलिल्ला अथवा इस्लामको प्रचार प्रसार गर्ने र मोजाहिद अथवा यौद्धको लागि जकात जायज छ।

8- बटुवा र यात्रीले पैसा खतम भएमा वा चोरी भएमा आफ्नो घरसम्म जाने हेतु जकात लिनु जायज छ।

सौमः(वर्त)इस्लामी हिसाबले 9औं महिना रमजानमा पूरै महिना सूर्येदय भन्दा केही पहिलेदेखि सूर्यास्तसम्म सौमलाई भंग गर्ने हरेक कुराहरु (जस्तै खानपीन गर्नु, सम्भोग गर्नु, चुरोट खानु) आदिबाट वन्तित बस्नुलाई सौम (वर्त) भनिन्छ।

- सौम जाहिं 2 हिज्रीमा अनिवार्य भयो अनि हजूर सल्लल्लाहु अलैहि वसल्लमले पूर्ण जीवनमा मात्र 9 चोटि सौम राखने मौका पाउनु भयो।

- अल्लाहले उपवासीकोलागि स्वर्गमा जाने विशेष रैयान भन्ने ढोका तयार पार्नु भएको छ। अल्लाहले प्रत्येक पुण्यकारीको प्रतिफल तोक्नु भएको छ तर सौमको पुण्यलाई आफैं दिन्छु भन्नु भएको छ।

- अनिवार्य वर्त वा सौमको नियत चाहिं फर्ज सलाः भन्दा पूर्व रात्रीमा नै गर्नु पर्छ।

- नफ्ल सौमको लागि सूर्योदय पश्चात् पनि नियत गर्न सकिन्छ।

- यो बर्त चाहिं हरेक व्यस्क, बुद्धिमान तथा वर्त बस्न सक्ने सामर्थ्य मुस्लिम पुरुष र महिलामाथि अनिवार्य छ।

- अर्थात काफिरले इस्लाम स्वीकार नगरुन्जेल सौम बस्न सक्दैन। यदि उल्ले इस्लाम ल्यायो तबदेखि बस्नु पर्छ र कुफ्रको अवस्थमा न राखन पाएका सौमको कजा गर्नु पर्दैन।

- नाबालिगमाथि सौम अनिवार्य छैन तर रित्याउने हेतु सौम बस्ने आदेश दिनु जायज छ।

- पागल, बाहुला, अत्याधिक बृद्ध गुमाएको वा न रहेको मान्छेले सौम बस्नु पर्दैन। र न उसको तर्फबाट खाना खुवाउनु पर्छ चाहे उ बालिग किन न होस्।

- वृद्ध तथा कमजोर मान्छे जो सदैव रोगले नै हैरान र विकराल छ उस्लाई निको हुने आशा छैन भने यस्तो रोगीको तर्फबाट प्रत्येक दिन एउटा गरिब गुरुवालाई खाना खुवाउनु पर्छ।

- निको हुने आशा छ तर सौम बस्नेले हानि पुग्याउन सक्छ वा निको हुनमा बाधा पुग्याउन सक्छ भने यस्तो रोगीको लागि सौम न बस्नु जायज छ। तर पछि छुटेको रोजालाई कजा गर्नु पर्छ।

- यात्री वा यात्रीवाहक ड्राइवर जस्लाई सलाः कस्र गर्नु जायज छ भने उस्ले यात्रामा रोजा बस्नु र न बस्नु दुवै जायज छ। यदि बसेन भने पछि त्यसलाई कजा गर्नु पर्छ।

- यस्तै ऋतुमति र प्रसुति महिलालाई रोजा बस्नु पर्दैन। बरु पछि रोजालाई कजा गर्नु पर्छ।

- गर्भवती तथा स्तनपान गर्ने महिलालाई रोजाले उस्को वा बच्चाको ज्यानको खतरा छ भने रोगी जस्तै रोजालाई विलम्ब गर्नु जायज छ र पछि सहुलत अनुसार यसको कजा गर्नु पर्छ।

- कुनै मासुम वा आगो पानीमा डुबने मान्छेलाई बचाउने निमित्त रोजालाई भंग गर्ने आवश्यकता पर्यो भने रोजालाई भंग गर्नु जायज छ। तर त्यसलाई पछि कजा गर्नु पर्छ।

- छुटेका रोजालाई चाडैं कजा गर्नु पर्छ बिना कुनै उचित कारण विलम्ब गर्नु जायज छैन।

- आइन्दा रमजानसम्म विलम्ब गर्नु जायज छ त्यो भन्दा बढी बिना कुनै उचित कारणले विलम्ब गर्यो भने उस्लाई पाप लाग्छ।

- छुटेको रोजालाई लगातार प्रत्येक दिन वा विश्राम गरेर सरलता अनुसार कजा गर्नु दुवै तरिका जायज छ।

- (रोतब) ताजा खजुरले इफ्तार गर्नु अथवा वर्त खोल्नु सुन्नत छ त्यो छैन भने सुख्खा खजुरले वा पानीले इफ्तार गर्नु पर्छ।

- इफ्तारमाः (ज ह बज्जमा वब्तल्लतिल ओरुको व सब तल् अज्र इन्शाअल्लाह) भन्ने दुआ पढ्नु सुन्नत छ (अबुदाऊद)

- रोजाको अवस्थामा रोजालाई भंग गर्ने सम्सत कुराहरु (जस्तै खान पीन गर्नु, सम्भोग गर्नु, चुरोट खानु, लडाई झगडा र गाली गर्नु,चुक्ली गर्नु) आदिबाट वन्चित बस्नु पर्छ। किनकि जानी बुझीकन उक्त कुराको सेवनले रोजा भंग भइहालछ।

- यदी , कसैले बिर्सेर खायो वा तिर्खा मेटायो सम्झना आउने वित्तिकै छाडनु पर्छ र यस्ले रोजा भंग हुँदैन। किनकि अल्लाहले भुलचुकलाई क्षमा प्रदान गर्नु भएको छ।

- वा कसैले वाध्यताले उक्त कुरा गर्यो भने उस्को रोजा भंग हुँदैन।

- यस्तै लागतको इन्जेकशन प्रयोग गर्नु, वा रगत चढाउनु, वा जानि जानि वाक वाक गर्नुले रोजा भंग भइहाल्छ।

- वीर्य निकाल्नु, वा एम,सी तथा प्रसुतिको रगत आउनुले रोजा भंग भइहाल्छ चाहे सूर्यास्त भन्दा 10 मिनेट पहिले किन न होस्।

- जानी बुझी सम्भोगले बर्त भंग हुन्छ चाहे वीर्य निस्कियोस वा न निस्कियोस्। यदि कसैले यसो गर्यो भने उस्ले तलको कार्य गर्नु पर्छः

1- त्यो दिन पनि रोजा नै बस्नु पर्छ खानु मिल्दैन।

2- त्यो दिनलाई अर्को दिनमा कजा गर्नु पर्छ।

3- र (कफ्फापा मोगल्लजा) अर्थात ठूलो परिवानामा लगातार 2 महिना रोजा बस्नु पर्छ त्यो तागत छैन भने 60 गरिबलाई खाना खुवाउनु पर्छ। र अल्लाहसित प्रयशिचत र आइन्दा यस्तो गलती नगर्ने वाचा गर्नु पर्छ।

हजः

इस्लामिक कैलेन्डरको हिसाबले 12 औं महिनामा मक्का गई हज (खास इबादत) वा तिर्थ यात्रा गर्नुलाई हज भनिन्छ।

- मक्कासम्म यात्रा गर्न सक्ने हरेक सामर्थ्य मुस्लिममाथि जीवनमा 1 चोटि हज गर्नै पर्छ (मुस्लिम)

- सही तरिकाले हज गर्नाले मान्छे समस्त पापबाट सफा भई नयाँ जन्मिएको बच्चा सरह पवित्र भइहाल्छ (बोखारी)

- हज सालमा मात्र 3 महिना (शौव्वाल, जिलकादा र जिलहिज्जा) मा नै हुन सक्छ। शेष 9महिनामा हुन सक्दैन। अँ उमरा वर्षको 360 दिनमा जहिले पनि हुन सक्छ।

- हज 3 प्रकारका छन् जस्मध्ये हज्जे तमत्तो चाहिं सर्वश्रेष्ट हो।

- हज्ज तमत्तोमा पहिलो उमरा गर्नु पर्छ अनि फेरि 8 जिलहिज्जाको हजको नियतले एहराम बाँधी मिना जानु पर्छ।

- मिनामा जोहरदेखि फज्रसम्म 5 सलाः समयमै कस्र गरी अथवा 4 रकअतको सलाः लाई मात्र 2 पढ्नु पर्छ।

- 9औं तारिखको अरफा जानु पर्छ। त्यहाँ जोहर र अस्र सलाः कस्र गरी जोहरको समयमै पढ्नु पर्छ। अथवा पहिलो 2 रकअत जोहरको फेरि ईकामत भनी 2 रकअत असरको पढनु पर्छ। सलाः पछि सूर्यास्त नहुन्जेल दुआ, स्तुति र कुरआनको पाठमा व्यस्त रहनु पर्छ। सूर्यास्त पछि विस्तारै विस्तारै मुजदलेफाको निमित्त प्रस्थान गर्नु पर्छ।

- मुजदलेफामा मग्रिब र ईशाको सलाः कस्र र जम्मा गरी पहिले मग्रिबको 3 रकअत पछि ईकामत भनी ईशाको 2 रकअत पढ्नु पर्छ।

- वित्र पढी रात फरी कुनै उपासना नगरी आरम गर्नु उत्तम हो।

- बिहान फज्रको सलाः पढी बढी रुपमा सूर्य सफा हुन्जेल दुआ गर्नु पर्छ र सूर्योदय हुनु भन्दा पहिलो मिनाको लागि प्रस्थान गर्नु पर्छ।

मिना पुगी 4 कार्य गर्नु पर्छः

1- ठूलो जमरालाई चना जति ढुंगाले 7 चोटि अल्लाहु अक्बर पढि हिर्काउनु (रमयुल जमरात)

2- कुर्बानी गर्नु।

3- कपाल खौरनु।

4- काबाको तवाफ र सफा मर्वाको 7 चक्कर सअई गर्नु।

- उक्त चारौं कार्य सरलता अनुसार अधि पछि सारेर गर्न सकिन्छ।

- 11,12,वा 11, 12, 13 को रात्री मिनामा बिताउनु अनिवार्य छ। न बिताएमा जरिवाना (बाख्राको बलि ) दिनु पर्छ।

- र दिनमा मात्र 11,12 वा 11, 12 ,वा 13 तिनौं जमरालाई सानोदेखि आरम्भ गरी सिलसिलावार 7/7 चोटि ढुंगाले हान्नु पर्छ।

- तपाईको हज पूरा भयो अब जे जति दिन मर्जी छ भने मक्का वा मदिनामा बस्नुस र हरममा बढी सलाः र तवाफमा व्यस्त रहनुस् र सबै प्रकारको लसफस, गलत र कुकर्मबाट टाढा बस्नुस्।

- अन्तमा आफ्नो धर फिर्ता हुनु भन्दा फहिलो खाना काबाको तवाफे विदा अवश्य गर्नुहोस् किनकि यो पनि वाजिब छ।

- यदि छुट्यो भने एउटा बाख्रा जरिवानास्वरुप मक्कामा काट्नु पर्छ र त्यहींको गरिबमा वितरण गर्नु पर्छ।

- अल्लाह तआलाले हामी सबैलाई आफ्नो घरको दर्शन अनि हज र उमरा गर्ने मौका प्रदान गरुन भन्ने प्रार्थना छ।

- र हाजीहरुको हज र पुण्य स्वीकार गरुन् भन्ने प्रार्थना छ।

ईमानको अरकानः

प्रिय पाठक! अधिका पंक्तितले लपाईलाई थाहा भई सकेको होला कि मुस्लिम अल्लाह तआला र उस्को रसूल (सन्देष्टा) मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम दुवैमाथि पूर्ण आस्था राख्छ बरु त्यो आस्था नराखनुजेल मुस्लिम हुन सक्दैन। अल्लाहले हाम्रो जीवन संबिधानको निमित्त अन्तिम रसूल मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम माथि 23 वर्षको अवधिमा कुर्आन(ईश्वाणी) अवतरण गरेको छ। हजूरले त्यसैलाई आफ्नो व्यवहार, प्रवचन र उपदेशले पूर्ण व्याख्या गर्नु भएको छ। जसलाई हदीस (दूतवाणी) भनिन्छ अथवा मुस्लिमले कुरआन र हदीस दुवै कुरामाथि पूर्ण ईमान र आस्था राखनु वाजिब र अनिवार्य छ। कुरआन र हदीसले केही अदृश्य कुरालाई प्रमाणित गरेको छ त्यसमाथि ईमान र आस्था राखनु एक्दमै अनिवार्य छ। ती मध्ये 6 कुराहरु तल प्रस्तुत छन् जो अरकानुल ईमान को (ईमानको स्तम्भ) संज्ञाले प्रसिद्ध छ। ती छवै कुरालाई अरबीको यस पंक्तित( आमन्तु बिल्ला हि व मला ए क तेही व कुतुबेही व रोसोलेहि व बिल यौमिल आखिरे व बिल कद्रे खैरेही व शर्रैही)

मा जम्मा गरिएको छ अर्थात अल्लाह, उस्को देवदूत, ग्रन्थ , सन्देष्टा, प्रलयको दिन र राम्रो नराम्रो भाग्यमाथि मैले आस्था राखेको छु।

1-ईमान बिल्लाः अथवा अल्लाहको अस्तित्वमाथि ईमान राखनु। उ आकाशमा आफ्नो (अर्श) सिन्हासनमाथि बिराजमान छ। उ एक्लै संसारका सृष्टिकर्ता र मालिक हुन्। उ अजन्मा र हरेक कमी कमजोरीबाट पवित्र छ। उस्को शक्ति र महिमा अपार छ। उ त्यहींदेखि हाम्रा सबै क्रियाकलापलाई भलिभांति जान्नु हुन्छ। उ नै एक्लै पूजा योग्य छ र उस्को पूजा उपासनामा कोही भागेदार छैन।

- अल्लाह नै हाम्रा सृष्टिकर्ता हुन् भन्ने कुनै प्रमाणको आवश्यकता छैन किनकि प्रत्येक मान्छे चाहे उ जुन सुकै धर्म सँग जोरिएको होस् प्रत्यक्ष वा अप्रत्यक्ष रुपले उपरवालालाई अवश्य स्वीकार गर्द छ।

2- ईमान बिल मलाएकः अथवा फरिश्ता (देवदूत) माथि ईमान र आस्था राखनु । अल्लाह तआलाले उनीहरुलाई (नूर) प्रकाशबाट रचना गरेको छ। उनीहरुको संख्या धेरै छन्। अल्लाहले सबैलाई आफ्नो इबादत र हुकुम ब्याउनको लागि सृष्टि गरेको छ। तीमध्ये केही प्रसिद्धको नाम र कार्य प्रस्तुत छः

1- जिबरीलको कार्य चाहिं रसूलहरुमाथि ईश्वाणी ल्याउनु हो।

2-मिकाईलको कार्य चाहिं वर्षा वर्षाउनु हो।

3-इस्राफीलको कार्य चाहीं कयामतको लागि सूर फुँक्नु हो।

4-मलकुल मौतको कार्य चाहिं मृत्य बेला ज्यान खोस्नु हो।

3- ईमान बिलकुतुबः अल्लाहले हाम्रो सुमार्गको लागि दूतमाथि अवतरण गर्नु भएका समस्त आकाशीय किताब र ग्रन्थहरुमाथि विश्वास गर्नुलाई ईमान बिल कुतुब भनिन्छ।

तीमध्ये 5 आकाशीय किताब प्रसिद्ध छन्।

1- सुहुफः इब्राहीम अलै हिस्सलाममाथि अवतरित ग्रन्थ।

2- जबुरः सन्देष्टा दाउद अलै हिस्सलाममाथि अवतरित ग्रन्थ। र

3-तौरातः सन्देष्टा मूसा अलै हिस्सलाममाथि अवतरित ग्रन्थ।

4-इन्जीलः सन्देष्टा ईसा अलै हिस्सलाममाथि अवतरित ग्रन्थ। र

5-कुरआनः अन्तिम सन्देष्टा हजुर मुहम्मद सल्लल्लाहु अलैहि वसल्लममाथि अवतरित ग्रन्थ।

ईमान सबै आकाशीय ग्रन्थहरुमाथि ल्याउनु पर्छ तर कर्म वा कर्तव्य मात्र अन्तिम ग्रन्थ कुरआन बमोजिम नै गर्नु पर्छ किनभने कुरआनले अधिका सबै ग्रन्थ र विधि वधानलाई मनसूख अथवा रद्द गरेको छ। वेद र पूराणबारे कुरआन मौन छ यसैले ठुकुवाले भन्न सकिदैंन कि ती ग्रन्थहरु पनि आकाशीय र ईश्वरीय हो। यदि सकिदैन कि ती ग्रन्थहरु पनि आकाशीय र ईश्वरीय हो। यदि अकाशीय भयो तैपनि ती ग्रन्थहरु कुरआनबाट निरर्थक भएको छ। जसरी हालको राजाको पालोमा अधिका संविधान लागु हुँन सक्दैन उस्तै मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम को पालोमा उक्त ग्रन्थ पनि चल्न सक्दैन।

5- ईमान बिर्रसूलः अथवा अल्लाहले हाम्रो मार्गदर्शनको निमित्त हरेक समुदाय र युगमा प्रशस्त रसूलहरु पठाएको छ भन्ने आस्था राखनुलाई ईमान बिर्रसूल भनिन्छ। पहिलो रसूल नूह सल्लल्लाहु अलैहि वसल्लम र अन्तिम रसूल मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम हुन्। ती सबैमाथि ईमान ल्याउनु पर्छ तर अमल वा कर्तव्य मात्र अन्तिम रसूलको धर्मशास्त्र कुर्आन अनुसार नै गर्नु पर्छ। रसूलहरुको संख्या प्रशस्तै छ। सज्मध्ये कुरआनमा मात्र 25 को धोषणा गरेको छ उहाँहरुका नाम चाहिं तल प्रस्तुत छः

1-आदम अलै हिस्सलाम

2-नूह अलै हिस्सलाम

3- दाऊद अलै हिस्सलाम

4-सुलेमान अलै हिस्सलाम

5-इब्राहीम अलै हिस्सलाम

6-इस्माईल अलै हिस्सलाम

7-इस्हाक अलै हिस्सलाम

8-याकुब अलै हिस्सलाम

9-यैयूब अलै हिस्सलाम

10-यूसूफ अलै हिस्सलाम

11- मूसा अलै हिस्सलाम

12-हारुन अलै हिस्सलाम

13- जकरिया अलै हिस्सलाम

14-यहया अलै हिस्सलाम

15- यसअ अलै हिस्सलाम

16- यूनुस अलै हिस्सलाम

17- लूत अलै हिस्सलाम

18- इद्रीस अलै हिस्सलाम

19-हूद अलै हिस्सलाम

20-सालेह अलै हिस्सलाम

21- शुयैब अलै हिस्सलाम

22- जुल किफल अलै हिस्सलाम

23- इल्यास अलै हिस्सलाम

24-इसा अलै हिस्सलाम

25- महम्मद सल्लल्ला हु अलैहि वसल्लम

तीमध्ये 5 रसूलहरु नूह, इब्राहीम, मूसा,ईसा र मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम लाई चाहिं उलुल अजम अथवा सर्वश्रेष्ट भनिएको छ। सबै रसूलहरु मनूष्य र लोग्ने जातका थिए। उनीहरु पनि हामी जस्तै खाना खान्थे दिसा पिसाब गर्थे, उनीहरुका छोरा छोरी थिए उनीहरुमा अल्लाह र ईश्वरको कुनै विशेषता र गुण थिएन। यसैले पूजा चाहिं तिनीहरुको होइन बरु मात्र अल्लाहको नै गर्नु पर्छ।

5-ईमाम बिलयौमिल आखिरः महाप्रलयको दिनमाथि विशवास गर्नु। यो आस्था राखनु कि यो जीवन चाहिं सदैवको जीवन होईन बरु यो मात्र कर्म र कर्तव्यको जीवन हो। यस जीवन पछि एक अर्को अनन्त कालको जीवन हो जो सधैंको जीवन हुनेछ। एक न एक दिन सबैले मर्नु पर्नेछ अनि मृत्य पश्चात सबैले पूनः जीवित भएर अल्लाहको न्यायलयमा उभनु पर्ने छ जहाँ कर्मको पूर्ण हिसाब किताब तथा लेखाजोखा हुनेछ र कर्म अनुसार नै स्वर्ग तथा नर्क प्राप्त हुनेछ। यदि मान्छेले सत्कर्म अथवा मात्र एउटै अल्लाहको इबादत र पूजा अर्चना गरेको छ र उहाँको पूजा उपासनामा कसैलाई भागेदार ठानेको छैन र उहाँबाहेक मिथ्या भग्वानलाई नकारेको छ भने स्वर्ग प्राप्त हुन्छ नत्र नर्कमा पोलिनु पर्छ जहाँ कष्ट नै कष्ट छ। त्यहाँ मृत्यु पनि आउने छैन । नर्कमा पल पल पीडा र कष्टमा बिताउनु पर्ने छ। अथवा स्वर्ग प्राप्तिको लागि एकै अल्लाहको पूजा एक दम अनिवार्य छ। अझ खुलस्तमा भन्ने हो भने इस्लाम न स्वीकार गरुनजेल स्वर्ग मिल्न सक्दैन।

6- ईमान बिलकद्रः अथवा राम्रो र नराम्रो भाग्यमाथि ईमान राखनु जो भइरहेको छ, भएसकेको छ वा आइन्दा हुनेछ सबै कुराहरु अल्लाह चाहिं भलि भांति जान्नु हुन्छ। त्यसैले उस्ले आफ्नो अग्रिम ज्ञानको प्रकाशमा सबै कुरालाई धटनु भन्दा पहिले नै भाग्य र लौहे महफूज (सूरक्षित किताब) मा लेखनु भएको छ। यहाँसम्म कि ईमान अवज्ञा, धर्म अधर्म, दुःख सुख, जीवन मरन सबै कुरालाई भाग्यमा लेखिएको छ। कुनै पनि कार्य भाग्यको विपरीत कदापि हुन सक्दैन। तर भाग्यमा के लेखिएको छ भने हामीलाई थाहा छैन। अल्लाहले राम्रो र नराम्रो छुट्याउने शक्ति चाहिं हामीलाई प्रदान गर्नुभएको छ यसर्थ हामीले सत्कर्म र सोझो बाटोमा हिंड्नु पर्ने छ अनि कुकर्म, सृष्टि पूजा र गलत बाटोबाट टाढा बस्नु पर्ने छ।

पवित्रता (तहारत)

प्रिय पाठक- इस्लाम ल्याउने वित्तिकै जुन कुरा प्रत्येक मुस्लिम माथि अनिवार्य हुन्छ त्यो चाहिं सलाः पढ्नु हो। जो पूर्ण चोखो र पवित्र नहुन्जेल पढ्नु मिल्दैन किनभने तहारत सलाःको साँचो हो।

पवित्र मात्र पवित्र पानीले वा पानीको सट्टामा प्रयोग हुने वस्तुले नै प्राप्त गर्नु पर्छ अपवित्र पानीले चोखो हुनु जायज छैन। यसर्थ सलाःको वर्णन भन्दा पहिलो केही पंक्तित पवित्रताबारे प्रस्तुत छ।

1- पवित्र पानीः जो पानी आफ्नो असल प्राकृतिक रुपमा बाँकी छ र फोहर आदि खस्नाले प्राकृतिक रुपमा परिवर्तन भएको छन भने त्यो पानी पवित्र हो। समुद्र, नदी, धारा ,पोखरी , वर्षाको पानी सबै पवित्र हो र वुजू , स्नान तथा पवित्रता योग्य हो।

अँ, चिया, जुस झोल आदिले पवित्रता प्राप्त गर्नु जायज छैन।

2- (नजिज) अपवित्र पानीः नालाको फोहर , लास आदि खस्नाले पानीको असली रुप परिवर्तन भएको छ भने त्यो अपवित्र पानी हो। जसले वुजू, स्नान गर्नु, दिसा पिसाबबाट पवित्रता प्राप्त गर्नु, खाना आदिमा प्रयोग गर्नु जायज छैन।

पानीमा असल कुरा पवित्रता हो अपवित्रता प्रमाणित न हुन्जेल प्रत्येक कार्यमा प्रयोग गर्नु जायज छ।

शौचालयमा लुगा ,खोस्ट आदि भूइंमा खस्यो तर त्यसमा कुनै प्रकारको प्रस्ट अपवित्रता लागेको छैन, कलर वा गन्ध पनि आउँदैन भने त्यो लुगा पवित्र छ मात्र शंकास्पद ठाउँमा अलि पानीले सफा गर्नु नै पर्याप्त छ।

-सफा पछि फोहरको दाग गएको छैन भने केही फरक पर्दैन।

-स्थिर पानीमा पिसाब गर्नु र फेरि त्यसै पानीबाट वुजू वा स्नान गर्नु जायज छैन। (बुखारी र मुस्लिम)

अपवित्रता (निजासत)

प्रिय पाठक पवित्रता प्राप्त गर्नु भन्दा पहिलो अपवित्रतआलाई दूर गर्नु पर्छ। नत्र पवित्रता प्राप्त हुन सक्दैन।

अपवित्रता तिन प्रकारका छन्।

1- ठूलो अपवित्रताः अर्थात जुन कुराले स्नान अनिवार्य हुन्छ। जस्तै सम्भोग गर्नु, स्वपनदोष, बीर्य निस्कनु, ऋतु, मासिक धर्म तथा सुत्केरीको रक्त श्राव हुनु। उक्त कुराहरुमा स्नान र न गरुन्जेल पवित्रता प्राप्त हुन सक्दैन। र मान्छे सलाः तवाफ, सई गर्न र कुरआनलाई हातमा लिई पढ्नु सक्दैन।

2- सानो अपवित्रताः अर्थात जुन कुराले वुजू अनिवार्य हुन्छ जस्तै दिसा पिसाब गर्नु, हाव खोस्किनु, गुप्तांगलाई लुगा नराखिकन छुनु, मजी निस्कनु उक्त कुराले वुजू भंग हुन्छ। पुनः वुजू न गरुन्जेल सलाः पढ्नू र काबाको तवाफ गर्न मिल्दैन।

-मजी भनेको पत्नीसँग लसफस गर्दा निस्कने लस्सादार पदार्थ हो। मजी निस्किएमा पहिलो दुवै अन्डकोष र लिंगलाई धुनु पर्छ फेरि वुजू गर्नु पर्छ (बुखारी र अबुदाऊद)

- दूध चुस्ने बच्चाको पिसाब लागेमा पानी छिरक्नु नै पर्याप्त छ।

-दिसा पिसाब र रगत लागेमा पानीले सफा पार्नु पर्छ।

3- अति ठूलो अपवित्रताः जो अपवित्रता मात्र पानीले खतम हुन सक्दैन त्यसलाई अति ठूलो अपवित्रता भनिएको छ। जस्तै कुकुरले भाँडा बर्तनमा मुख हाल्यो भने त मात्र पानीले सफा गर्नु अपर्याप्त छ बरुः

1. पहिलो बर्तनमा उपस्थित वस्तु फ्याल्नु पर्छ।

2.फेरि 1 चोटि माटोले र 6 चोटि पानीले सफा पार्नु पर्छ नत्र त्यो भाँडा पवित्र हुन सक्दैन (मुस्लिम)

दिसा पिसाबको तरिकाः

पाठकवृन्द! इस्लाम धर्म संसारका सबै धर्महरुमा उत्तम र सर्व श्रेष्ट धर्म छ। इस्लामले मनुष्यको ठूलो भन्दा ठूलो र सानो भन्दा सानो शिष्टाता , तरिका, नियम, समस्या , र आवश्यकतआलाई पूर्ण तरिकाले वर्णन गरेको छ यहाँ सम्म कि दिसा पिसाब गर्ने तरिका, शौचालय जाने नियम, फोहरुलाई कसरी सफा पार्ने, कुन वस्तुले गर्ने नगर्ने, कुन हातले सफा गर्ने नगर्न, कुन दिशातर्फ मुख गरी दिसा गर्ने नगर्ने आदि सबै तरिकालाई अति सुक्ष्म तरिकाले बयान गरेको छ जसको उदाहरण संसारको कुनै अरु धर्ममा पाउनै सक्दैन। के यो इस्लामको सत्यताको ठूलो प्रमाण, दलिल र मुक्तिको रहस्य होईन?

दिसा गर्ने विधिः

- शौचालय प्रवेश हुने बेला (बिसमिल्ला, अल्लाहुम्म इन्नी अउजो बेक मिनल् खुबुले वल् खबाएस्) पढ्नु पर्छ (मुस्लिम)

- बाहिर निकल्दा (गुफ् रानक) पढ्नु पर्छ (अबूदाऊद)

- शौचालयमा हुने बेला पहिलो देब्रे खुट्टा हाल्नु पर्छ अनि निस्कदा खेरि दायाँ खुट्टालाई पहिलो बाहिर निकाल्नु पर्छ।

- पानीले दिसा पिसाब सफा गर्नु पर्छ पानी छैन भने माटो , ढुंगा वा टिशु पेपरले पवित्रता प्राप्त गर्नु अनिवार्य छ।

- पवित्र र वैध माटो , ढुंगा वा टिशु पेपरले नै पवित्रता प्राप्त गर्नु पर्छ अवैध वा चोरिएको पानी र टिशु पेपरले गर्न मिल्दैन।

- सफाई 3,5,7 चोटि अथवा बेजोडले गर्न श्रेष्ट छ।

- अँ, पहिलो माटोले पछि पानीले सफा गर्नु सर्वश्रेष्ट हो।

- हाड, खानेकुरा तथा गोबरले दिसा पिसाब सफा गर्नु मनाहि छ किनकि हाड जिन्न प्राणीको भोजन र गोबर अपवित्र हो।

- मात्र बायाँ हातले फोहर सफा गर्नु पर्छ दायाँ हातले फोहर सफा गर्नु, गुप्ताँगलाई छुनु, नाकको फोहरलाई सफा गर्नु जायज छैन किनभने दायाँ हात पवित्र कार्यको लागि बनाइएको छ।

- अल्लाहको पवित्र नाम वा कुरआन आदि लिएर शौचालयमा जानु मनाहि तथा हराम छ।

- अँ बाहिर राख्दा चोरीको भय छ भने भित्र लिएर जान सकिन्छ।

- शौचालय बाहिर (मैदान न चौरमा) किब्लातर्फ मुख वा पिठ्युँ गरी दिसा पिसाब गर्नु जायज छैन।

- नेपालदेखि किबला (खानाकाबा जसतर्फ मुख गरि सलाः पढिन्छ) चाहिं पश्चिम मा पर्छ । यसर्थ दिसा पिसाबको लागि उत्तर दक्षिण नै बस्नु पर्छ। अथवा पूर्व र पश्चिम दिशामा बस्नु मिल्दैन।

- तर जसको किबला उत्तर दक्षिण छ भने उसले पूर्व र पश्चिमतर्फ मुख वा पिठ्यु गरी नै दिसा पिसाब गर्नु पर्छ। उल्ले दक्षिण (किबला) तर्फ गर्नु मिल्दैन । जस्तै मदिनावासीले पूर्व पश्चिमतर्फ नै दिसा गर्नु पर्छ किनकि किबला चाहिं त्यहाँदेखि दक्षिणमा पर्छ।

- सडक, आम बाटो , छहारिदार वा फलदार रुखको छेउ छाउँमा दिसा पिसाब गर्नु जायज छैन।

- मदिनामा दिसा पिसाब गर्दा मानिसकहरुको हेराईबाट टाढा भइ अनि आफ्नो गुप्तांगलाई छोपी दिसा गर्नु पर्छ।

- एक अर्काको नजिकै बसि दिसा गर्नु, कुरा गर्नु जायज छैन।

- उभर पिसाब गर्नु जायज छैन। बेपर्दा (नाङ्गो) हुने वा पिसाबको छिटो पर्ने वा बस्न न सक्ने स्थितिमा उभेर गर्न सकिन्छ।

- पिसाब गर्दा पसाबको छोटोबाट बच्नु अत्यन्त जरुरी छ।

- पिसाब पछि पनि पानिले लिंगलाई सफा गर्नु पर्छ।

- शरीरमा पिसाब लागेमा पानीले सफा गर्नु पर्छ।

वुजूः

विशेष तरकाले खास अंगहरु (अनुहार, दुवै हात, टाउको कान तथा दुवै खुट्टा) धुने कृयालाई वुजू भनिन्छ।

वुजू सलाःको साँचो हो। वुजू नगरुन्जेल सलाः पढ्नु, तवाफ गर्नु आदि मिल्दैन। यसर्थ सलाः भन्दा पहिले वुजूको तरिका प्रस्तुत छः

वुजूको तरिकाः

-बस्मिल्लाह भनी (अल्लाहको नामले) आरम्भ गर्नु पर्छ। फेरि

-दुवै हातलाई नारीसम्म 3 चोटि धुनु पर्छ।

-औंलामा अंगुठी आदि पहिरेको छ भने त्यसलाई हल्लाई छालासम्म पानी पुग्याउनु पर्छ।

-वुजूको अंगमा पिठो , अलता वा नङ्ग पोलिश आदि लागेको छ पहिलो त्यसलाई सफा गर्नु अनि छालासम्म पानी पुग्याउनु पर्छ

-3चोटि मुखमा पानी हालेर कुल्ला गर्नु पर्छ। फेरि

-मुख जस्तै नाकका दुबै प्वालमा 3 चोटि पानीले सफा गर्नु पर्छ।

-पूर्ण अनुहार (निधारमा कपालदेखि दाढीको तलसम्म , 1 कानको देखि अर्को कान सम्म ) सफा पार्नु पर्छ।

- दाह्रि घना छ भने खिलाल गरी कपालको तलसम्म पानी पुग्याउनु पर्छ।

-दुबै हात (औंलादेखि कुहिना समेत) पहिले दायाँ अनि बायाँ तिन तिन चोटि धुनु पर्छ।

-(दुबै हात भिजाएर नधारदेखि पछाडि गुदीसम्म मसह गर्नु पर्छ।

-चोर औंलाले कानको भित्र पठ्टि र बुढी औंलाले कानको माथिल्लो भागमा मसह गर्नु पर्छ।

कुन कामको लागि वुजू शर्त छ?

1-(सलाः) नमाजको लागि।

2- मात्र खाना काबाको तवाफको लागि। सफा र मर्वाको सईको लागि वुजू जरुरी छैन।

3-कुरआन शरीफ छुन र पढनको लागि।

कुन कारणले वुजू भंग हु्न्छ?

1- (दुवै गुप्तांगबाट) दिसा पिसाब गरेमा, हावा खुस्किएमा , मजी, वदी (वाक्लो सेतो पदार्थ जो पिसाब पश्चात निस्कन्छ) आदि केहि पनि निस्किएमा।

2- बेहास भएमा वा मस्त निन्द्रामा सुतेमा।

3- हातले गुप्तांगलाई छुएमा। अँ लुगामाथि छुयो भने भंग हुँदैन।

4- ऊँटको मासु सेवन गरेमा (बाख्रा र कुखुराको मासुम होइन)

5- मुर्दालाई नुहाएमा। र

6- इस्लाम धर्मबाट (मर्तद) फिर्ता भएमा।

- मात्र माथि उल्लेखित कुराले नै वुजू भंग हु्न्छ। त्यो बाहेक अरु कुराले भंग हुँदैन। जस्तै घुँडा खुल्यो, लुगा परिवर्तन गर्दा मान्छे नाङ्गो भयो तर हातले गुप्तांग छुएन भने वुजू भंग हुँदैन।

- वुजू भंग भएमा पुनः वुजू नगरुन्जेल सलाःआदि गर्नु मिल्दैन।

- तर कुनै मान्छेलाई छुलछुली (सघैं एक दई थोपा पिसाब निस्कने) रोग छ वा कुनै आइमाईलाई एम.सी. (महिनावारी) को अलावा सघैं रगत बग्ने रोग छ भने उस्ले अपवित्रता दूर गरी प्रत्येक सलाःको लागि वुजू गर्नु पर्छ चाहे वुजू पश्चात पिसाबको थोपा किन न निस्कोस वा स्वास्नी मान्छेले रगत किन न बगोस् उस्को सलाःमा केहि फरक पर्दैन। यो कुराले पनि इस्लामको सरलता र महानता प्रकट हुन्छ। जो अरु धर्ममा कादपि मिल्ने छैन।

- सरलताको लागि फोटोबाट वुजूको तरिका प्रस्तुत गरिएको छ।

फोटो टास्ने

नुहाउने तरिकाः

-तलको कुराले स्नान (गुसुल) अनिवार्य हुन्छः

1-मज्जाले वीर्य निस्किएमा । चाहे बिन सम्भोग किन न होस्।

2-सम्भोग गरेमा चाहे वीर्य न निस्कोस्।

3-स्वपनद्धोष भएमा वा ब्यूँझदा लुगा आदिमा वीर्य देखा परेमा।

4-महिनावारी , वा सुत्केरीको रगत आएमा।

-उपयुक्त अवस्थामा स्नान नगरुन्जेल तलका कुराहरु जायज छैन।

1- सलाः पढ्नु.

2-काबालाई तवाफ गर्नु,

3-कुरआनलाई छुनु.

4-कुरआनको पाठ गर्नु.

अँ, मात्र ऋतुमति र सुत्केरी महिलाले कुरआन न छुइकन वा पंजा आदि लगाईकन छुएर पढ्न सकिन्छ ताकि याद गरेका सूरहहरु न बिर्सोस

5-काफिरले इस्लाम स्वीकार गरेमा।

6-मृत्यु भएमा अँ, शहीदलाई स्नान दिनु पर्दैन।

- सुन्नतः जुमाको सलाः वार्षिक दुवै पर्व, हज वा उमराको एहराम आदिको लागि स्नान गर्नु सुन्नत हो अनिवार्य होइन।

नुहाउने तरिकाः

1- पवित्र र चोखो हुने नियतले पहिलो फोहर (वीर्य, रगत) फ्याल्नु वा सफा गर्नु पर्छ।

2- बिस्मिल्लाह अथवा (अल्लाहको नामले शुरू) गर्नु पर्छ।

3- निन्द्राबाट ब्युँझेको छ त दुवै हत्केलालाई सफा पार्नु पर्छ।

4- देब्रे हातले गुप्तांग तथा फोहरलाई सफा गर्नु पर्छ। अनि

5- दुवै हातलाई माटो वा साबुनले सफा गर्नु पर्छ।

6- सलाः जस्तै वुजू गर्नु पर्छ अँ, मात्र टाउकोको मसह गर्नु पर्दैन।

7- पूर्ण कपाललाई जरोसम्म पानी पुग्याई सफा पार्नु पर्छ।

8- अन्तमा पूरै शरीरलाई पहिलो दायाँतर्फ अनि बायाँतर्फ गरी धुनु पर्छ अब गुसुलले अवैध भएका सबै कुराहरु वैध र जायज भए।

तयम्मुमको तरिकाः

-प्रिय इस्लामिक भाई! मान्छे कहिले काही रोगी हुन्छ वा पानी प्रयोग गर्नेमाथि असामर्थ्य हुन्छ यस्तो अवस्थामा वुजू र स्नानको सट्टामा (तयम्मुम) अथवा माटोबाट पवित्रता प्राप्त गर्ने आदेश दिएको छ। के यो इस्लामको सत्यता र सरलताको प्रतीक होइन?

तयम्मुम गर्ने तरिकाः

1- तयम्मुमको नियतले बिस्मिल्लाह भनी पवित्र र बैध माटोमाथि दुवै हातलाई मात्र 1 चोटि (मार्नु) घस्नु पर्छ अनि

2-अनुहार र मात्र दुवै हातलाई नारीसम्म हातले मसह गर्नु पर्छ।

3-नियत अनुसार वुजू वा स्नान पूरा भयो। वुजू र स्नान जस्तै तयम्मुमले पनि हरेक कार्य गर्नु जायज भयो।

-कुन बेला तयम्मुम जायज छ?

1-पानी उपलब्ध नभएमा।

2- वा पानी त उपलब्ध छ तर पानीको प्रयोग हानिकारक छ।

3-वा पानी प्रयोग गर्ने सामर्थ्य छैन।

4-वा पानी खोज्न जाँदा इज्जत, ज्यान,माल आदिमाथि खतरा छ।

5-वा पानीले स्नान वा वुजू गरेमा खाने पानी खतम हुने डर छ। भने अवस्थामा वुजू र गुसुलको सट्टामा तयम्मुम गर्नु जायज छ।

कुन कुराले तयम्मुम भंग हुन्छ?

1-जुन कुराले वुजू भंग हुन्छ तयम्मुम पनि भंग हुन्छ।

2-पानी उप्लबध हुने वा

3- कारण सिद्धिने वित्तिकै वा

4-यदि तयम्मुम स्नानको सट्टामा छ भने स्नान अनिवार्य गर्ने कुराहरुबाट तयम्मुम पनि भंग भइहाल्छ जस्तै स्वपनद्धोष भयो, सम्भोग वा मैथुन गर्यो बा ऋतु आयु आदि।

हैज ,निफास र इस्तिहाजाः

हैज भनेको महिनावारी वा एम. सी हो जो हरेक व्यस्क महिलाको गर्भबाट बिना रोग प्रत्येक महिना खास समयमा आउँने गर्छ। निफास भनेको सुत्केरी वा बच्चा जन्मिने पछिको रक्तश्राव हो जो बढीमा 40 दिनसम्म आउँछ। दुवै रगतको हुकुम चाहिं बराबर छ।

हैज र निफासको हुकुमः

1)सलाः पढ्नु।

2)सौम (वर्त) बस्नु दुवै कार्य अवैध छ। तर राख्न नपाएको सौमलाई पछि कजा गर्नु पर्छ सलाःको कजा गर्नु पर्दैन।

3)खाना काबाको तवाफ (परिक्रमा) गर्नु।

4)मस्जिदमा बस्नु।

5)कुरआन छुन मिल्दैन। तर पंजा लगाएर कुर्आन छुन र पढ्न सकिन्छ।

6)सम्बन्ध विच्छेद गर्नु।

7)सम्भोग गर्नु अवैध छ। तर स्वास्नीसँग लसफस गर्नु, म्वाई खानु र यौन सम्पर्क (सेक्स) बाहेक सबै कुरा गर्नु जायज छ।

ý हैजमा जानीबुझी रहरले सम्भोग गर्यो भने जरिवाना स्वरुप सुनको 1 वा आधा दिनार (वा त्यस बराबर रकम) दान दिनु पर्छ।

ý ॠतु वा सुत्केरी सिद्धे पछि स्नानमा उल्लेखित विधि अनुसार नै गुसुल गर्नु पर्छ। जबसम्म पूर्ण शरीर र कपालसम्म पानी पुग्दैन भने (चोखो) पवित्रता प्राप्त हुन सक्दैन।

ý इस्तिहाजाः कुनै कुनै महिलालाई महिनावारीको अलावा पनि रगत बग्दै रहन्छ। यो एउटा रोग हो र यो रगत चाहिं पवित्र हो। उस्ले अरु पवित्र महिला जस्तै सबै कार्यहरु सलाः सौम, तवाफ सम्भोग आदि गर्नु जायज छ।

ý ॠतु पछि मात्र एक चोटि स्नान गर्नु पर्छ अनि प्रत्येक सलाःको बेला रगतलाई सफा गर्नु र नयाँ वुजू गर्नु पर्छ। वुजू पछि र सलाः भन्दा पहिलो रगत निस्कियो भने सलाःमा केही फरक पर्दैन। रगतले मस्जिद अपवित्र नहोस् भन्ने care Free\paid प्रयोग गर्नु उत्तम छ।

सलाः

खास तरकाले अदा गरिने इबादतलाई सलाः भनिन्छ। जो तक्बीरे तहरीमः अथवा अल्लाहु अकबर शब्दको आरम्भ हुन्छ र अस्सलामो अलैकुम व रहम तुल्ला शब्दले समाप्त हुन्छ।

सलाःको महत्वः

1-सलाः इस्लामको 5 स्तम्भमध्ये दोस्रो महत्वपूर्ण स्तम्भ हो।

2-शहादाः अर्थात इस्लाम स्वीकृति पछि नव मुस्लिममाथि पहिलो जुन कुरा जाहिं अनिवार्य हुन्छ त्यो सलाः नै हो।

3- सलाः प्रत्येक व्यस्क, बालिग, बुद्धिमान, पुरुष तथा महिलामाथि दिन रातमा 5 चोटि अनिवार्य छ।

4- सलाःमा सुस्ती गर्नु वा तोकिएको समयदेखि बिना कारण विलम्ब गर्नु जायज छैन।

5-सलाःलाई जानीबुझी छाड्नु कुफ्र, अवज्ञा र अधर्म हो।

6- सलाः छाड्नु चोरी, डाका, मदिरा, जाँड खाँड तथा व्यभिचार भन्दा पनि ठूलो पाप हो।

7- स्वास्नी मान्छेले घरमा पढ्नु नै श्रेष्ट छ तर पर्दा (पूरै शरीरलाई छोप्नु) गरी मस्जिदमा आउनु पनि जायज छ।

8- पुरुषमान्छेले मस्जिदमा आएर सामूहिक तवरले सलाः पढ्नु पर्छ।

9- 7 वर्षको उमेरमा छोराछोरीलाई सलाः पढ्ने आदेश दिनु पर्छ।

10- 10 वर्षको उमेर भएमा सलाः नपढ्ने छोरा छोरीलाई कुटपिट गरी सलाः पढाउनु पर्छ।

11- (कयामत) महाप्रलयको दिन पहिलो सलाः सम्बन्धी नै लेखजोखा तथा हिसाब किताब र सोधपुछ हुनेछ।

12-सलाः निर्लज्जता तथा कुकर्मबाट रोक्दछ।

13- सलाः मेराजको उपहार, आस्थावानको महिमा र सन्देश हो।

सलाःको समयः

· सलाःको समय अल्लाहले तोकेको छ। त्यसै भित्र रही सलाः पढ्नु पर्छ समय पूर्व वा समय निस्के पछि सलाः पढ्नु जायज छैन।

· दिनरातमा 5 चोटि सलाः पढ्नु पर्छ जसको समय तल प्रस्तुत छः

· 1) जोहरको समयः दिउँसो सूर्य ढेलेदेखि आरम्भ हुन्छ र वस्तुको छायाँ बराबर हुन्जेलसम्म बाँकी रहन्छ।

· अजान पछि पहिलो 2+2 गरी 4 रकअत सुन्नत, फेरि 4 रकअत फर्ज ईमामसँग र फर्ज पछि अन्तमा 2रकअत सुन्नत पढ्नु पर्छ।

· 2) अस्रको समयः जोहरको समय सिद्धिने वित्तिकै अस्रको समय आरम्भ हुन्छ र छायाँ दुगुन्ना हुन्जेलसम्म बाँकी रहन्छ।

· फर्ज भन्दा पहिलो सोनन् रातिबः छैन अँ , मस्जिदको सलामको नियतले कम्तीमा 2 रकअत फेरि 4 फर्ज ईमामसँगै पढ्नु पर्छ।

· 3) मग्रिबको समयः सुर्यास्तदेखि आरम्भ हुन्छ र साँझको रातोपन रहुन्जेलसम्म बाकी रहन्छ।

· समय छ भने फर्ज भन्दा पहिलो मस्जिदको सलामको नियतले कम्तीमा 2 रकअत सुन्नत फेरि 3 रकअत फर्ज र त्यस पछि 2 रकअत सुन्नते मुवक्कदा पढ्नु पर्छ।

· 4) ईशको समयः साँझको घोर अँध्यारोदेखि आरम्भ हुन्छ र मध्य रात्रीसम्म बाँकी रहन्छ।

· फर्ज भन्दा पहिलो (तहियतुलमस्जिद) मस्जिदको सलामको नियतले कम्तीमा 2 रकअत सुन्नत, फरि 4 फर्ज+2 सुन्नत तथा 3 वा 1 वित्र आफ्नो सहुलियत अनुसार पढ्नु पर्छ।

· वित्र आफ्नो सहुलियत अनुसार पढ्नु पर्छ।

· 5) फज्रको समयः सूर्योदय भन्दा निकै पहिलोको सेतोपनादिखि आरम्भ हुन्छ र सुर्यउदय नहुन्जेलसम्म बाँकी रहन्छ।

· पहिले 2 रकअत सुन्नत पछि ईमामसँग 2 फर्ज पढ्नु पर्छ। यदि पहिलेको 2 सुन्नत पढ्ने मौका मिलेन भने फर्ज पछि पढ्नु होस्।

अजान र ईकामतः

· सलाःको समय भयो भनी धोषणा गर्नेलाई अजान भनिन्छ । जमात शुरु हुनेबारे दिने जानकारीलाई ईकामत (तकबीर) भनिन्छ।

· अजान 1 हिज्रीमा (मश्रु) जारी भएको छ।

· पुरुष मान्छेले प्रत्येक सलाःमा अजान र ईकामत दिनु पर्छ।

· महिलाले बिना अजान मात्र ईकामतले सलाः पढ्ने छिन्।

· अजान किब्लातर्फ मुख गरी ठूलो स्वरले दिनु पर्छ।

· चोर औंला कानमा हाली अग्लो ठाउँबाट अजान दिनु सुन्नत हो।

· अजान दिनुमा माइक प्रयोग गर्नु श्रेष्ट छ।

· हतार न गरीकन ठूलो तथा मधुर स्वरले अजान दिनु पर्छ।

· हैय्य अ लस्सलाह र हैय्य अलल्फलाह भन्दै मात्र गर्धनलाई दायाँ र वाँयातर्फ घुमाउनु पर्छ अरु अजानको शब्दमा घुमाउनु पर्दैन।

अजानका शब्दहरुः

1-अल्लाहो अक्बर, अल्लाहो अक्बर। अल्लाहो अक्बर, अल्लाहो अक्बर (अल्लाह तआला नै सबै भन्दा महान छ)

2- अश्हदो अल्लाइलाह इल्लल्लाह् । अश्हदो अल्लाइलाह इल्लाह् (अल्लाह बाहेक अरु कोही सत्य पूज्य छैन भन्ने गवाही दिन्छु।

3- अश्हदो अन्न मुहम्मदुर्रसूलुल्लाह्। अश्हदो अन्न मुहम्मदुर्रसूलुल्लाह्। (मुहम्मद अल्लाहका रसूल हुन् भन्ने गवाही दिन्छु)

4- हैय्य अ लस्सलाह। हैय्य अ लस्सलाह। (सलाःको निमित्त आउनुस्)

5-हैय्य अ लल्फालाह। हैय्य अ लल्फालाह। (सफलताको निमित्त आउ)

6- अल्लाहु अक्बर, अल्लाहु अक्बर (वास्तवमा अल्लाह नै महान छ)

7-लाइलाह इल्लल्लाह (वास्तवमा अल्लाह बाहेक सत्य उपास्य छैन)

8-मात्र फज्रको अजानमा हैय्य अलल्फलाह पछि र अल्लाहु अक्बर भन्दा पहिलो (अस्सलातो खैरुम्मेनन्नौम) 2 चोटि बढि भन्नु पर्छ।

ईकामतको शब्दहरुः

1- अल्लाहो अक्बर, अल्लाहो अक्बर।

2- अश्हदो अल्लाइलाह इल्लल्लाह् ।

3- अश्हदो अन्न मुहम्मदुर्रसूलुल्लाह्।

4- हैय्य अ लस्सलाह

5- हैय्य अ लल्फालाह

6- कद का मतिस्सलाह कद का मतिस्सलाह ( बढी मिलाउनु पर्छ)

7- अल्लाहो अक्बर, अल्लाहो अक्बर।

8- लाइलाह इल्लल्लाह

· अजान दुई दुई पटक र ईकामत एकै पटक भन्नु पर्छ।

· कदकामतिस्सलाको जवाफमा त्यसै भन्नु पर्छ। अकामहल्ला व अदा महु भन्नु रसूल सल्लाह अलैहि वस्लम बाट प्रमाणित छैन।

अजान सुन्नेवालाले के गर्नु पर्छ?

1- मोअज्जिन (अजान दिनेवाला) जस्तै अजानका सबै शब्दहरु भन्नु पर्छ। मात्र हैय्य अलस्सलाह र हैय्य अलल्फलाहको उत्तरमा (ला हौला वला कुव्वत इल्ला बिल्ला) भन्नु पर्छ।

2- फज्रमा अस्सलातो खैरुम्मेनन्नौमको उत्तर पनि उस्तै दिनु पर्छ।

3- अजान पश्चात मौअज्जिन तथा आम मान्छे सबैले पहिलो दरुद (रसूल माथि चिर शान्तिको प्रार्थना) अल्लाहुम्म सल्ले अला मुहम्मद व अला आले मुहम्मद कमा सल्लैत अला इब्राहीम व अला आले ईब्राहिम इन्नक हमीदुम मजीद अल्लाहुम्म बारिक अला मुहम्मद व अला आले मुहम्मद कमा बारक्त अला इब्राहीम व अला आले इब्राहीम इन्नक हमीदुम मजीद।

4- फेरि असल दुआः (अल्लाहुम्म रब्ब हाजेहिद्दाव तित्तम्माह, वस्सला तिल काएमः आते मुहम्मद निल वसिलत वल फजिलः वब् असहु मका मम् महमूद निल्लजी वअत्तहु) पढ्नु पर्छ।

सलाःका शर्तहरुः

शर्त भनेको यस्ता कार्यहरु जो नगरुन्जेल सलाः पढ्नु मिल्दैन।

सलाःको लागि 5 महत्वपूर्ण शर्तहरु छन्।

1- तहारत, चोखो हुनु वा पवित्रता प्राप्त गर्नुः

ý सानो (वुजू) तथा ठूलो (गुसुल) अपवित्रता आवश्यकता अनुसार दूर गर्नु किनभने पवित्रता लागेको छ भने पवित्र पार्नु।

ý शरीर र लगामा अपवित्रता लागेको छभने पवित्र पार्नु।

ý सलाः पढिने ठाउँ अपवित्र छ भने पवित्र पार्नु।

2- समय हुनुः समय भन्दा पहिलो वा पछि सलाः पढ्नु जायज छैन मात्र ईशा सलाःलाई आधा रातसम्म विलम्ब गर्नु जायज छ।

3- अङ्ग छोप्नुः

ý लुगा भएमा नाँगो (बिना पर्दा) सलाः पढ्नु जायज छैन।

ý लोग्ने मान्छेले नाभिदेखि घुँडासम्म र दुवै काँधालाई छोप्नु पर्छ।

ý स्वास्नी मान्छेले अनुहारको अलावा कपाल समेत पूर्ण शरीरलाई खोस्टे आदिले छोप्नु पर्छ। अँ, त्यहाँ कुनै गैर महरम पुरुष छ भने हत्केला तथा अनुहारलाई पनि छोप्नु पर्छ।

ý यसर्थ शर्ट, टि.शर्ट , पैन्ट, हाफ गन्जी (ब्रेसर) वा मैक्सी लगाई कपाल, अनुहार न छोपी बाटो आदिमा हिड्नु जायज छैन।

4. नियत गर्नुः

1- जुन सलाःको समय हो वा जुन सलाः पढ्ने हो भने त्यसै सलाःको नियत गर्नु पर्छ।नियत दिलको कार्य हो यसर्थ दिलले नियत हुन्छ । मुखले होइन अजान सुन्ने वित्तिकै मुस्लिम कामकाज छाडछ र वुजू गरी , लुगा पहिरी मास्जिद तर्फ लाग्छ यो नै नियत हो अँ तपाई आज केही मान्छेलाई सफमा उभी मुखले मनमानी नियत (म नियत गर्छु फर्ज सलाःको 2,3 वा 4 रकअत,कबिलातर्फ अनुकरण न गर्नुस किनकि यो नयाँ तरिका हो जो रसूल तथा उहाँका सहाबाबाट प्रमाणित छैन र जो कुरा हजूरबाट प्रमाणित नै छैन त्यो धर्म र पूजाअर्चनाको अंश कसरी हुन सक्छ र? बरु त्यो गर्ने नै बिदअत अथवा पथभ्रषटता हो।

2- किब्लातर्फ मुख गर्नुः मुस्लिमको किब्ला पवित्र बैतुल्लाह अर्थात काबा हो जो नेपालदेखि पश्चिम दिशा मक्का नगरमा पर्दछ सलाः पढदा त्यसतर्फ मुख गर्नु एकदम जरुरू छ।

छुटः

1- डिजर्ट, जंगली क्षेत्रको यात्रामा काबा कुन दिशामा छ थाहा हुँदैन भने सकभर पूछताछले दिशा पत्ता लगाई सलाः पढ्नु पर्छ।

2- यो असंभव छ भने जुन दिशातर्फ पित्त बुझछ वा आत्मा सन्तुष्ट हुन्छ भने त्यसैतर्फ सला पढ्नुस। सलाः पछि दिशआ गलत थियो भन्ने कुरा थाहा भयो सलाः ठीक छ पूनः दोहोराउनु पर्दैन।

3- यात्रीले समयमै सवारीबाट तल झरी फर्ज सलाः पढ्नु पर्छ।

4- यो संभव छैन वा समय समाप्त हुने भय छ भने सवारीमै उभेर किब्लातर्फ मुख गरी सला पढ्नु पर्छ।

5- यो पनि असंभव छ भने सीटैमा बसी ईशाराले रुकूअ सज्दा गरी सलाः पढ्नु पर्छ सज्दामा रुकूअ भन्दा अलि बढी झुक्नु पर्छ।

6- जलचर थलचर सबैको हुकुम चाहिं बराबर हो।

]

सलाःका अरकान र वाजिबातहरु

सलाःका 14 अरकान तल प्रस्तुत छन्ः

1-सामर्थ्यले उभेर सलाः पढ्नु।

2-तक्बीरे तहरीमाः (शुरुको अल्लाहु अक्बर) भन्नु।

3- सूरः अल फातेहा (अल्हम्दो) पढ्नु ।

4-रुकूअ गर्नु (घँडा समाति झुक्नु)

5-रुकूअ पछि धैर्यतापूर्वक ठाडो होनु।

6-7अंगहरुमाथि सज्दा गर्नु।

7- सज्दाबाट टाउको खडा गर्नु।

8-दुवै सज्दाको बीचमा धैर्यतापूर्वक बस्नु।

9-सबै अरकानलाई धैर्यतापूर्वक अदा गर्नु (हतार न गर्नु)

10-अरकानलाई सिलसिलावार गर्नु आफ्नो मनले अधि पछि नगर्नु।

11- अन्तिम तश्हहुद।

12- अन्तिम तश्हुदको लागि बस्नु।

13-हजूरमाथि दरुद (अल्लाहुम्म सल्ले अला मुहम्मद....) पढ्नु।

14- दुवैतर्फ सलाम फेर्नु।

सलाःका 8 वाजिबातहरुः

1- तक्बीरे तहरीमःको अलावा सबै तक्बीरहरु।

2- ईमाम र एकलै सलाःपढ्नेलाई समेअल्लाहु लेमन हमेदा भन्नु।

3- त्यस पछि सबैले कम्तीमा रब्बना व लकल हम्द भन्नु।

4- रुकूअमा सूब्हान रब्बे यल अजीम भन्नु ।

5- सज्दाम सुब्हान रब्बे यल अजीम भन्नु।

6- दुवै सज्दाको बीचमा रब्बिबग फिर्लि पढ्नु।

7- पहिलो तश्हहुद।

8- पहिलो तश्हहुदको लागि बस्नु।

ईमामत र सफ सोझो गर्नुः

1-पुरुषमान्छेले फर्ज सलाः मस्जिदमा सामूहिक रुपमा पढ्नु पर्छ

2-सामूहिक सलाःमा सफ अथवा पंक्तितलाई सोझो पार्नु पर्छ।

3-कांधादेखि काँधा तथा गोडादेखि गोडा मिलाएर उभिनु पर्छ।

4-दुवै मान्छेको बीचमा फाक वा ठाउँ छोड्नु सुन्नतको विरुध हो।

5-पहिलो सफ पूरा नगरुन्जेल दोस्रो सफ आरम्भ गर्नु मनाहि छ।

6-पंक्तित वा सफको पछाडि एक्लै पछि उभेर सलाः पढ्नु जायज छैन। पहिलो सफमा उभने ठाउँ छैन भने एक्लै पछि उभेर सलाः पढ्नु जायज छ। तर अधिको सफबाट कसैलाई पछि खिचनु नाजायज छ।

7-फर्ज सलाःमा एउटा मान्छेले ईमाम (अगुवा) बन्नु पर्छ र (पछि उभनेवाला) मुक्तदीले कमशः उहाँको अनुकरण गर्नु पर्छ।

8-सलाःमा ईमाम भन्दा पहिले रुकूअ , कौमा सज्दा गर्नु पाप हो।

ईमामको हकदारः

1- जो सबै भन्दा अधिक कुरआन जान्दो रहेछ त्यो नै ईमाम बन्ने छ।

2- नाबालिग बच्चा पनि अधिक कुरआन जान्दो रहेछ भने बालिग वा उमेर पुगेको उपस्थितमा पनि त्यो नै ईमाम बन्नेछ।

3- अन्धोले पनि ईमामत गर्नु वा ईमाम बनाउनु जायज छ।

4- ईमामले अल्लाहो अक्बर भन्नु भन्दा पहिले नै सफ सोझो छ वा छैन भने सोझो हुन्छ भने कन्फर्मगर सफलाई सोझो गर्नु पर्छ।

5- सफ जति सोझो हुन्छ भने त्यत्तिकै सलाःपनि पूर्ण हुन्छ।

6- पहिलो पुरुषको फेरि केटाहरुको र अन्तिममा स्वास्नी मान्छेको सफ लगाउनु पर्छ।

7- पुरुषको सर्वोत्कृष्ट सफ पहिलो हो । स्वास्नीको सर्वोत्कृष्ट सफ अन्तिम सफ हो। निकृष्ट सफ उप्युक्तको विपरीत सफ हो।

8- सलाम पश्चात ईमामले मुक्तदीतर्फ मुख गरी बस्नु सुन्नत हो।

सुत्रह प्रयोग गर्नु

· एक हात जति अग्लो वस्तु जस्तै कुर्आनको कुर्सी, भित्ता , खम्बालाई सलाः पढ्दा आफ्नो सज्दाको अगाडि राख्नुलाई सुत्रह भनिन्छ।

· मोसल्ली (सलाःपढ्ने मान्छे) ले सलाः पढ्दा सुत्रह प्रयोग गर्नु पर्छ चाहे मोसल्ली ईमाम होस् वा (मुन्फरिद) एक्लै।

· सलाः फर्ज होस् वा सुन्नत वा नफ्ल।

· मात्र मुक्तदीले सुत्रह प्रयोग गर्नु पर्दैन किनकि ईमामको सुत्रह नै मुक्तदीको निमित्त पर्याप्त छ भन्ने कुरा हजुरबाट प्रमाणित छ।

· यसर्थ मुक्तदी (ईमामसँगै सलाःपढ्नेहरु) को अगाडिबाट महिला र कालो कुकुर पनि बाटो काट्यो भने सलाःमा केही फरक पर्दैन।

· मोसल्लीको अगाडिबाट गुज्रनु वा बाटो काट्नु जायज छैन तर सुत्रहको पछाडिबाट जानु जायज छ।

· मोसल्लीको अगाडिबाट गुज्रनु कति पाप र जुर्म छ मान्छेले यदि थाहा पाइयो भने उ 40 वर्ष ,महिना वा दिनसम्म त्यहाँ कुर्न सक्छ तर मोसल्लीको अगाडिबाट गुज्रनु वा जानु चाहदैन।

· अगाडिबाट गुज्रनेलाई मोसल्लीले आफ्नो हातले रोक्नु पर्छ।

· ईमाम र एक्लै सलाः पढ्ने मान्छेको अगाडिबाट व्यस्क महिला गधा तथा कालो कुकुर गुज्रियो भने सलाः खत्तम भइहाल्छ र पून पढ्नु पर्छ। सुत्रहको पछाडिबाट गुज्रियो भने सलाः खत्तम हुँदैन।

· मक्का मदिनाको पनि यही हुकुम हो त्यहाँ पनि सुत्रह राखनु र गुज्रनेलाई राक्नु पर्छ।

· मात्र अति मजबुरीको अवस्थामा गुज्रनु जायज छ नत्र हरमा छ।

· आज यो सुन्नत मुर्दा भएको छ जिन्दा गर्ने आवश्यकता छ।

· यदि तपाईले मुर्दा सुन्नतलाई आफ्नो अमल र कर्तव्यले जिन्दा गर्यो भने कयामतसम्म तपाईंलाई त्यसको सवाब प्राप्त हुनेछ।

सलाःको पूर्ण तरिका

तहारत, पवित्रता, वुजू अङ्ग छोप्नु, किबलातर्फ मुख गर्नु आदि पूरा भएको छ भने त सलाःको नियतले तक्बीरे तहरीमः(अल्लाहु अक्बर) भनी सलाःको थालनी गर्नोस्।

· 1) कयामः रफउल-यदैन (दुवै हातलाई काँधासम्म उठाउँदै

· अल्लाहु अक्बर (तक्बीरे तहरीमः) भनी सलाः आरम्भ गर्नु पर्छ।

· कानलाई समात्नु वा त्यो भन्दा माथि उठाउनु जायज छैन।

· अनि दायाँ हातले देब्रे हातलाई छातीमाथि राखी समात्नु पर्छ।

· 2)सनाः (सुब्हान क अल्लाहुम्म व बेहम्दे क वतबार कस्मो क व तआला जद्दको क वला इलाह गैरो क) पढ्नु पर्छ।

· फेरि शैतानबाट अल्लाहको शरण मग्दै (अ ऊजो बिल्लाहि मिनश्शैतान निर्रजीम) र बिस्मिल्ला पछि सूरःफातेहा पढ्नु पर्छ।

· 3) फातेहाः सलाःमा फातेहा पढ्नु अनिवार्य छ फातेहा न पढु्न्जेल सलाः सही हुँदैन। तसर्थ फातेहा पढ्नु होस।

· 1-बिस्मिल्ला हिर्रहमा निर्रहीम। 2)अल्हमदो लिल्लाहे रब्बिल आलमीन 3-अर्रहमानिर्रहीम 4-मालिके यौमिद्दिन 5-ईय्याक नाअ बुदु व ईय्याक नस्तईन 6-इहदे निस्सरातल् मुस्तकीम 7-सिरातल्ल जीन अनअमत् अलै हिम गैरिल् मग्जुबे अलैहिम् व लज्जाल्लीन। (आमीन)

· आमीनः फातेहाको अन्तिम शब्द वलज्जाल्लीन पछि ईमाम र मुक्तदी सबैले (जहरी) अथवा ठूलो स्वरको सलाः (फज्र, मग्रिब, ईशा , पर्व आदिमा ठूलो स्वरले र सिर्री मसिनो स्वरको सलाः जोहर र अस्रर मसिनो स्वरले आमीन भन्नु पर्छ।

· सूरः फेरि कुर्आनबाट याद गरेको सरल सूरः वा आयत पढ्नु पर्छ।

· मुक्तदीले ईमामको केराअत वा कुर्आनको पाठ ध्यानपूर्वक सुन्नु एक्दम अनिवार्य छ तसर्थ सूरःफातेहाबाहेक केही पढ्न मिल्दैन।

· 4)रुकूअः कयाम (किराअत) पछि रुकूअ (झुक्नु) गर्नु पर्छ।

· रुकूअमा (रफउल यदैन) दुवै हातलाई काँधासम्म उठाई अल्लाहो अक्बर भन्दै झुक्नु पर्छ।

· अनि दुवै हातको औंलाले दुवै घुँडालाई समात्नु पर्छ।

· पिठ्युलाई एकदम बराबर वाण जस्तै राखनु पर्छ।

· सज्दाको ठाउँमा हेर्नु पर्छ।

· सुबहान रब्बिबयल अजीम 3,5 अथवा 7 बढी बेजोड पढ्नु पर्छ।

· 5)कौमःकौमा अथवा टाउको उठाइ पूर्ण तरिकाले उभ्नु पर्छ।

· कौमामा पनि सोझो उभेर रफउल यदैन गर्नु पर्छ।

· ईमामले सलेअल्लाहो लेमन हमेदह भन्छ फेरि सबैले तलको दुआ (रब्बना वलकल् हमद् हमदन् कसीरन तैय्येबन मोबारकन फीह) एकै साथ फर्काउनु पर्छ।

· रुकूअ पछि हातलाई छातिमाथि राखनु वा नराखनु दुवै जायज छ।

· 6)सजदः (दोग) अल्लाहो अक्बर भन्दै भूइँमाथि सिर टेक्नु पर्छ।

· सज्दा 7 अंगहरुमाथि गर्नु पर्छः

· 7 अंगहरु दुवै हात,दुवै घुँडा, दुवै कदम र निधार नाकसहित।

· सज्दाको अवस्थामा दुवै हातलाई काँधा बराबर राखनु पर्छ।

· कुहिनालाई तिध्रा वा पेटदेखि हटाएर राखनु पर्छ।

· औंलालाई एकदम मिलाएर राखनु पर्छ। पाउलाई किब्लातर्फ गरी खडा गर्नु पर्छ।

· सज्दामा (सुब्हान रब्बि यल आला) वा (सुब्बु हुन कुद्दुसुन रब्बुल मलाएकते वरुर्ह) दुआ 3,5,7 चोटि वा बढि पढ्नु पर्छ।

· 7) जलसतुल इसलेरा हः अल्लाहो अक्बर भन्दै सज्दाबाट उभी बस्नु पर्छ अनि फेरि दोस्रो सज्दा पहिलो जस्तै नै गर्नु पर्छ। दुवै सज्दाबीज बस्नुलाई नै जलसतुल इसतेराहा भनिन्छ।

· जलसतुल इस्तेराहामा देब्रे गोडालाई बिछाई तथा दायाँ गोडलाई खडा गरी बस्नु पर्छ।

· अनि रब्बिबग फिर्रलि , वर्हम्नी, वह्देनी , व आफेनि, वर्जूक्नी वज्बुर्नि दुआ पढ्नु पर्छ। वा कम्तीमा रब्बिबग फिर्रलि 2 चोटि अवश्य पढ्नु पर्छ। (सही इब्ने माजा 1|148)

· रकअतः यति गर्नाले 1 रकअत पूरा भयो अब सलाः अनुसार दोस्रो , तेस्रो र चौथो रकअत उस्तै पूरा गर्न पर्छ।

· 1) कयाम,

· 2)रुकूअ

· 3)कौमा र

· 4)दुवै सज्दाले 1 रकअत हुन्छ।

· 8) तशहहुदः 2 रकअतको सलाः छ भने त 2 रकअत पछि उभ्नु पर्दैन बरु तशहहुदको लागि सज्दामा उल्लेखित तरिका अनुसार नै बस्नु पर्छ।

· अनि दायाँ हातलाई दायाँ तिध्रामाथि र बायाँ हातलाई बायाँ तिध्रामाथि राखनु पर्छ।

· दायाँ हातको चोर औंला बाहेक सबै औंलालाई मुठ्ठी जस्तै बन्द गरी राखनु पर्छ।

· मात्र चोर औंलाले पूरै तशहहुदमा इशारा अथवा हिल्लाउनु पर्छ।

· अनि तहिय्यातः ( अत्तैह्यातो लिल्लाहे वस्सलवातो वत्तैयेबातो वस्सलामो अलैका अय्यो हन्नबीयो व रहम तुल्लाहे व बरकातुहु अस्स लामो अलैना व अला इबादिल्ला हिस्सालेहीन अशहदो अल्ला इ लाह इल्लल्लाहो व अश्हदो अन्ना मुहम्मदन अब्दुहु व रसूलुहु) पढ्नु पर्छ।

· 9)फेरि दरुद शरीफः (अल्लाह हुम्म सल्ले अला मुहम्मद व अला आले मुहम्मद कमा सल्लैत अला इब्राहीम व अला आले इब्राहीम इन्नक हमीदुम् मजीद अल्ला हुम्म बारिक अला मुहम्मद व अला आले मुहम्मद कमा बारक्त अला इब्राहीम व अला आले इब्राहीम इन्न्क हमीदुम मजीद) पढ्नु पर्छ।

· फेरि दुआः अल्लाहम्म इन्नी अऊजो बेक मिन अजाबे जहन्नम व मिन अजा बिल कबर, व अऊजो बेक मिन फितनितिल् मसिहि द्दज्जाल व अऊजो बेक मिन फितनतिल मह्या वलममात अल्लाहुम्म इन्नी अऊजो बेक मिनल् मा समे वल मगरम) र अर्को

· दुआः अल्लाहुम्म इन्नी जलमतो नफसी जुलमन् कसीरन वला यग् फेरुज्जनूब इल्ला अन्त, फगफिर्लि मगफे रतम् मिन इन्दिक, वर्हम्नी इन्नक अन्तल् गफूर्रुहीम ) पढ्नु पर्छ।

· अनि आफ्नो मर्जी अनुसार जे जति दुआ याद छ गर्नु जायज छ किनकि यो दुआ स्वीकार हुने समय होय़ त्यस पछि सलाम फेर्नु।

· 10) सलाम फेर्नुः अथवा पहिलो दायाँतर्फ गर्दन मोरदै अस्सलामो अलैकुम व रहमतुल्ला। फेरि उस्तै बायाँतर्फ गर्दन मोरदै अस्सलामो अलैकुम व रहमतुल्ला भन्नु पर्छ।

· सलाम फेर्नुः चाहिं सलाःको अन्तिम विधि हो। हदीसमा छ कि अल्लाहु अक्बरले सलाः आरम्भ हुन्छ र सलामले पूरा हुन्छ।

· 11) 3 रकअतको सलाः जस्तै मग्रिबमा उक्त तशहहुद र दरुद शरीफ वा मात्र तशहहुद पछि सलाम नफेरिकन तेस्रो रक्अतको लागि अल्लाहो अकबर भन्दै खडा हुनु पर्छ।

· यहाँ पनि खडा हुँदा रफउल यदैन गर्नु पर्छ।

· अँ ईमाम र मुक्तदी सबैले मात्र फातिहा पढी रुकूअ सज्दा गर्नु पर्छ किनकि तेस्रो र चौथो रकअतमा सूर पढ्नु प्रमाणित छैन।

· तेस्रो रकअत पूरा गरी अन्तिम तशहहुदमा बस्नु पर्छ।

· 12) 4 रकअतको सलाः (जोहर,अस्र,र ईशा) छ भने चौथो रकअत पूरा गरी अन्तिम तशहहुदमा बस्नु पर्छ।

· 13) अन्तिम तशहहुदः मा बस्दा तवरुर्क अथवा दायँ खुठ्ठालाई किब्लातर्फ गरी खडा गर्नु पर्छ र बायाँ खुट्टालाई दायाँ छावाको तलबाट बाहिर निकाली देब्रे चाक भईमाथि राखी बस्नु पर्छ।

· दुवै हात पहिले तशहहुद जस्तै दुवै तिध्रामाथि राखनु पर्छ।

· अनि औंलाले उस्तै नै इशारा गर्नु पर्छ।

· माथिका सबै दुआहरु पढ्नु पर्छ।

· अन्तिममा उस्तै सलाम पनि फेर्नु पर्छ।

· यति गर्नाले 3 र 4 रकअतको सलाः पूरा भयो।

· अनि सलाःले गर्दा जुन जायज कार्यहरु कुराकानी गर्नु, अगाडि पछाडि हेर्नु, खानपीन गर्नु, औंला फोर्नु, दिसा पिसाब गर्नु हराम भएका थिए अब वैध भए।

· 14) सलाम पछइका दुआहरुः प्रत्येक फर्ज सलाःमा सलाम पश्चात ईमाम छ भने मुक्तदीतर्फ मुख गरी बस्नु पर्छ अनि ईमाम र मुक्तदी दुवैले तलका दुआ र अजकारहरु पढ्नु श्रेष्ठ छः

· 1. चोटि अस्तग् फेरुल्लाह भन्नु पर्छ।

· 2. अल्लाहुम्म अन्तस्सलाम व मिन्कस्सलाम तबारक्त या जल् जला ले वल इकाम। अल्लाहुम्म ला मानेआ लेमा आतैत वला मुतिआ लेमा मना त व ला यन्फओ जलजद्दो। ला हौल व ला कुव्वत इल्ल बिल्लाहे, लहुन्नेमतो व लहुल्फजलो व लहुस्सा ना उलहसनो, ला ईला ह इल्लल्लाहो मुख्लेसीन लहुद्दीन व लौ क रे हल का फेरुन। ला ईला ह इल्लल्लाहो वहदहू ला शरीक लहु लहुल मूलको व लहुल हम्दो योहयी व योमीत हुव अला कुल्ले शैइन् कदीर। (हरेक सलाः मा 1 चोटि तर फज्र र मग्रिबमा 10-10 चोटि पढ्नु उत्तम छ)

· 33 चोटि सुब्हानल्लाह, 33 चोटि अल्हम्दो लिल्लाह, 33 चोटि अल्लाहो अक्बर र एक चोटि अन्तमाः लाईला ह ईल्लल्लाहो वहदहू ला शरीक लह लहुल मूलको व लहुल-हमदो व हुव अला कुल्ले शैइन् कदीर पढ्नु पर्छ। (100 पूरा भयो)

· फेरि आयतुल-कुर्सीः अल्लाहो ला ईला ह ईल्ला हुवल् हैय्युल कयैयूम ला ता खोजोहु सेन तुव्वला नौम लहु माफिस्समावाते वमा फिल्अर्जे मन् जल्ल जी यश्फओ इन्दहु इल्ला बेइज्नेही या लमो माबैन ऐदि हिम् व मा खलफहुम् वला योहीतून बेशैइम् मिन इल्मेहि इल्ला बेमा शाअ व सेअ कुर्सिय्यो हुस्समावाते वल् अर्जे वला यउदोहु हिफ्जो होमा व हुवल अलिय्युल अजीम पढ्नु पर्छ (कुरआन)

· फेरि तिनौं कुलः 1) कुलहोवल्लहो अहद्, अल्लाह हुस्समद, लम यलिद व लम् यूलद् व लम्यकुल्लहु कुफुवन अहद।

· कुल अ ऊजो बेरब्बिल् फलक मिन् शर्रे माखलक व मिन शर्रे गासेकिन एजा वकब व मिन शर्रिन् नफ्पासाते फिल ओ कद् व मिन शर्रे हासेदिन् एजा हसद्।

· कुल अऊजो बेरब्बिबन्नास मलेकिन्नास एलाहिन्नास् मिन शर्रिल वस्वासिल खन्नास् अल्लजी योवस्वेसो फी सोदू रिन्नास मिनल् जिन्नते वन्नास्)। उक्त तिनौ कुल हरेक सलाः पश्चात एक एक चोटि तर फज्र र मग्रिब सलाः पश्चात 3,3 चोटि पढ्नु पर्छ

· 15) मस्बूकः मस्बूकको अर्थ चाहिं ईमामसँग पूरै सलाःनपाउने मान्छे हो। चाहे 1 रकअत छुटेको होस् वा 1 भन्दा बढी।

· मस्बुक भएमा अथवा मस्जिदमा आउँदा ईमाम रुकूअ, सज्दा वा तशहहुदमा छ भने एक्लै सलाः पढ्नु मिल्दैन बरु जमातमै सामेल भई ईमामसँग अन्तिमसम्म सलाःपढ्नु पर्छ।

· यसको तरिका के छ भने जब ईमामले सलाम फर्छ भने तपाईं सलाम नफेरिकन खडा हुनुस र न पाएको वा छुटेको रकअतलाई त्यसै हिसाबले पूरा गर्नोस्।

· अँ ईमाम अन्तिम तशहहुदमा छ र तपाईसँग प्रशस्त मान्छ छन् भने अलि कुर्नुस र सलाम पछि नयाँ जमातले सलाः पढ्नुस।

· 16) सलाः सम्बन्धी महत्वपूर्ण कुराहरुः

· दिसा पिसाब लागेको छ भने सलाः भन्दा पहिलो दिसा गर्नोस्।

· खाना उपस्थित छ वा धेरै भुक लागेको छ भने पहिलो खाना आरम्भ गर्नोस पछि सुन्दर तरिकाले ह्दयदेखि सलाः पढ्नोस्।

· सुन्नत पढ्दै फर्ज सलाः आरम्भ भयो भने सुन्नत होस् वा जोहरको।

· सलाःका पूर्ण तरिका पुरुष तथा महिला दुबैको लागि बराबर छ पुरुष र महिलाको सलाःको तरिकामा फरक पार्नु जस्तै महिलाले छातीमाथि र पुरुषले नाभिमुनि हात सबै अप्रमाणित कुरा हो।

· प्रत्येक रकअतमा 1) तक्बीरे तहरीमः 2)रुकूअ गर्दा, 3) कौमा र 4)तेस्रो रकअतको सुरुमा रफउल यदैन गर्नु हजुरको सुन्नत हो।

· सलाः छिटो छिटो पढ्नु अथवा रुकूअ सज्दा हतार हतार गर्नु जायज होइन बरु स्थिरता र धैर्यताले पढ्नु पर्छ।

· मुक्तदीले कयाम, रुकूअ, कौमा सज्दामा ईमाम भन्दा पहिलो गर्नु जायज होइन बरु ईमामको अनुकरण गर्नु पर्छ।

· 17) कुन कुराले सलाः भंग हुन्छ?

· जानीबुझी कुरा गर्नाले चाहे थोरै कुरा होस् वा ज्याद।

· किबलादेखि अर्को दिसातर्फ पूर्ण रुपमा घुम्नुले।

· हवा खोस्किनु वा वुजू वा गुसुल अनिवार्य गर्ने कुराले।

· बिना आवश्यकता लगातार धेरै खट पट वा हरकत गर्नुले।

· हाँस्नुले चाहे थोरै किन न होश्।

· सलाःमा जानीवुझी ईमाम भन्दा पहिलो सज्दा, रुकूअ आदि गर्नाले।

· जानीबुझी ईमाम भन्दा पहिलो सज्दा, रुकूअ आदि गर्नाले ।

· यसर्थ सलाः भंग गर्ने समस्त कुराबाट वन्चित बस्नु पर्छ।

· धैर्यतापूर्वक राम्रो तरिकाले सलाः र अन्य ईबादत गर्नु पढ्नु पर्छ।

· 2 रकअत सलाःको तरिका नम्बरवार फोटोबाट प्रस्तुत छः।

फोटोौ

सज्दए सहवः

सलाःमा कमी, बेशी वा शंका परेमा सलाः भन्दा पहिलो वा पछि त्यो कमी पूरा गर्ने नियतले 2 सज्दा गर्नु त्यसलाई नै सज्दए सहव भनिन्छ।

1) सज्दए सहव 3 कारणले अनिवार्य हुन्छः

क- सलाःमा बढी पढेमा जस्तै जोहरमा बिर्सेर 5 रकअत पढ्यो।

ख- सलाःमा कमी गरेमा सज्तै जोहरमा बिर्सेर 3 रकअत पढ्यो। वा पहिलो तशहहुदमा नबसिकन ठाडै उभ्यो।

ग- सलाःमा शंका भएमा 2 पढेको छु वा 3।

· प्रशनः सज्दए सहव सलाम भन्दा पहिलो वा पछि कहिले गर्नु पर्छ?

· उत्तरः 1) सलाः बढी पढेको छ भने सलाम पश्चात सज्दाए सहव गर्नु पर्छ। उदाहरणः जोहरको सलाःमा भुलेर 5 रकअतको लागि उभ्यो सम्झना भयो वा मुक्तदीले सम्झना गरायो त उस्ले सम्झना हुने वित्तिकै फिर्ता भइ तशहहुदमा बस्नु पर्छ 5औं रकअतलाई पूरा गर्नु पर्दैन र सलाम पश्चात 2 सज्दा अथवा सज्दाए सहव गर्नु पर्छ किनभने उस्ले सलाः बढी पढेको छ।

· 2) सलाःमा कमी भएको छ भने सलाम भन्दा पहिलो सज्दए सहव गर्नु पर्छ। उदाहरणः पहिलो तशहहुद बिर्सियो अनि पूरा ठाड हुनु भन्दा पहिले नै सम्झना भयो भने त उस्ले तशहहुदमा फिर्ता भई बस्नु पर्छ र उस्ले सज्दए सहव गर्नु पर्दैन। अँ, पूरा उभे पछि याद आयो भने तशहहुदको निमित्त बस्नु पर्दैन बरु सलाः जारी राखनु पर्छ र सलाम भन्दा पहिले सज्दए सहव गर्नु पर्छ किनकि सलाःमा कमी भऐको छ।

· 3)शंका उत्पन्न भएको छ भने त जुन कुरामाथि मन स्थिर छ त्यसै अनुसार सज्दए सहव गर्नु पर्छ। बढीमा सलाम पछि र कमि भएमा सलाम पूर्व।

· यदि कुनै कुरामाथि मन स्थिर छैन भने कमलाई नै सही मान्नु पर्छ। जस्तै जोहरको सलाः3 पढेको छ वा 4 सत्य थाहा हुँदैन त यस्तो स्थितिमा 3लाई सही मानी 1रकअत पूरा गर्नु पर्छ र सलाम पूर्व सज्दए सहव गर्नु पर्छ किनभने सलाःमा कमी भएको छ।

· जानीबुझी सलाःमा कमी वा बढी गर्नु हराम छ। यस्तो गर्नाले सलाःनै भंग हुनजान्छ।

· रुक्न छुटेको छ भने सज्दए सहव पर्याप्त छ।

· वाजिब छुटेको छ भने सज्दए सहव पर्याप्त छ।

· 2) सज्दए तिलावतः कुर्आनको पाठ गर्दा 15 ठाउँमा सज्दा आउँ छ उक्त ठाउँमा सज्दा गर्नु सुन्नत हो।

· सलाःमा सज्दा आयो भने अल्लाहु अक्बर भनी सज्दा गर्नोस्। सलाःबाहिर तिलावत गर्दा सज्दा पर्यो भने बिना तक्बीर एक सज्दा गर्नु पर्छ। तशहहुद र सलाम फेर्नु पर्दैन। वुजू छ भने राम्रो हो। छैन भने बिना वुजू सज्दए तिलावत जायज छ।

· सज्दए तिलावतको दुआः सजद वजहिय लिल्लजी खलकहु व सव्वर हु व शक्क सम्अहु व बसरहु बेहौलेही व कुव्व तेही फ तबार कल्लाहु अहस नुल खालेकीन।

· 3)सज्दए शुक्रः खुसी भएमा अल्लाहको प्रशंसा व्यक्त गर्ने निमित्त 1 सज्दा गर्नुलाई सज्दए शुक्र भनिन्छ। बिना तक्बीर एक सज्दा गर्नु पर्छ। तशहहुद र सलाम पनि फेर्नु पर्दैन। वुजू छ भने राम्रो छ\ छैन भने बिना वुजू सज्दए शुक्र जायज छ।

· उदाहरणस्वरुपः परीक्षामा पूर्ण मार्क प्राप्त गरेमा, छोरा छोरी जन्मिएमा, शुभसूचना प्राप्त भएमा, दुर्धटनाबाट बचेमा, साथीले इस्लाम ल्याएको शुभ सूचना सुनेमा अल्लाहको प्रशंसा व्यक्त गर्ने निमित्त सज्दए शुक्र बैध गिएकको छ।

नफ्ली सलाःहरु

फर्ज सलाः पछि अब केही अहम अहम सुन्नतहरु प्रस्तुत गर्दछु।

1) सोनन रातिबः

· दिन रातमा 12 रकअत (सोनन् रातिबः) सुन्नत पढ्नु पर्छः

· फज्र भन्दा पहिलो 2 रकअत।

· जोहर भन्दा पहिलो 2+2=4 राकत र पछि +2 रकअत पढ्नुस्।

· मग्रिब पछि 2 रकअत।

· ईशा पश्चात 2 रकअत।

· असरमा त सुन्नते मोवक्कदा छैन तर सलाः पूर्व 2+2 =4 राकत सुन्नतको हदीसमा नकै महत्व दर्शाइएको छ।

· जुमाको सलाः पूर्व सोनन रातिबः त छैन मर्जी अनुसार पढ्नु पर्छ तर कम्तीमा 2 रकअत न पढुन्जेल बस्नु मिल्दैन अनि फर्ज पछि मस्जिदमा 2+2=4 रकअत र घरमा 2 पनि पर्याप्त छ।

· यी सुन्नतहरु दर्जामा फर्ज भन्दा कम छन् तैपनि हजुर तिनलाई नियमित रुपले सघैं पढ्नु हुन्थे।

· कहिले छुट्यो भने केही आपत्ति छैन तर सदैव नपढनु पाप छ।

· फर्ज सलाः आरम्भ भएमा उक्त सुन्नतहरुलाई छाडी फर्जमा सामेल हुनु पर्छ चाहे फज्रको सुन्नत होस् वा अन्य सुन्नत।

· फर्ज जस्तै नफ्ल पनि उभेर पढ्नु पर्छ। बिना कारण बसेर पढ्नुमा मात्र आधा सवाब प्राप्त हुन्छ। अँ, फर्ज सलाः बिना कारण बसेर पढ्नुमा सलाः हुँदैन किनभने कयाम सलाः को रुक्न हो र बिना कारण जानी बुझी रुक्न छोडनुले सलाः भंग हुन्छ।

· हरेक अजान र ईकामतको बीचमा 2 रकअत पढ्नु सुन्नत हो।

· छुटेको सुन्नतलाई कजा गर्नु जायज छ।

· उक्त सुन्नतहरु घरमा पढ्नु उत्तम छ तर फर्ज अनिवार्य रुपमा मस्जिदमै जमातसँग पढ्नु पर्छ।

· 2) तहिय्यतुल-मस्जिदः मस्जिदमा आउँदा 2 रकअत सुन्नत न पढुन्जेल बस्नु मिल्दैन यसर्थ मस्जिदमा छिर्दा 2 रकअत पढ्नै पर्छ। 3 निषेध समय बाहेक दिनरातको जुन सुकै समय होस् 2 रकअत पढ्नै पर्छ। यसै सुन्नतलाई तहिय्यतुल मस्जिद भनिन्छ।

· 3) तहिय्यतुल-वुजूः वुजू पछि 2 रकअत पढ्नु सुन्नत हो चाहे दिन र रातको जुन सुकै समय किन न होस्।

· 4) तहज्जुद वा तरावीहः तहज्जुद, कयामूललैल वा तरावीह चाहिं रात्रीको सलाः हो। र एउटै सलाःको विभिन्न नाम हो।

· रातमा ईशा पछि 2,2 गरी 8 रकअत तहज्जुद पढ्नु सुन्नत हो।

· वित्र लगायत 11 वा रकअत भन्दा बढी नपढनु नै श्रेष्ट छ।13

· रसूल सल्लल्लाहु अलैहि वसल्लम रात्रीमा वित्र लगायत सघैं 11 रकअत सलाः पढ्नु हु्न्थे।

· फज्रको अजान भन्दा केही छिन पहिलोसम्म तहज्जुदको समय छ।

· तहज्जुद पढ्ने नियत छ भने ईशाको सुन्नत पछि वित्र न पढीकन सुत्नुस र मात्र तहज्जुद पछि वित्र पढ्नुस किनभने एक रातमा 2 वित्र जायज छैन। यदि आँखा खुलेन तापनि पुण्य प्राप्त हुनेछ।

· 5) सलातुल-वित्रः सब भन्दा लास्टमा वित्रको सलाःपढ्नु पर्छ। ईशा पछि तहज्जुद पढ्ने नियत छैन भने त सुतनु भन्दा पहिले नै वित्र पढ्नु पर्छ / छ भने अन्तिममा वित्र पढ्नु पर्छ।

· वित्र कम्तीमा 1 र बढीमा 11 रकअतसम्म प्रमाणित छ। आज प्रशस्त मान्छेहरु 3 / र 1 रकअतमाथि नै अमल गर्छन् । यसर्थ 3 र 1 रकअत वित्रको तरिका प्रस्तुत गर्दछू।

· वित्र 3 रकअत पढ्नु छ भने 2 तरिका होः

· पहिलो तरिका 2 सलामले अथवा आम सुन्नत सरह 2 रकअत पढ्नुस तशहहुद र दुआ पछि सलाम फर्नुहोस् र पूनः 1 रकअत सलाः पढ्नुस रकूअ पूर्व वा पश्चात वित्रको दुआ पढ्नुस।

· दोस्रो तरिका एउटै सलामले अथवा 2 रकअत पछि तशहहुदमा मग्रिब जस्तै नबसीकन लेस्रो रकअतको लागि ठाडै उभनुस र रुकुअ पूर्व वा पछि वित्रको दुआ पढ्नुस्।

· वित्रको दुआः 1-अल्लाहुम्मह्देनी फीमन हदैत व आफेनी फीमन आफैत व त वल्लनी फीमन तवल्लैत व बारिकली फीमा आतैत वे केनी शर्र माकजैत फइन्नक तक्जी वला युकजा अलैक इन्नह लायजुल्लो मन वालैत वला ययिज्जो मन् आदैत तबार्कत रब्बना व तआलैत।

· 2- अल्लाहुम्म इन्नी अऊजो बेरेजाक मिन् सख तेक वबे मोआफा तेक मिन् उकूब तेक व अऊजोबेक मिन्क ला ओह्सी सनाअन् अलैक अन्त कमा अस्नैत अना नफसिक।

· वित्र को पहिलो रकअतमा सब्बेहिस्मे रब्बेकलआला, दोस्रोमा काफेरुन र तेस्रोमा इखलास (कुल होवल्लाहो अहद) पढ्नु सुन्नत हो।

· वित्रमा सलाम पश्चात सुबहानलमलेकिल् कुद्दुस 3 चोटि र अन्तिम पल्ट अलि ठूलो स्वरले (रब्बिल मलाएकते वरुर्ह) भन्नु पर्छ।

· आम नफ्ल, तहज्जुद र वित्र घरमा पढ्नु नै श्रेष्ठ र अफजल हो।

· तरावीह रमजानमा मस्जिदमा जमातसँग पढ्नु श्रेष्ट हो।

· यात्रामा पनि फज्र र वित्र सुन्नतलाई पढ्नु पर्छ।

· 6 सलातुज्जोहाः सलातुलज्जोहा पनि महत्वपूर्ण सुन्नत हो। यसैलाई इशराक, चाश्त तथा सलातुल – अव्वाबीन पनि भनिन्छ।

· कम्तीमा 2 रकअत र बढीमा 8 रकअत पढ्नु प्रमाणित छ।

· सूर्योदयको 20 मिनेट पछिदेखि आरम्भ हुन्छ र जोहर भन्दा अलि पूर्वसम्म बाकी रहन्छ।

· 7) सलातुल-इस्तिखारः जब मान्छे कुनै कार्य गर्न चाहन्छ तर उ परबन्दमा पर्छ कि गरुं वा नगरुं दोधारीमा पर्न जान्छ यस्तो स्थितिमा सलातुल-इसतेखारः पढ्नु वैध गरिएको छः

· यसको तरिका के छ भने धैर्यता पूर्वक निकै सुन्दर तरिकाले भित्र रदयबाट आम सलाः सरह 2 रकअत सुन्नत पढ् पर्छ।

· सलाःपछि इसतेखारः को दुआः(अल्लाहुम्म इन्नी अस्तखीरो क बे इलमेक व असतकदेरोक बेकुदरतेक व अस् अलोक मिन फजले कल अजीम फइन्नक तकदिर वला अकदिर व तालम अन्न हाजल् अम्र (यहाँ कामको नाउँ लिनुस्) खैरुन् ली फी दीनी व मआशी व आकेबते अमरी फकदूरहो ली व यस्सिरहो ली सुम्म बा रिकली फीह व इन कुन्त तालम अन्न हाजल अमर (यहाँ कामको नाउँ लिनुस्) शर्रुन ली फी दीनी व मआशी व आकेबते अमरी फसरिफ्हो अन्नी वसरिफ्नि अन्हो वकदूर लियल खैर हैसो कान सुम्म रज्जेनी बेहि) पढ्नु पर्छ।

· सलाःपछि अल्लाह आफ्नो कृपाले उस्को ह्दयमा लाभदायक कार्य हालिदिने छ वा बुराइबाट जोगाई दिनेछ।

· एक चोटिमा भएन भने पूनः पढ्न सकिन्छ।

· 5 निषेध समयहरुः

· 1- ठ्याक्कै सूर्योदय हुने बेला।

· 2-ठ्याक्कै सूर्यास्त हुने बेला।

· 3-ठ्याक्कै सूर्य टाउकोमाथि हुने बेला।

· 4-अस्र पछि सूर्योदय नहुन्जेल।

· 5-फज्र पछि सूर्योदय नहुन्जेल।

· उक्त 5 समयमा आम सलाः र नफ्ल आदि पढ्नु निषेध गरिएको छ तर छुटेको फज्र र अस्र , कारणको सलाः वुजू र मस्जिदको सलामको सलाः पढ्नु जायज छ।

· हरम अथवा मक्कामा सबै समयमा सलाः र तवाफ गर्नु हजुरबाट प्रमाणित छ त्यहाँ निषेध समयको हुकुम लागु हुने छैन।

जुमाको सलाः

· अल्लाहले जुमुअः शुक्रवारलाई साप्ताहिक पर्व धोषित गरेको छ।

· जुमाका सुन्नतहरुः स्नान गर्नु, शरीरका कपाल, नङ्ग सफा गर्नु, नयाँ लुगा लगाउनु, सेन्ट मल्नु, मस्जिदमा पहिलो जानु, सूर कहफको पाठ गर्नु, हजुरमाथि बढी सलाम पठाउनु सुन्नत हो।

· जुमाको सलाः प्रत्येक मुस्लिममाथि अनिवार्य छ।

· मात्र यात्री , महिला , नाबालिग र गुलाम (दास) माथि अनिवार्य छैन। तर उनीहरुले जुमा पढ्यो भने जोहर बढ्नु पर्दैन।

· जुमाको फर्ज सलाः 2 रकअत हो। पहिलो रकअतमा फातिहा पछि सब्ब हिस्से रब्बेकल् आला र दोस्रोमा गाशिया पढ्नु सुन्नत हो।

· सलाः भन्दा पूर्व निर्धारित सुन्नत तोकिएको छैन आफ्नो सरलता अनुसार 2,4,6,8 वा बढी पढ्नुस तर कम्तीमा 2 पढ्नु पर्छ।

· सलाः पश्चात मस्जिदमै 4 वा घरमा 2 रकअत सुन्नत पढ्नु पर्छ।

· सलाः पूर्व अरबी भाषामा खुतबा दिनु सुन्नत छ वा आम जन्ताले बुझेको स्थानीय भाषामा 2 खुतबा दिनु जायज छ।

· ईमामले मिम्बरमाथि बस्यो भने अजान दिनु पर्छ। अजान पछि निकै ध्यानले ईमामको खुत्बा सुन्नु पर्छ। कुराकानी गर्नु र 2 तहिय्यतुल – मस्जिद भन्दा बढी पढ्नु मिल्दैन बरु खुत्बा सुन्नु पर्छ।

· सफमा (पंकितमा) बसेको मान्छेलाई कुदी नाघि अगाडि जानु मनाहि छ।

· 1 रकअत सलाः छुटेमा मात्र 1 रकअत नै पूरा गर्नु पर्छ।

· पूरै जुमा छुट्यो वा मात्र तशहहुद मिल्यो भने जोहरको 4 रकअत सलाः पढ्नु पर्छ।

· जुमाको दिन वार्षिक पर्व प्यो भने ईमाम र जनता सबैलाई जुमा र जोहरको सलाःमा एख्तियार छ। यदि कुनै अर्को ईमाम छैन भने त ईमामले जोहर पढ्नु मिल्दैन बरु उस्ले जुमा नै पढाउनु पर्छ।

· जुमाको दिनमा सौम र रातमा विशेष इबादत प्रमाणित छैन।

रोगीको सलाः

· प्रिय पाठक! सलाः चाहिं रोगी नरोगी, यात्रु गैरयात्रु हरेकमाथि अनिवार्य छ। अँ रोगीलाई तहारत तथा सलाःको तरिकामा केही विशेष सरलता र छुट दिएको छ जो तल प्रस्तुत छः

· तहारत (चोखो हुनु)

· रोगीले पनि पानीले बुजू गुसुल र फोहरलाई दूर गर्नु पर्छ।

· पानी हानिकारक भएमा तयम्मुमले सलाः पढ्नु जायज छ।

· आफै वुजू गर्न न सकेमा अर्को मान्छेले वुजू गरायो भने पुग्छ।

· वुजूको अंगमा घाव, खटिरा पट्टी आदि छ भने त्यसलाई धुनु वा खोल्नु पर्दैन मात्र हातले मसह गर्नु पर्याप्त छ।

सलाःको तरिकाः

· रोगीले पनि उभेर सलाः पढ्नु पर्छ।उभने तागत छैन भने लौरो, कर्सीको सहाराले टेक लगाई सलाः पढ्न सक्छ।

· सज्दामा रुकूअ भन्दा अलि बढी टाउको झुकाउनु पर्छ।

· यो पनि असंभव छ भने बसेर सलाः पढ्नु जायज छ।

· बसेर पनि पढ्न सक्दैन त किबलातर्फ खुट्टा गरी सुतेर पढ्नु पर्छ।

· यो पनि असंभव छ भने मात्र टाउको , आँखा वा दिलको ईशाराले सरलता अनुसार सलाः पढ्नु पर्छ तर सलाः छाड्नु जायज छैन।

· रोगीको वुजू वा तयम्मुम भंग भएको छैन भने त एकै वुजूले 1 भन्दा बढी सलाः पढ्नु जायज छ।

· रोगी हरेक सलाः समयमा पढ्न सक्दैन भने उस्को लागि जम्मा अथवा (2 सलाःलाई एकै समयमा पढ्नु)। र कस्र (4 रकअतको सलाःलाई मात्र 2 रक्अत पढ्नु) दुवै कुरा जायज छ।

· रोगी विदेशमा उपचारार्थ छ भने उस्को लागि कस्र जायज छ चाहे जति दिन बसोस्।

· सलाःल रोगीलाई धैर्य प्राप्त हुन्छ र चाडै निको हुने संभावना छ।

यात्रुको सलाः

· यात्रामा पनि सलाः पढ्नु पर्छ तर इस्लामले यात्रीलाई पनि रोगी र यौद्ध जस्तै सरलता दिंदै कस्र र जम्माको छुट दिएको छ।

· कस्रः कस्र (कमी) भनेको 4 रकअत सलाः (जोहर, अस्र र ईशा) लाई मात्र 2 रकअत पढ्नु हो। मग्रिब र फज्रमा कस्र हुँदैन।

· यात्रामा सलाः कस्र गरी पढ्नु नै उत्तम हो।

· कस्रको मसाफतः 9 माइल वा 80 कि मि. दूरी यात्रा गर्छ वा यति दूरको यात्र गर्छ जसलाई उर्फमा यात्रा (सफर) भनिन्छ भने यात्रीले सलाः कस्र गर्नु वैध र जायज छ।

· 3 दिने यात्राको नियत छ भने सलाः कस्र गर्नु जायज छ।

· 3 दिन भन्दा बढी यात्राको नियत छ भने 3 दिन सम्म सलाः कस्र गर्नुस र चौथो दिनले पूरै पढ्नु पर्छ।

· तर कति दिनसम्म बास बस्न पर्छ 1 दिन वा 2 दिन थाहा नभएमा कस्र गर्नुस चाहे 1 महिना बसोस् वा बढी।

· यात्री यदि स्थानीय ईमामको पछाडि सलाः पढ्छ भने उस्ले पनि पूरै सलाः पढ्नु पर्छ किनभने ईमामको अनुकरण अनिवार्य छ।

· यसको विपरीत स्थानीय मान्छेले यात्रुको पछाडि सलाः पढ्छ भने ईमामले त कस्र गर्छ र सलाम पशचात स्थानीय मान्छेले न पढेका 2 रकअत पूरा गर्नु पर्छ।

· सफरमा जमात (2 वा 2 भन्दा अधिक मान्छे) छ भने अजान र ईकामत दिनु पर्छ।

· सफरमा फज्र र वित्र बाहेक सोनन् रातिबः पढ्नु पर्दैन।

· अँ, तहिय्यतुल मस्जिद, नफ्ल र तहज्जुद आदि पढ्नु जायज छ।

· यो नै हजुरको तरिका हो। उहाँको अनुसरण नै समस्त प्रकारका सफलताको साँचो रहेछ र वहाँको विरोधमा पथ भ्रस्टता।

· जम्माः भनेको 2 सलाः (जोहर र अस्र वा मग्रिब र ईशा) लाई एकै समयमा पढ्नु हो।

· कुन अवस्थामा जम्मा गर्ने? यात्र, अविरल वर्षा, सख्त चिसो, वा आँधी ,शत्रुको भय र सख्त रोगको कारणले 2 सलाः जोहर र अस्र वा मग्रिब र ईशाबिच जम्मा गर्नु जायज छ।

· जम्मा गर्दा एक अजान र 2 ईकामत भन्नु पर्छ।

· जम्माका 2 तरिका छन्।

· 1- जम्मा तकदीमः जोहरकै समयमा अस्र र मग्रिबकै समयमा ईशालाई 1 अजान र 2ईकामतले पढ्नुलाई जम्मात तकदीम भनिन्छ।

· 2-जम्मा ताखीर पहिलेको विपरीत जोहरलाई अस्रको समयमा र मग्रिबलाई ईशाको समयमा पहिलो मग्रिब अनि ईशा एकै अजान र 2 ईकामतले पढ्नुलाई जम्मा ताखीर भनिन्छ।

· वर्षामा जम्मको उदाहरणः अविरल वर्षामा जहाँ मस्जिदसम्म आउनु निकै गार्हो हुन्छ यस्तो स्थितिमा पहिलो जोहर 4 पढी र सलाम पछि पूनः ईकामत भनी अस्र वा पहिलो मग्रिब र ईकामत भनि ईशा पढ्नु जायज छ।

· सलातुल-खौफको तरिकाः रण-क्षेत्रमा ईमामले 2 जमात बनाउँछ 1 जमातले सूरक्षा गर्छ अनि अर्कोले ईमामसँग 1 रकअत सलाः पढ्छन् 1 रक्अत पछि यो जमात चाहिं आफै दोस्रो रकअत पूरा गरी सलाम फेर्छ र सूरक्षाको लागि माथि जान्छ त्यतिन्जेल ईमाम उभेर अर्को जमातको प्रतीक्षा गर्छ। न पढेको दोस्रो जमात चाहिं ईमामसँग 1 रकअत पढ्छ अनि दोस्रो रक्अत आफै पूरा गर्नु पर्छ त्यतिन्जेन ईमाम तशहहुदमा बसी प्रखी रहन्छ अनि तिनीहरुको जब दोस्रो रकअत पूरा हुन्छ भने एमासँग सलाम फेर्छ।

ईद र पर्वको सलाः

· अल्लाह तआलाले मुस्लिमहरुका लागि वार्षिक 2 ईदः ईदुल-फित्र र ईदुल-अज्हा (रमजान र कुर्बानी पर्व) तोक्न भएको छ।

· ईदको बिहान स्नान गर्नु, नयाँ लुगा पहिरनु, ईदुल-फित्रमा सलाः पूर्व बेजोड खजुर खानु, पैदल जानु पुरुष, महिला सबै बाहिर ईद स्थलमा सलाः पढ्नु अर्को बाटोबाट फिर्ता हुनु, पुरुषले ठूलो स्वरमा तक्बीर (अल्लाहो अक्बर , अल्लहो अक्बर लाईलाह ईल्लल् ला , वल्लाहु अक्बर , अल्लाहु अक्बर व लिल्लाहिल् हमद्) भन्नु, ऋतुमतिले पनि ईदगाह जानु तर सलाः न पढी मात्र दुआमा सामेल हुनु, एक अर्कालाई ईदको बधाई (तकब्बलल्लाहो मिन्न व मिन्क) भन्नु अर्थात अल्लाह मेरो र तपाईको सत्कर्मलाई स्वीकार गरोस्, सलाः पछि एक अर्कालाई बोलाई खाना खुवाउनु मुस्तहब (श्रेष्ठ ) हो।

सलाःको विधिः

1.सूर्योदयको आधा घन्टा पछि ईदको सलाःको समय आरम्भ हुन्छ र जोहर भन्दा आधा घन्टा पहिले सम्म बाँकी रहन्छ।

2.ईदको सलाः मात्र 2 रकअत हो। अजान र ईकामत दिनु पर्दैन।

3.पहिलो रकअतमा तक्बीरे तहरीमःको अतिरिक्त 6 तक्बीर

4.तथा दोस्रोमा 5 तक्बीर बढी भन्नु पर्छ।

5.अलहम्दो पश्चात पहिलो रकअतमा सब्बेहिस्मे रब्बेकल आला।

6.तथा दोस्रो रकअतमा सूरःगाशिया पढ्नु सुन्नत हो।

7.सलाःपछि बिना मिम्बर प्रवचन दिनु तथा सुन्नु सुन्नत हो।

8.सलाःभन्दा पहिलो वा पछि सुन्नत वा नफ्ल प्रमाणित छैन।

9.ईदुल-अजहामा सामर्थ्य मान्छेमाथि सलाःपश्चात दाँतको बाख्रा काट्नु, वा गाई, ऊँटमा 7 जना सामेल भई कुर्बानी गर्नु पर्छ।

10.सलाःपूर्वको कुर्बानी अस्वीकृत छ। पूनः सलाःपछि गर्नु पर्छ।

इसतिस्काको सलाः

· सुख्खा परेमा अथवा वर्षा नभएमा वर्षा तलब गरिने सलाःलाई सलातुल-इस्तिस्का वा इस्तिस्काको सलाः भनिन्छ।

· रसूल सल्लल्लाहु अलैहि व सल्लम सुख्खा परेमा वर्षाको लागि बाहिर मैदानमा गई सलातुल-इस्तिस्का पढ्नु हुन्थे र अल्लाह तआला समक्ष नम्रता पूर्वक उस्को महान्ताको वर्णन गर्दै वर्षाको बिन्ती र दुआ गर्नु हुन्थे। उहाँका सदाचार अनुयायीहरुले पनि आजसम्म उस्तै गर्दै आएका छन्।

· तरिकाः पर्व जस्तै 2 रकअत सलाः बिना अजान र ईकामतको बाहिर मैदानमा गई पढ्नु पर्छ।

· सलाः पछि ईमामले मिम्बरमाथि उभेर खुतबा दिन्छ अनि अल्लाह तआलाको बढी रुपमा स्तुती र गुणगानको व्याख्या गर्छ।

· फेरि दुवै हातलाई उल्टो अथवा छाला माथि र हतकेला तल गरी काँधासम्म उठाई वर्षाको निमित्त एकदम नम्रताले रुई दुआ गर्छ ईमामले किब्लातर्फ मुख र मान्छेतर्फ पिठ्यु गरी रुएर वर्षाको दुआः (अल्लाहुम्म अस्केना, अल्लाहुम्म अस्केना,अल्लाहुम्म अस्केना, अल्लाहुम अस्केना गैसन, मोगीसन, मरीयन, मरीअन, ना फे अन गैर जार्रिन, आजेलन गैर आजिल) पढ्नु पर्छ।

· फेरिच्यादर उलट्नु पर्छ अथवा तलको बाहिर र दाँया काँधामाथि राखेको च्यादर बाँया काँधामाथि र बाँया काँधामाथि राखेको च्यादर दायाँ काँधामाथि राखनु पर्छ।

· ईमाम सज्तै मुक्तदीले पनि दुआ तथा च्यादर उलट्नु पर्छ।

· अल्लाह अआला भने सलाः पछि अवश्य वर्षा हुने छ।

ग्रहणको सलाः

· कहिले काहिं सूर्य वा चन्द्रमामा ग्रहण लाग्छ अथवा प्रकाश पूर्ण रुपमा वा केही अंशमा खत्तम हुन थाल्छ यस्तो अवस्थामा सलातुल-कुसूफ (ग्रहणको सलाः) पढ्नु बैध गरिएको छ।

· सूर्य वा चन्द्रमा ग्रहण लाग्नु अल्लाहको निशानी तथा संकेतमध्ये एउटा संकेत हो।

· कसैको मृत्यु वा जीवनसँग यसको केही सम्बन्ध छैन।

· यसदुरा अल्लाह तआला आफ्नो सेवक , भक्त तथा बन्दालाई अवज्ञा तथा कुकर्मबाट डराउनु हुन्छ।

सलाःको तरिकाः

1.सलाःभन्दा पहिलो मान्छेलाई मस्जिदमा जम्मा गर्नु पर्छ।

2.अति लामो 2 रकअत सलाः पढ्नु पर्छ।

3.प्रत्येक रकअतमा 2 कयाम, 2 रुकूअ र 2 ,सज्दा गर्नु पर्छ।

4.अथवा फातिहा पश्चात ईमाम ठूलो स्वरमा कुनै लामो सूरहको पाठ (कयाम) गर्छ फेरि अति लामो रुकूअ गर्छ फेरि कौम (समेअल्लाहो लेमन ह मे दह, रब्बना व लकलहम्द) भन्छ। (रुकूअ र कौम पछि सज्दा न गरीकन पूनः कयाम गर्नु पर्छ।)

5.फेरि फातिहा र पहिलो भन्दा अलि कम लामो कयाम र रुकूअ गर्नु पर्छ र रुकूअ पश्चात 2 सज्दा गर्नु पर्छ। यो एक रकअत भयो यस्तै दोस्रो रकअतको कयाम, रुकूअ, कौमा फेरि कयाम, रकूअ, सज्दा पहिले भन्दा अलि कम लामो हुने छ।

6.सलाःपछि ईमामले जनतआलाई उपदेश दिनु सत्कर्मतर्फ निम्तो दिनु र कुकर्मबाट वन्चित रहनु सम्बन्धी खुतबा दिनु सुन्न्त छ। यो मुर्दा सुन्न्तलाई जिन्दा गर्नु हाम्रो दायित्व हो।

जनाजाको सलाः

· एक मस्लिमका अर्को मुस्लिममाथि जुन हक र अधिकार इस्लामले तोकेको छ। तीमध्ये रोगीलाई हेरचाह गर्नु, मुर्दाको अन्तिम संसकार, कफन दफन गर्नु र सलाः पढ्नु हो जस्लाई सलातुल जनाजा भनिन्छ जो प्रस्तुत छः

· रोगीलाई हस्पताल वा घरमा भेंट गर्ने जाँदा हौसला दिनु पर्छ।

· 1) अस्ल लुल्ला हल-अजीम, रब्बल-अर्शल-अजीम यैयश्फी क , वा

· 2)ला बा स तहूर इन्शा अल्लाह। वा तलको दुआ पढ्नु पर्छ।

· 3) शफाकल्लाह (अल्लाह तपाईलाई चाडै निको पारोस)

जनाजाको तरिकाः

· जनाजाको सलाःमा 4 तकबीर (अल्लाहो अकबर) भन्नु पर्छ।

· पहिलो तक्बीरमा अउजो बिल्ला, बिस्मिल्लाह सूरह फातेहा।

· दोस्रो तक्बीरमा दरुदः अल्लाहुम्म सल्ले अला मुहम्मद...।

· तेस्रो तक्बीरमा मुर्दाको लागि दुआः 1) अल्लाह हुम्मग्रिफर्ले हैय्येना व मैय्येतेना व शाहेदेना व गाएबेना व सगीरेना व कबीरेना व ज करेना व उनसाना , अल्लाहुम्म मन अह्यैय तहू मिन्ना फअह्येही अलल्इस्लाम व मन तवफ्पैतहू मिन्ना फतव फ्फ हु अलल्ईमान अल्लाहुम्म ला तहरिमान अजर हु वला तुजिल्लना बादहु।

· 2) अल्लाहुममग्फिर्लहु वर्हम्हु मिन्ना व आफेही वाफु अन्हु व अकिम नुजु लहु व वस्सि मुदखलहु वग्सिलहु बिलमाए वस्सलजे बलबर्दे व नक्के ही मिनल खताया कमा योनक्कस्सौबुल अबयजो मिन्नद दनसे वब्दिल हु दारन खैरन मिन दारेही व अदखिलहुल जन्नतः व अईजहु मिन अजाबिल कब्रे व मिन अजाबिन्नार) पढ्नु पर्छ।

· चौथो तक्बीर पछि सलाम फेर्नु पर्छ।

· सलाः पूरा भयो अब मुर्दालाई कबरमा दफन गर्नोस्।

तौहीद र शिर्क

· तौहीदः भनेको अल्लाहको उपासना, उसको उलुहियत, रुबुबीयत र अस्मा व सिफातमा अरुलाई साझी न ठान्नु हो।

· मान्छेले मात्र एउटै अल्लाहलाई पूजा गर्नु पर्छ। बिरामी भएमा निको पार्ने शक्ति , सन्तान दिने योग्यता. मार्ने जिलाउने चमत्कार सबै मात्र अल्लाह तआलाको लागि नै खास गर्नु पर्छ।

· अल्लाह बाहेक आज जति भगवान, मूर्ति , देवी देवता, राम सीता, जीसेस आदि छन् भने सबैलाई मिथ्या र असत्य पूज्य मान्नु पर्छ।

· अतःइबादतका सम्पूर्ण किमिमहरु मात्र अल्लाह तआलाका लागि नै खास गर्नु पर्छ।

· शिर्कः तौहीद (एकेश्वरवाद) को विपरीत शिर्क (बहुदैववाद) हो। अथवा 1 भन्दा बढी भगवानलाई जूजा उपासना गर्नु नै शिर्क हो।

· शिर्क संसारका सबै भन्दा ठूलो तथा घृणित पाप हो।

· अल्लाह चोही, डाका, बलात्कारलाई क्षमा प्रदान गर्न सक्छ। तर शिर्कलाई कदापि माफ गर्नु हुन्न। शिर्क 2 प्रकारका छन्।

· 1-ठूलो शिर्कः गैरुल्ला (अल्लाहबाहेक) लाई दुःख कष्टमा गुहार्नु देवी देवता, चिहानको नाममा भाकल, नजराना र बाख्रा काट्नु, कबरको तवाफ गर्नु, इस्लाम अनुसार फैसला न गर्नु आदि ठूलो शिर्क हो यो गर्नाले मान्छे इस्लामबाट खारिज भइहाल्छ।

· 2) सानो शिर्कः (रिया) अर्कोलाई देखाउने वा प्रसन्न गर्ने नियतले कुनै प्रकारको ईबादत जस्तै सलाः आदि पढ्नु , अल्लाह बाहेक अरुको नाममा कसम खानु जस्तै माँ वा दुर्गा महारानीको कसम, तपाई नै मेरो देवता, वा तपाई र अल्लाह जे चाहोस् जस्तो शब्द भन्नु सबै सानो शिर्क हो जो ठूलो शिर्कसम्म पुर्याउने साधन र ठूलो पाप हो। यसबाट पनि दूर रहनु एक्दम अनिवार्य छ।

· अँ ( अल्लाह जे चाहोस् फेरि तपाई) जस्तो शब्द भन्न सकिन्छ।

इबादत र बिदअत

1.इस्लामले इबादत तथा उपासनाको लागि एउटा नियम बनाएको छ। नियम भित्र रही इबादत गरियो भने त्यो स्वीकृत हुन्छ नत्र अस्वकृत अथवा बिदअतको सूचिमा पर्न जान्छ।

2. 3 शर्त वा नियम नहुन्जेल इबादत स्वीकार हुँदैनः

1-मुस्लिम हुनुः अथवा कुनै गैरमुस्लिम , हिन्दू, यहूदी, क्रिस्तान आदिको इबादत र पूजा उपासना स्वीकार हुँदैन।

2-इखलासः इबादत र पूजा उपासनालाई मात्र अल्लाहको लागि खास गर्नु। त्यो इबादतमा अल्लाह बाहेक कुनै अरु देवी देवता, दूतलाई साझीदार न ठान्नु नत्र त्यो इबादत नै शिर्क भइहाल्छ जो सब भन्दा ठूलो पाप हो।

3-अनुकरणः अथवा हजुरको पूर्ण अनुसरण गर्नु। उहाँले इबादतका जुन तरिका र नियम तोक्नु भएको छ त्यसै अनुसार गर्नु पर्छ त्यो परिधिदेखि बढी आफ्नो मनले गर्नु नै बिदअत हो।

4-बिदअतःअरबीमा इबादतलाई तौकिफी भनिन्छ। अथवा त्यसका सबै तरिका र नियमहरु कुर्आन तथा हदीसले नै प्रमाणित छन् अब त्यसमा आफ्नो मनले नयाँ इबादत आविषकार गर्नु वा इबादतका नयाँ तरिकाहरु निर्माण गर्नु जो कुर्आन र हदीसले प्रमाणित छैन त्यो नै बिदअत र कुल्लम खुल्ला पथभ्रषटता हो।

5-उदाहरणः 1 –फज्रको सलाः हजुरले 2 रकअत पढ्नुभयो यदि कोही सवाबको नियतले 3 वा बढी रकअत पढ्छ वा सज्दा र रुकूअ आदी बढी गर्छ भने त्यो नै बिदअत र पथभ्रष्टता हो।

2-रसूल सल्लल्लाहो अलैहि व सल्लमको जन्म दिन मनाउनु।

3-सलाःमा मुखले नियत गर्नु जो आज केही मान्छेहरु गर्छन्।

उक्त कार्य वा उस्तै कार्य गर्नु बिदअत हो जो पूरै पथभ्रष्टता नरक मा जाने कारण हो। जसबाट बचनु अनिवार्य हो।

इस्लामबाट खारिज गर्ने कुराहरु (नवाकिजे इस्लाम)

प्रिय भाई! यहाँ कही यस्ता पनि कार्यहरु छन् जो मुस्लिमलाई पनि इस्लामबाट खारिज गरि दिन्छन् जो फाइदाको लागि तल प्रस्तुत छन्। यसर्थ इस्लामलाई जोगाउने हेतु त्यस्ता सबै काम र कुराबाट बच्नु पर्छ।

1.शिर्क गर्नु।

2.अल्लाह र आफ्नो बीचमा नबी, दैवी देवतालाई साधन ठान्नु।

3.गैरमुस्लिम वा मुश्रिक काफिर न ठान्नु।

4.इस्लाम बाहेक अरु धर्म वा कानुनलाई नै परिपूर्ण ठान्नु।

5.इस्लामी कानुन सबै युगको लागि अयोग्य छ भन्नु।

6.इस्लामी कानूनले नै मुस्लिम आज दुनियाँमा सबै भन्दा पछि हो।

7.इस्लामी नियम, तरिका सलाः दाह्री , स्वर्ग आदिसँग ठट्टा गर्नु।

8.इस्लामको विधि विधान तथा कानूनलाई घृणा गर्नु।

9.चोरलाई हात काट्नु, व्यविचारीलाई कोडाले पिट्नु वा ढुंगाले (रजम) कत्त गर्नु, जडयाहालाई कोडाले पिट्नु , हत्यारालाई हत्या गर्नु सबै इस्लामिक सजाय अत्याचार हो आदि भन्नु।

10.जादु सिक्नु, सिकाउनु वा जादुले पति पतनीमा शत्रुता पैदा गर्नु।

11. मुस्लिमको विरोधमा गैरमुस्लिको सहायता गर्नु।

12.इस्लामबाहेक अरु धर्मलाई आत्मसात गर्नु।

13.इस्लामबाट विमुखता गर्नु वा इस्लामी तालिमलाइ न सिक्नु।

-उक्त कुराले मान्छे इस्लामबाट मुर्तद (फर्ता) भइहाल्छ।

-मुर्तदको सजाय पहिलो उसलाई तौबा वा प्रायश्चिच गराउनु पर्छ फेरि इस्लाममा आयो भने त धार्मिक भाई नत्र हत्या गर्नु हो।

-अल्लाह तआला हामी सबैलाई यस्ता कार्यहरुबाट जोगाओस् अनि हाम्रो इस्लामलाई सुदृढ पारोस् भन्ने प्रार्थना छ।

हराम कुराहरु

· पाठक वृन्द! अल्लाहले स्वस्थ मूलुक र भद्र समाजको निर्माणको लागि हानिकारक तथा विकृत र हराम कुरालाई अवैध गरेका छ र यसको सेवनलाई ठूलो पाप तोकेको छ । जो तल प्रस्तुत छः

· आमा बुवा ,पारिवारिक सदस्य, छिमेकी र आफन्तलाई दुःख दिनु।

· निर्दोषमाथि दोष लगाउनु, उस्को विरुप षडयन्त्र रचनु।

· अत्याचारीलाई सयहोग पुर्याउनु, झुटो साक्षी दिनु वा झुटो कुरा बोल्नु, साँचो कुरा लुकाउनु, धोका दिनु, अर्काको रहस्यलाई भन्डा फोड गर्नु, डाह,ईर्ष्या गर्नु चु्क्ली वा झगडा लगाउनु।

· वाचा पूरा न गर्नु, नासो र सापटलाई सूरक्षा न गर्नु, ऋणलाई चुक्ती न गर्नु, हराम तरीकाले माल प्राप्त गर्नु।

· मृत वा अल्लाहबाहेक दुर्गा आदिको नाममा काटेको जनावरहरु खानु, जम्मा गरिएका रक्त सेवन गर्नु।

· अवैध , नशालु पदार्थ, जाड. मदिरा र लागु पदार्थहरु सेवन गर्नु।

· अवैध जनावर सुँगुर, कुकुर, हिंसकजंतु, पंक्षीको मासु खानु।

· कुकुर पाल्नु, गानाबाजाका सामग्री प्रयोग गर्नु, सुन चाँदीका भाडा बर्तन प्रयोग गर्नु, लोग्ने मान्छे सुन वा रेशम प्रयोग गर्नु।

· सुद ब्याज खानु, घुस लिनु दिनु, जुवा खेल्नु , बलात्कार, व्यभिचार, होमसेक्स, हस्तमैथुन गर्नु, दिसाबाटोमा सहवास गर्नु।

· घमण्ड गर्नु , दुर्बल,टुहुरो , विधवा र जनावरमाथि अत्याचार गर्नु, फजुल खर्च अथवा बिना आवश्यकता खर्च गर्नु, आत्महत्या वा नाहक कसैको ज्यान लिनु, वा गलत फैसला गर्नु।

· सलाः न पढ्नु, ज़कात (दान) न दिनु, रमजानमा सौम (वर्त) न बस्नु इस्लामी तरिका अनुसार जीवन व्यतीत न गर्नु।

· अरु घर्मका चिन्ह क्रोस, जनोइ घाँटीमा लट्काउनु आदि।

इस्लामिक व्यवहार

· पाठक वृन्द! इस्लाम चाहिं प्राकृतिक धर्म हो। तल केही इस्लामिक व्यवहार प्रस्तुत छ जो स्वच्छ प्राकृतिकसँग मेल खान्छः

· मिस्वाक गर्नुः विशेष गरी वुजू र सलाःको आरम्भ, कुर्आनको पाठकको सुरुमा, निन्द्राबाट व्युँझे पछि र घरमा प्रवेश हुने बेला।

· सुन्नतः खतना गर्नु अथवा लिंगमा बढेकोो छालालाई काट्नु।

· नाभिमिनि, काखको कपाल र रौंलाई खौरनु, नङ्ग काट्नु। र 40 दिन भन्दा बढी सफा नगरिकन न राखनु।

· जुँगालाई सानो पार्नु, र दाह्री पाल्नु।

· खुश्बु र ईत्तर प्रयोग गर्नु।

· कपालको इज्जत र तेल लगाई राम्रो गर्नु।

· कपाल सेतो भए पछि त्यसलाई मेहदीले खैरो गर्नु।

· हरेक कार्यको आरम्भमा बिस्मिल्लाः भन्नु अथवा खानु, पीनु, सुतनु, सवारी , साइकल, विमानमाथि चढ्नु, वुजू गर्नु, मस्जिदमा जानु, सम्भोग गर्नु, शौचालयमा जानु, बाख्रा काट्नु,आदिको आरम्भमा बिस्मिल्लाः भन्नु।

· खान पीन सिद्धए पछि अलहम्दो लिल्लाः भन्नु।

· दायाँ हातले खान पीन र वुजू गर्नु, कपालमा काइयो गर्नु कपाल खैरनुमा गायाँतर्फबाट आरम्भ गर्नु सुन्नत र श्रेष्ट हो। मस्जिद वा घरमा जाँदा पहिले दायाँ खुट्टा हाल्नु फेरि सलाम गर्नु।

· यसको विपरीत दिसापिसाब , नाक आदिको फोहर बायाँ हातले सफा गर्नु, शौचालयमा प्रवेश हुँदा, मस्जिदबाट बाहिर आउँदा, लुगा जुत्ता आदि फुकाल्दा देब्रे खुट्टादेखि फउकाल्नु।

· हाई वा आछ्युँ आउने बेला मुखमाथि हात राखनु. आछयुँ पछि अल हम्दो लिल्लाह भन्नु। सुन्नेवालाले यर्हमो कल्लाः भन्नु। पुनः तपाईले उसको जवाफमा यहुदी कोमूललाह भन्नु।

· मुस्लिमसँग भेंट भएमा मुस्कुराएर न झुकिकन अस्सलामो अलैकुम भन्नु वा उस्ले पहिलो सलाम गर्यो त जवाफमा व अलैको मुस्सलामो व रहमतुल्लाः भन्नु, सन्चो विसन्चो सोघनु।

· सलाम पछि एक हालतले मोसाफहा (हात मिलाउनु) गर्नु।

· काफिरलाई पहिलो सलाम न गर्नु यदि उस्ले सलाम गर्यो भने मात्र व अलैक (तिमीमाथि पनि) भन्नु।

· खुसीको कुरा सनेमा अलहम्दो लिल्लाः मा शा अल्लाह भन्नु।

· दुर्घटना भएमा, कुनै वस्तु हराएमा , अचानक बिजुली गऐमा वा मृत्यु भएमा इन्ना लिल्लाहे व ईन्ना एलैहे राजेऊन पढ्नु।

· बिरामीलाई हेरचाह र भेंट गर्नु, लागत अनुसार मदत गर्नु।

· रोगीलाई भेंट गर्दा (ला बास तुहुर इन्शा्अल्लाह) अल्ल्लाह तआलाले तपाईलाई निको पारोस् भनी समवेदना प्रकट गर्नु।

· मृत वा मुर्दाको (अन्ति संस्कार) जनाजामा सामेल भई सलाः र उहाँको परिवारको लागि खाना तयार गर्नु गराउनु।

· यात्री र पाहुनालाई विदा गर्न, ईद, पर्व, विवाह, छोराछोरीको जन्म आदिको अवसरमा बधाई दिनु।

· अरुको घरमा जानु वा अरुको कुनै वस्तु कलम, कापी, पानी आदि प्रयोग गर्नु भन्दा पहिले आज्ञा लिनु।

· पाहुनालाई सत्कार, ठूलोलाई इज्जत र स्यानोलाई माया गर्नु।

· गरीबगुरुवा, टुहुरो र विध्वालाई सहायता तथा माया गर्नु।

· गलती भएमा छमा चाहनु।

· कसैले सहायता गर्यो भने उस्को जवाफमा धन्यवाद दिनु।

· अल्लाहको नाम लिने वा भन्ने बेला (अज्ज व जल) भन्नु ।

· हजुरको नाम लिए वा सुनेमा सल्लल्लाहु अलैहि व सल्लम भन्नु।

· अधिका (रसूल) सन्देष्टाको नाम लिएमा अलैहिस्सलाम भन्नु।

पवित्र कुरआन

1. कुरआन अल्लाहको अन्तिम वाणी र ग्रन्थ हो जो अल्लाह तआला बाट अक्षरशः अन्तिम दूत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम माथि 23 वर्षको लामो अवधिमा बेला बेला आवश्यकता अनुसार अवतरित भयो।

2. कुरआनमा 30 पारा (खण्ड) र जम्मा 114 सूरह (अध्याय) रहेका छन्।

3. अल्हमदो चाहिं प्रथम र कुल अउ जु बि रब्बिन्नास अन्तिम सूरह हो।

4. कुरआन मान्छेलाई सुमार्गतर्फ मार्गदर्शन गर्छ अनि मनुष्यलाई अन्धयारोबाट प्रकाशतर्फ डोर्याउँझ छ।

5. कुरआन मनुष्यलाई मनुष्यको गुलामीबाट जोगाई मात्र अल्लाह तआला सर्व शक्तिमानको बन्दना गर्ने मार्ग दर्शन गर्छ।

6. कुरआन अमन, शान्ति तथा मित्रताको पैगाम दिन्छ। खेदको कुरा के छ कि आज इस्लाम शत्रु यसलाई आतंकवाद र शत्रुताको मूल श्रोत धोषित गरेको छ।

7. कुरआन सुरक्षित ग्रन्थ हो यसैले कुर्आनका हरेक शब्द , पाइ यहाँसम्म कि ह्रिस, दिर्ध पनि आफनो यथावत रुपमा बाँकी छ र कयामतको दिनसम्म बाँकी रहने छ।

8. कुरआनले आफू भन्दा पहिलेका सबै ग्रन्थलाई मनसूख अथवा रद्द गरेको छ यसर्थ यसै अन्तिम सम्बिधान अनुसार जीवन व्यतीत गर्नुमा सफलता र मुक्ति लुप्त छ।

9. कुरआन मात्र मुस्लिम वा व्यक्ति विशेषको लागि होइन बरु पूरै संसारको लागि हो। जति हक मुस्लिमको हो त्यत्तिकै गैर मुस्लिमको पनि हो।

10. कुरआनको 1 शब्द पढ्नाले 10 पुण्य प्राप्त हुन्छ। कुर्आनलाई जो पाठ गर्छ भने कुरआन उसको लागि सिफारिस गर्नेछ।

सरलताको लागि केही साना सूरहःहरु प्रस्तुत छन्।

1-सूरःफातिहाः बिस्मिल्लाहिर्रहमानिर्रहीम(1) अलहम्दो लिल्लाहे रब्बिबल आलमीन (2) अर्रहमा निर्रहीम(3)मालिके यौ मिद्दीन (4) ईय्या क नाअबुदु व ईय्याक नस्तईन (5) इहदे नस्सिरातल् मुसत कीम (6) सिरातल्ल जीन अनअमत अलै हिम गै रिल मगजूबे अलैहिम व लज्जाल्लीन(7)

2-सूरःअस्रः वल् अस्रे (1) इन्नल्इन्सान लफी खुस्र (2) इल्लल्ल जी न आमनु व अमेलुस्सालेहाते व तवासौ बिल्हक्के , वतवा सौ विस्सब्रे (3)

3-सूरःहुमजहः वै लुल्ले कुल्ले हुमज तिल्लोमजः (1) अल्लजी जमअ मालव्व अद्ददह (2) यहसबो अन्न मालहु अखलदः (3) कल्ला लयुम्बजन्न फिल होतमः(4)वमाअदराक मल हो तमः (5)नरुल्ला हिल मुकदः (6)अल्लती तत्तले ओ अलल् अफएदः (7)इन्नहा अलै हिम मुसदः (8) फि अमदिम्मो मद्ददः(9)

4-सूरःफीलः अलम्तर कैफ फअल रब्बोक बेअस्हाबिलफील(1) अ लम्यज् अल् कैदहुम् फि तज्लील (2) व अर्सल अलैहिम् तैरन्अबाबील(3) तर मी हिम बेहिजा रतिम् मिन्सीज्जील (4)फजअलहुम् क अस्फीम्मा कूल(5)

5-सूरःकुरैशः लेईलाफे कोरैश (1)ईलाफेहिम् रेहल तश्शेता ए वस्सैफ (2) फल्याअबोदु रब्बहाजल्बैत (3) अल्लजी अत्अमहुम् मिन्जु्अ व आमनहुम मिन खौफ (4)

6- सूरः माउनः अरतैतल्लजी योकज्जेबोबिद्दीन् (1) फजालेकल्ल जी यदोअउल्यतीम (2) व ला यहुज्जो अला तआमिल्मिस्कीन (3) फवै लुल लिल्मोसल्लीन् (4) अल्लजीन हुम अन् सलाते हिम् साहून (5) अल्लजीन हुम् योराउन् (6) व यम्न ऊनल्ल मा उन्।(7)

7-सूरःकौसरः इन्ना आतैना कल्कौसर् (1) फसल्ले ले रब्बेक वन हर (2) इन्न शानेअक होवल्अबतर (3)

8-सूरःकाफेरुनः कुल् याअय्योहल् काफेरुन (1) ला आअबोदो मा ताअबोदुन (2) व ला अन्तुम् आबेदून मा आअबुद (3) व ला अना आबेदुम्माअबत्तुम् (4) व ला अन्तुम् आबेदून मा आअबुद (5) लकुम् दीनोकुम् व लेयदीन(6)

9-सूरःनसरः इजा जाअ नसरुल्लाहे वल्फत्हो (1) व र यैय्तन्ना स यद्खोलून फि दीनिल्लाहे अफ्वाजा (2) फसब्बेह् बेहम्दे रब्बेक वस्तग्फिर्हो इन्नहुकान तौव्वाबा(3)

10-सूरःमसदः तब्बत यदा अबी लहबिव्वतब्ब् (1)मा अग्ना अन्हो मालोहु वमा कसब् (2) सयस्लानारन् जातलहब् (3) वमरअ तोहु हम्मालतल् हतब् (4) फिजीदेहा हब्लुम्मिम्मसद् (5)

11-सूरःइख्लासः कुलहो वल्लाहो अहद् (1) अल्लाह हुस्समद् (2) लम् यलिद् व लम् यूलद् (3) व लमयकुल्लहु कुफुवन् अहद् (4)

12-सूरःफलकः कुल् अ ऊजो बेरब्बिबल् फलक् (1) मिन् शर्रे माखलक् (2)व मिन शर्रे गासेकिन् एजा वकब् (3) व मिन् शर्रिन् नफ्फसाते फिल ओकद् (4) व मन् शर्रे हासेदिन् एजा हसद् (5)

13-सूरःनासः कुल अ ऊजो बेरब्बिबन्नास् (1) मलेकिन्नास् (2) एला हिन्नास् (3) मिन् शर्रिल वस्वासिल् खन्नास् (4)अल्लजी योवस्वेसो फी सोदूरिन्नास (5) मिनल् जिन्नते वन्नास्(6)

दैनिक दुआहरु

यहाँ केही अजकार र दुआहरु प्रस्तुत छ्न् जो हरेक मुस्लिमको लागि निकै महत्वपूर्ण छन् यसर्थ यसलाई दैनिक पढ्नु गएमा मुस्लिम निकै खालको दुःख , पीडा, जादु, तान्त्रिक र शैतानहरुको उपद्रव र जालबाट सूरक्षित बस्न सक्छ।

बिहानः 1) अल्लाहुम्म बेक अस्बहाना व बेक अम्सैना व बेक नह्या व बेक नमूत व एलैकन्नोशूर (सही तिर्मिजी 3।142)

बेलुकामाः अल्लाहुम्म बेक अम्सैना व बेक अस्बहना व बेक नह्या व बेक नमूत व एलैकन्शूर। पढ्नु होस्।

आम समयमाः लाईलाह इल्लल्लाहो वह्दुहु लाशरीक लहु लहुल मूल् को व लहुल् हमदो व हुव अला कुल्ले शैइन् कदीर। (बोखारी र मुस्लिम)

एक, दस वा 100 चोटि पढ्नाले निकै पुण्य प्राप्त हुन्छ अनि भूत , प्रेत तथा शैतानको उपद्रवबाट बचने महत्वपूर्ण तन्त्र रहेछ।

§ "बिस्मिल्ला हिल्लजी लायजुर्रो मअ इस्मेहि शैउन् फिल्अर्जे वला फिस्समा व हुवस्समीउल् अलीम"

(जो बिहान तथा बेलुका 3-3 चोटि पढ्छ भने उल्लाई कुनै पनि वस्तुले कष्ट पुर्याउन सक्दैन। (सही इब्ने माजा 2।332)

§ "अ ऊ जो बे कले मातिल्ला हित्ताम्माते मिन शर्रे माखलक्"। (जो बेलुकामा 3 चोटि पढ्छ भने उल्लाई त्यस रात्रीको महामारी कष्ठ पुर्याउन सक्दैन। (अहमद 2।290)

§ 1) कुल् होवल्लाहो अहद्।

§ 2)कुल् अ ऊजो बेरब्बिबल् फलक्

§ 3)कुल अ ऊजो बे रब्बिबन्नास्। (जो बिहान र बेलुका उक्त तीनौ कुललाई 3-3 पटक पढ्छ भने उ भूत प्रेत र बोक्सीबाट सुरक्षित रहने छ।

§ अस् तग्फे रुल्लाह व अतूबो एलैह" (100 चोटि)

§ सुबहानल्लाहे व बे हम्देही" (100 चोटि)(मुस्लिम)

§ " या हय्यो या कैय्यूम बेक अस्तगीस फस्लेहली शानि वला तकिल्नी एला नफ्सी तर्फत यैन" । (सही तर्गीब 1।273)

§ " रजितो बिल्लाहे रब्बन् व बिलइस्लामे दिनन् व बे मोहम्मदिन् नबीयन् रसूलन्" (जो बिहान तथा बेलुकामा 3-3 पटक पढछ भने अल्लाह कयामतको दिन अवश्य उल्लाई प्रसन्न गर्नेछ। ( अहमद 4।337)

§ सुतने दुआः बिस्मेक अल्लाहुम्म अमूतो व अहया (बोखारी)

§ बिहान उठ्ने दुआः अल्हम्दो लिल्ला हिल्लजी अहयाना बाद मा अमातना व एलै हिन्नशूर।

§ खाना खाने दुआः बिस्मिल्ला (अल्लाहको नामबाट)

§ खाना पछिको दुआः अल्हम्दो लिल्ला हिल्लजी अत अमनी हाजा व रजकनि मिन गैरे हौलिम मिन्नी वला कुव्वः।

§ सम्भोगको दुआः बिस्मिल्लाह, अल्लाहुम्म जन्निब नश्शैतान व जन्निबिश्शैतान मा रजक्ततना।

§ क्षमाको दुआः रब्बना जलम्ना अन्फोसना व इल्लम तग्फिर लना व तर्हम्ना ल न कू नन्न मिनल खासेरीन। -रब्बना आतेना फिद्दुन्या हसनः व फिलआखेरते हसनः व केना अजा बन्नार।

§ आमा बुवाको निमित्तः रब्बिबर हम्होमा कमा रब्बयानी सगीरः।

§ सन्तान चाहिएमाः रब्बिब ला तजर्नी फर्दा वअन्त खैरुल वारेसीन।

§ इमानको निमित्तः रब्बना ला तुजिग कुलूबना बाद इज हदैतना व हब लान मिल्ल दुन्क रहमः इन्नक अन्तल वह्हाब।

§ दुःखमा ला ईलाह ईल्ला अन्त सुब्हा नक इन्नी कुन्तु मिनज्जा ले मीन।

§ चिन्तामाः अल्लाहुम्म इन्नी अऊजो बेक मिनल् हम्मे वल हजन् वल् अज्जे वल् कसले वल् बुख्ले वल् जुब्ने व जल यिद्दैने व गल ब तिर्रेजाल (बोखारी)

§ वर्षा हुने वेलाः अल्लाहुम्म सैयेबन नाफेअन (बोखारी)

§ संकटमाः 1) हसबोनल्लाहो व नेमल् वकील (बोखारी)

§ 2) अल्लाहुम्म ला सहल इल्ला मा जअल्तहु सहल।

§ ईमानमा शंका परेमाः 1) अऊजो बिल्लाहे मिनश्शैतानिर्रजीम।

§ 2) आमनतो बिल्लाहे व रसूलेही (मुस्लिम)

§ सलाम शैतानको शंका भएमाः अऊजो बिल्लाहे मिन्शैतानिर्रजीम। फेरि बायाँ कन्धातिर 3 पल्ट थुक्नोस (मुस्लिम)

§ नयाँ चन्द्रमा हेरेमाः अल्लाह हु अकबर! अल्लहुम्म अहिल्लहु अलैना बिल्अम्ने वलईमान वस्स लामते वल इस्लाम रब्बी व रब्बो कल्लाः।

§ विवाहको बधाईः बारकल्लाहो लक व बारक अलैक व जमअ बैनकोमा फि खैर (अबुदाउद)

§ सदैव दुआको अन्तमाः रब्बना तकब्बल मिन्ना इन्नक अन्तस् समि उल अलीम व तुब अलैना इन्नक अनतत्तौ वा र्बुरहीम।

§ सभाको अन्तमाः सुब्हानक अल्लाहुम्म व बेहम्देक अश्हदो अल्लाह ईला ह इल्ला अनत अस्तग्फेरोक व अतूबो एलैक (तिर्मिजी)

अल्लाह तआला सबैलाई आफ्नो सोझो र सत्य धर्मको मार्ग दर्शन गरुन् अनि त्यसलाई आत्मसात गर्ने साहस दिउन् भन्ने प्रार्थना छ।