×
यस निबन्धमा सामूहिक नमाजको अनिवार्यतालाई प्रमाणको साथ वर्णन गरिएको छ ।

    सामूहिक नमाजको अनिवार्यता

    [ नेपाली - Nepali -نيبالي ]

    लेखकः

    अतीकुर्रहमान मो.इदरीस खान मक्की

    2013 - 1434

    وجوب صلاة الجماعة

    « باللغة النيبالية »

    تأليف:

    عتيق الرحمن محمد إدريس خان مكي

    2013 - 1434


    सर्वाधिकार लेखकमा सुरक्षित छ ।

    بسم الله الرحمن الرحيم

    الحمد لله و الصلاة و السلام على نبينا محمد و على آله و صحبه أجمعين

    सम्पूर्ण प्रशंसा अल्लाहीको लागी हो। र दरूद र सलाम उनका दूत्त महुम्मद र उनका परिवार र साथीहरुमाथि होस्।

    बिस्मिल्लाहिर्रहमानिर्रहीम

    समस्त प्रशंसा त्यस अल्लाहका लागि छन् जुन सम्पूर्ण जगतको स्वामी हो, र शान्ति होस् अल्लाहको अन्तिम संदेष्टा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम माथि र उहाँको घरवालाहरू र संपूर्ण साथीहरू माथि ।

    प्रिय पाठकहरू ! नमाज इस्लामको दोस्रो स्तम्भ हो, र मूलमन्त्र (कलमए शहादत) पश्चात सबै भन्दा महत्वपूर्ण स्तम्भ यो नै हो, कियामतको दिन सर्वप्रथम यसैको बारेमा सोधपूछ हुने छ । र रसूल सल्लल्लाहो अलैहे वसल्लमले नमाजलाई जानी बूझी छाडनेलाई काफिर (नास्तिक) भन्नु भए छ ।

    अर्थः जसले नमाज छाडयो त्यो काफिर भयो । (मुस्लिम)

    यो हदीसबाट यो सिद्ध हुन्छ कि नमाज कुनै अवस्थामा पनि छाडने अनुमति छैन, यस्तै सामूहिक नमाज पढनु पनि अनिवार्य छ, र बिना कुनै कारण सामूहिक नमाज न पढनेवालाको नमाज स्वीकार्य हुँदैन, र विशेष गरी मस्जिदमा सामूहिक नमाज कायम गर्नु अनिवार्य छ । यदि मस्जिदबाट टाढा भएको अथवा अजान न सुनेको मान्छेले अरु ठाउँमा पनि सामूहिक नमाज पढयो भने ऊ माथि कुनै दोष लाग्दैन । तर मस्जिद छेउ घर भएको मान्छेको नमाज मस्जिद मै स्वीकार्य हुन्छ ।

    सामूहिक (जमाअतको साथ) नमाज अनिवार्य हुनुको केही प्रमाणहरू ।

    १- नमाज कायम गर र धर्मादय (जकात) देऊ र रुकूअ गर्नेहरूको साथ रुकूअ गर । ( अल बकरः ४३)

    यस आयतमा अल्लाहले भनेको छ "रुकूअ गर्नेहरूको साथ रुकूअगर" यसको अर्थ भयो सामूहिक नमाज पढ ।

    २- यदि तिमी (अर्थात नबी सल्लल्लाहु अलैहि वसल्लम) उनीहरूको माझमा छौ र उनीहरूलाई नमाज पढाउछौ भने तिनीहरूको एउटा समूह तपाईको साथ नमाजको लागि उभोस् । ( अन्निसा १०२ )

    यो आयत युद्धको अवस्थामा पनि सामूहिक नमाजलाई अनिवार्य हुने आदेश दिन्छ ।

    ३- मुस्लिम शरीफमा एउटा हदीस वर्णन छ कि हजरत उम्मे मकतूम सहाबी रसूल सल्लल्लाहो अलैहे वसल्लमसित भन्नु भयो हे अल्लाहको रसूल म अन्धो मान्छे हूँ र म सित कुनै यस्तो मान्छे पनि छैन जुन मलाई मस्जिद सम्म पुगाओस्, त के म आफ्नो घरमा नमाज कायम गरूँ? के मलाई अनुमति छ ? रसूल सल्लल्लाहो अलैहे वसल्लमले सोध्नु भयो तिमी अजान सुन्छौ ? अब्दुल्लाह बिन उम्मे मकतूमले भन्नु भयो हो सुन्छु । अनि रसूल सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भयो यदि तिमि अजान सुन्छौ भने मस्जिद मै (सामूहिक नमाज) पढने प्रयत्न गर, तिम्रो लागि कुनै अनुमति (छूट) छैन ।

    प्रिय पाठकहरू ! जब अन्धो मान्छेलाई पनि अनुमति छैन कि घरमा एकलै नमाज पढोस् त विचार गर्नुस् कि हामी कसरी एकलै नमाज पढन सक्छौं ।

    ४- र एउटा आर्को हदीस छ जसलाई अबू हुरैरः रजिअल्लाहु अन्हुले वर्णन गर्नु भएछ कि रसूल सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भयो "म यो चाहन्छु कि नमाज पढने अदेश गरूँ र एउटा मान्छेलाई नमाज पढाउनको लागि नियुक्त गरुँ, अनि म केही यस्ता मान्छेहरूलाई लिएर निस्कूँ जुन मान्छेहरू दाउरा बोकेका हुन फेरि यस्ता मान्छेहरूको घरलाई आगो लगाई दिऊँ जुन मान्छेहरू मस्जिदमा नमाज पढनुको लागि उपस्थित हुँदैनन्" । (बुखारी, मुस्लिम)

    ५- एउटा आर्को हदीसमा रसूल सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भयो " जसले अजान सुन्यो अनि सामूहिक नमाजमा उपस्थित भएन बिना कुनै कारण, त्यसको एकलै नमाज स्वीकार्य छैन "।(अबू दाऊद, इब्ने हिब्बान, अदि)

    र यस्तै यस बाहेक अरु थुप्रै अयत र हदीसहरू यस कुरा माथि प्रमाण छन् कि सामूहिक नमाज अनिवार्य छ , र बिना कुनै कारण (उज्र) जसले पनि सामूहिक नमाजलाई छाडछ अथवा आफ्नो भाइहरूको साथ मस्जिदमा उपस्थित हुँदैन त्यसको नमाज अस्वीकार्य छ ।

    प्रिय पाठकहरू ! अल्लाह र अल्लाहका रसूल हामीलाई कुनै यस्तो कार्यको आदेश गर्दैनन् जसमा हाम्रो लागि हानि होस्, बरु यस्तो कार्यको आदेश दिन्छन जसमा हाम्रोलागि लाभ होस् त्यही कार्यहरू मध्ये सामूहिक नमाज पनि हो, यसमा हाम्रो लागि धेरै लाभहरू छन् , उदाहरणको लागि केही तपाईहरूको समक्ष राख्दछु ।

    मान्छे दिनमा कम्तीमा पाँच पटक आफ्ना मुस्लिम भाइहरूसित भेटघाट गर्छ, र उनीहरूको हालखबर लिन्छ, उनी मध्ये कसैलाई कुनै प्रकारको सहायता चाहिन्छ भने उनीहरूको सहायता गर्ने प्रयत्न गर्छ। कुनै न्याँ मुसलमान नमाज पढनको लागि उपस्थित भएछ भने ऊ सित परिचय हुन्छ। कसैलाई नराम्रो कार्य अथवा समाज विरुद्ध कार्य गरी रहेको हेर्दा त्यसलाई सदउपदेश गर्छ । कसै माथि विपदा आएकोमा त्यसलाई संतोष गर्ने आश्वासन दिन्छ। यस्तै सामूहिक नमाजले आपसमा प्रेम उत्पन्न हुन्छ, र हेर्नेवाला शत्रु मुस्लिमहरूको एकताबाट भयभित भईहाल्छ । र सबै भन्दा ठूलो लाभ उप्रोक्त वर्णन गरिएका समस्त कार्यहरूमा त्यस मान्छेलाई अल्लाह पुण्य दिन्छन् यदि त्यसले आफ्नो घरमा नमाज पढ्यो भने यी सबै पुण्यहरूबाट वंचित रहन्छ ।

    त हे हाम्रा प्रिय भाइहरू ! अल्लाह र उसको रसूलको फर्मानलाई मान र आजै देखी मस्जिदमा पाँचौ बखतको नमाज पढने प्रयत्न गर , र त्यो दिनबाट डर मान जस दिन कसैले कसैलाई फाइदा पुर्याउन सक्दैन, तिम्रो कर्म नै तिम्रो साथी हुन्छ । यो धन यो सम्पत्ति यो सुहाँउदो संसारिक जीवन र त्यसका सम्पूर्ण भोग विलास गर्ने वस्तुहरू सबै संसारिय जीवन सम्म नै सीमित छन् । र हाम्रो संसारिय जीवन खेल तमाशा हो, यसमा संलग्न भएर आफ्नो परलोकिक जीवनलाई कष्टदायक नबनाऊ ।

    हे प्रिय भाइ ! अल्लाहले प्रदान गरको गन्तिको आयुलाई आफ्नो पालनकर्ताको आदेश बमोजिम व्यतीत गर , सामूहिक नमाज मात्र होइन बरु अल्लाहको प्रत्येक आदेशको पालना गर र त्यसलाई प्रसन्न गरी स्वयम् पनि प्रसन्न होऊ। याद राख ! तिम्रो पालनकर्ता प्रसन्न भयो भने तिमी पनि अवश्य प्रसन्न हुनेछौ त्यसको नगन्य अनुकम्पालाई प्राप्त गरी । तर यदि पालनकर्ता तिमी माथि क्रोधित भयो भने तिम्रो लोक परलोक दुवैको जीवन कष्टदायक हुनेछ र नर्क नै बासस्थान बन्ने छ ।

    अन्तमा अल्लाह सित यो प्रार्थना छ कि अल्लाह हामी सबैलाई सबै इस्लामीय आदेशको पालना गर्ने शक्ति प्रदान गरुन् (आमीन)

    प्रार्थीः

    अतीकुर्रहमान मो. इदरीस खान मक्की

    कपिलवस्तु नगरपनलिका महुवा वार्ड न.९ तौलिहवा कपिलवस्तु नेपाल

    मो.००९७७ ९७२७६४९२३८