×
इस्लाम सम्पूर्ण ब्रह्माण्डको पालनकर्ताको धर्म हो

अत्यन्त करूणामय परम दयालु अल्लाहको नामबाट शुभारम्भ गर्दछु ।

इस्लाम सम्पूर्ण ब्रह्माण्डको पालनकर्ताको धर्म हो

तिम्रो पालनकर्ता को हुन् ?

यो (ईश्वरको) अस्तित्वमा सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो; अनि प्रत्येक व्यक्तिले यसको जवाफ जान्नु पर्छ ।

हाम्रो पालनकर्ता (अल्लाह) उहाँ नै हुनुहुन्छ जसले आकाश र पृथ्वीको सृष्टि गर्नुभयो । र आकाशबाट पानी बर्साउनुभयो र त्यसबाट फलफूल र रूखहरू हाम्रो लागि र हामीले खाने जनावरहरूका लागि खानाको रूपमा उत्पादन गर्नुभयो ।उहाँले नै हामीलाई र हाम्रा पुर्खाहरूलाई सृष्टि गर्नुभयो र यस संसारका सम्पूर्ण कुराहरूलाई सृष्टि गर्नुभयो । उहाँले नै रात र दिन बनाउनु भयो । उहाँले नै रातलाई सुत्न र आराम गर्नका लागि र दिनलाई गाँस र जीविकोपार्जन खोज्नको लागि बनाउनुभयो ।उहाँले नै सूर्य, चन्द्रमा, तारा र महासागरहरूलाई हाम्रो अधीनमा राख्नुभएको छ । उहाँले जनावरहरूलाई हाम्रो अधीनमा बनाउनुभएको छ, जसमध्ये केहीलाई हामीले खानाको रूपमा प्रयोग गर्छौं र तिनीहरूको दूध र ऊनबाट फाइदा लिन्छौं ।

ब्रह्माण्डको पालनकर्ताको विशेषताहरू के के हुन्?

'रब' पालनकर्ता उहाँ हुन्, जसले सम्पूर्ण प्राणीहरूलाई सृष्टि गर्नुभएको छ । उहाँले नै तिनीहरूलाई सत्य मार्ग देखाउनुहुन्छ । उहाँले सम्पूर्ण सृष्टिहरूको सम्पूर्ण कार्यहरू व्यवस्थित गर्नुहुन्छ र जीविका प्रदान गर्नुहुन्छ । उहाँ नै यस संसार र परलोकको मालिक हुनुहुन्छ र सबै थोक उहाँकै हो उहाँ बाहेक जेजति छ सबै उहाँका दास हुन् ।अल्लाह सदा जीवित हुनुहुन्छ, उहाँ कहिल्यै मर्नुहुन्न र सुत्नु पनि हुदैन । उहाँ कय्युम (स्थायी) हुनुहुन्छ उहाँको आदेशले हरेक प्राणी जीवित छ । र उहाँको कृपाले सबै कुरालाई समेटेको छ । पृथ्वी वा आकाशमा कुनै पनि कुरा उहाँबाट लुकेको छैन ।उहाँ जस्तो केही छैन । उहाँ सबै तोकको श्रोता र द्रष्टा हुनुहुन्छ । उहाँ आफ्नो आकाश भन्दा माथि हुनुहुन्छ । उहाँ आफ्ना सृष्टिहरूबाट निरपेक्ष हुनुहुन्छ, जबकि सम्पूर्ण सृष्टिहरू उहाँमा निर्भर छन् । उहाँ नत कुनै आफ्नो सृष्टिमा सम्मिलित हुनुभएको छ नत उहाँमा कुनै सृष्टिमा समावेश गरेको छ ।हाम्रो पालनकर्ता नै हुन् , जसले यस ब्रह्माण्डलाई एकदमै सन्तुलित र त्रुटिहीन प्रणालीहरू सहित सृष्टि गर्नुभएको छ, चाहे त्यो मानव र पशुको शरीरको प्रणाली होस् वा सूर्य, ताराहरू र हाम्रो वरपर ब्रह्माण्डको अन्य कुराहरुको प्रणालीहरू होस् ।

उहाँ बाहेक जसको उपासना गरिन्छ, ऊ आफ्नो लाभ-हानिको पनि मालिक छैन भने उनको उपासना गर्नेहरूलाई उनले कसरी लाभ पुऱ्याउन सक्छ वा हानिबाट जोगाउन सक्छ ।

हामीमाथि हाम्रा पालनकर्ताको अधिकार के छ?

उहाँको अधिकार सबै मानिसहरूमाथि के छ भने सबैले उहाँ एक मात्र अल्लाहको उपासना गर्नुपर्छ र उहाँसँग कसैलाई साझेदार गर्नु हुँदैन । तसर्थ वहाँ बाहेक वा सँग, कुनै मानव, ढुङ्गा, नदी, निर्जीव वस्तु, ग्रह वा अन्य कुनै चीजको पूजा गर्नु हुँदैन । बरु तिनीहरूले विशुद्ध रूपमा विश्वका पालनकर्ताको आराधना गर्नुपर्छ ।

मानिसहरु को अधिकार अल्लाह माथि के छ?

भक्तहरूको अधिकार अल्लाह माथि के छ भने यदि तिनीहरूले उहाँको उपासना गर्छन् भने, अल्लाहले तिनीहरूलाई यस संसारमा राम्रो जीवन प्रदान गर्नुहुनेछ जहाँ तिनीहरूले शान्ति, समृद्धि, सुरक्षा र सन्तुष्टिको आभास गर्नेछन् र परलोकमा स्वर्गमा प्रवेश गराउनु हुनेछ, जहाँ अनन्त बास,प्रशस्त अनुग्रहहरू हुनेछन् । तर यदि तिनीहरूले अल्लाहको अवज्ञा गर्छन् भने, उहाँले दुनियाँमा तिनीहरूको जीवनलाई कठिन बनाइदिनुहुनेछ, यद्यपि तिनीहरूले ठूलो सुख र आनन्दमा छन् भनेर सोच्छन् । अनि परलोकमा नरकमा प्रवेश गर्नुहुनेछ, जहाँबाट तिनीहरू चाहेर पनि बाहिर आउन सक्ने छैनन् र तिनीहरू त्यहाँ सधैंभरि पीडादायी यातना भोगिरहने छन् ।

हाम्रो जीवनको उद्देश्य के हो ? अल्लाहले हामीलाई किन सृष्टि गर्नुभएको हो ?

सर्वशक्तिमान ईश्वरले हामीलाई एक महत्त्वपूर्ण उद्देश्यको लागि सृष्टि गर्नुभएको कुरा उहाँले स्वयम स्पष्ट पार्नुभएको छ; त्यो उद्देश्य भनेको उहाँको एक मात्रको उपासना गरौं र उहाँसँग कसैलाई साझेदार नगरौं । त्यसैगरी उहाँले हामीलाई पृथ्वीमा सद्भाव, धार्मिकता र सहिष्णुता फैलाउने काम सुम्पनुभएको छ । तसर्थ, जसले आफ्नो सृष्टिकर्ता बाहेक अरू कसैको पूजा गर्छ, उसलाई पक्कै पनि आफ्नो उद्देश्य थाहा छैन । न त उसले आफ्नो कर्तव्यको पालना गर्यो। तसर्थ, जसले पृथ्वीमा भ्रष्टाचार र विपत्ति सिर्जना गर्छ, उसलाई आफ्नो जिम्मेवारी थाहा छैन ।

हामी हाम्रो पालनकर्ताको उपासना कसरी गर्ने ?

परमात्माले हामीलाई सृष्टि गरेपछि बेवास्ता गरेर हाम्रो जीवनलाई व्यर्थ बनाउनुभएन । उहाँले केही मानिसहरूलाई सन्देशवाहकको रूपमा छानेर आफ्नो समुदायमा पठाउनुभयो । यी सन्देशवाहकहरू मानवजातिमा सबैभन्दा सद्गुणी, उत्कृष्ट नैतिकता र शुद्ध हृदय भएका मानिसहरू थिए । त्यसकारण उहाँले तिनीहरूमाथि आफ्ना सन्देशहरू अवतरण गर्नुभयो, जसमा मानिसहरूले आफ्नो परमेश्वर र न्याय निसाफको दिनको बारेमा जान्नुपर्ने सबै कुरा समावेश गरिएको थियो ।सबै ईशदूतहरूले आ-आफ्नो समुदायलाई अल्लाहको आराधना गर्ने तरिका, समय र यसबाट लोक र परलोकमा हुने प्रतिफलहरूलाई स्पष्ट पारे । त्यसैगरी अल्लाहले खानपान तथा विवाहमा निषेध गर्नुभएको कुराहरुबाट चेतावनी दिए । उच्च नैतिकता अपनाउन प्रेरित गरे र खराब नैतिकताबाट टाढा रहन आदेश दिए ।

अल्लाह तआलालाई कुन धर्म स्वीकार्य छ?

निस्सन्देह, अल्लाहले स्वीकार गर्नुभएको धर्म इस्लाम हो । यो त्यही धर्म हो जसको प्रचारप्रसार सम्पूर्ण पैगम्बरहरूले गरे । न्यायको दिन अल्लाहले यो धर्म बाहेक अरू कुनै धर्मलाई स्वीकार गर्नुहुन्न र इस्लाम बाहेक अरू सबै धर्महरू जुन मानिसहरू ग्रहण गर्छन झूटो धर्म हुन् । यसले मान्नेवालालाई फाइदा हुनेवाला छैन, बरु यस संसार र परलोक दुबैमा उसको लागि दुःखदायी हुनेछ ।

इस्लाम धर्मको सिद्धान्त र स्तम्भहरू के के हुन्?

अल्लाहले आफ्ना भक्तहरूका लागि यो धर्मलाई सजिलो बनाउनुभएको छ । यसको सबैभन्दा ठूलो स्तम्भ भनेको अल्लाहलाई प्रभु र परमेश्वरको रूपमा विश्वास गर्नु हो, उहाँका स्वर्गदूतहरू, उहाँका पुस्तकहरू, उहाँका सन्देशवाहकहरू, अन्तिम दिन र भाग्यमा विश्वास गर्नु हो । (इस्लाम) भनेको अल्लाह बाहेक कोही सत्य उपासना योग्य छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुनुहुन्छ भन्ने गवाही दिनु , नमाज पढ्नु, धनी व्यक्तिले जकात दिनु , वर्षमा रमजान महिनाको वर्त बस्नु र सक्षम व्यक्तिले विश्वकै प्राचीन घर; काबाको हज्ज गर्नु हो, जसलाई इब्राहीम (अलैहिस्सलाम) ले अल्लाहको आदेश अनुसार निर्माण गर्नुभएको थियो ।साथै अल्लाहद्वारा निषेधित चीजहरू जस्तै शिर्क, हत्या, व्यभिचार र अवैध तरिकाले आर्जन गरेको पैसा खानबाट बच्नुपर्छ । जब एक व्यक्ति अल्लाहमा विश्वास गर्दछ, यी उपासनाहरू गर्दछ र यी निषेधित चीजहरूबाट टाढा रहन्छ भने ऊ यो दुनियाँमा एक सच्चा मुस्लिम हो र न्यायको दिनमा अल्लाहले उसलाई स्वर्गमा अनन्त सुख र शाश्वत जीवन प्रदान गर्नुहुनेछ ।

के इस्लाम कुनै विशेष राष्ट्र(समुदाय) वा जातिको धर्म हो?

इस्लाम सम्पूर्ण मानवजातिका लागि अल्लाहद्वारा पठाइएको को धर्म हो । उत्कृष्टता प्राप्तिको आधार धर्म र असल कर्म मात्र हो । यसमा सबै मानिसहरू समान छन् ।

सन्देशवाहकहरूको सत्यता मानिसहरूलाई कसरी थाहा हुन्छ?

मानिसहरूले सन्देशवाहकहरूको सत्यतालाई विभिन्न तरिकाले जान्न सक्छन्:

उनीहरूले ल्याएको सत्य र मार्गनिर्देशनलाई विवेक र शुद्ध प्रकृतिले स्वीकार गर्दछ, यो सही हो भनेर दिमागले गवाही दिन्छ र सन्देशवाहकहरू बाहेक अरू कसैले उनीहरू जस्तो सन्देश ल्याउन सक्दैन भन्ने बुझ्नु पर्दछ ।

पैगम्बरहरूले ल्याएका कुराहरूमा मानिसहरूको धर्म र दुनियाँको सुधार, तिनीहरूको मामिलामा स्थिरता, तिनीहरूको सभ्यताको निर्माण र तिनीहरूको धर्म, बुद्धि, धन र इज्जतको रक्षा समावेश थियो ।

सन्देशवाहकहरूले मानिसहरूलाई सत्यको मार्ग देखाएकोमा बदलामा कुनै पारिश्रमिकको अपेक्षा गर्दैनन् । बरु उनीहरू आफ्नो प्रभुबाट आफ्नो इनामको आशा गर्छन् ।

सन्देशवाहकहरूले ल्याएका कुराहरू सत्य र निश्चित छन् । जसमा नत कुनै शङ्का छ, नत विरोधाभास र भ्रम नै । प्रत्येक ईशदूतले आफ्ना अघिका दूतहरूको पुष्टि गर्छ, र उनीहरूले गरेको प्रचारप्रसार जस्तै मानिसहरूलाई निम्तो दिन्छ ।

वास्तवमा, अल्लाहले सन्देशवाहकहरूलाई स्पष्ट चिन्हहरू र शक्तिशाली चमत्कारहरू (मोजिजा) द्वारा समर्थन गर्नुहुन्छ । ईशदूतहरूको हातबाट जारी भएका यी चमत्कारहरू उनीहरू अल्लाहद्वारा पठाइएका सत्य सन्देशवाहकहरू हुनुको वास्तविक प्रमाण हुन् । सम्पूर्ण सन्देशवाहकहरूमध्ये सबैभन्दा ठूलो चमत्कार अन्तिम दूत मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई दिईएको चमत्कार पवित्र कुर्आन हो ।

पवित्र कुरआन भनेको के हो?

पवित्र कुर्आन विश्वको पालनकर्ताको पुस्तक हो । यो अल्लाहको वाणी हो, जुन जिब्रिल (अलैहिस्सलाम) द्वारा अन्तिम रसूल मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरण गरिएको थियो । यसमा अल्लाह, उहाँका स्वर्गदूतहरू, उहाँका पुस्तकहरू, सन्देशवाहकहरू, अन्तिम दिन र राम्रो नराम्रो भाग्यको बारेमा जान्न आवश्यक पर्ने सबै कुराहरू समावेश गरिएको छ ।यसमा अनिवार्य उपासनाहरू, जोगिनै पर्ने निषेधित चीजहरू, राम्रो र खराब नैतिकता र मानिसहरूका लागि लोक परलोकसँग सम्बन्धित सबै चीजहरू उल्लेख गरिएका छन् । कुर्आन एक चमत्कारी पुस्तक हो, अल्लाहले सम्पूर्ण मानवलाई यो जस्तै किताब प्रस्तुत गर्न चुनौती दिनुभएको छ । यो जुन भाषामा अवतरण गरिएको थियो, त्यो भाषामा प्रलयको दिनसम्म सुरक्षित रहनेछ । नत यसमा एक अक्षर कम हुनेछ नत परिवर्तन नै ।

मृत्युपछि पुनः उठाइने र हिसाबकिताबको प्रमाण के हो?

के तिमी मृत भूमिलाई देख्दैनौ ? जसमा कुनै जीवन छैन, तर वर्षाको पानी परेपछि त्यो जीवित भैहाल्छ र सबै किसिमका बिरुवाहरु उम्रन थाल्दछ र फुल्न थाल्छ । जसले यो निर्जीव भूमिलाई जीवित पार्यो उसले मृतकहरूलाई पुनर्जीवित गर्न सक्छ ।जसले मानिसलाई तुच्छ पानी (वीर्य) को एक थोपाबाट सृष्टि गर्नुभयो उहाँले न्यायको दिन उसलाई पुनर्जीवित गर्न सक्नुहुनेछ र कर्म अनुसार; राम्रो छ भने राम्रो र नराम्रो भए नराम्रोको पूर्ण बदला दिनुहुनेछ।जसले आकाश, पृथ्वी र ताराहरू सृष्टि गर्नुभयो, उहाँले मानिसलाई पुनर्जीवित गर्न सक्षम हुनुहुन्छ; किनकि मानिसलाई दोस्रो पटक पुन: सृष्टि गर्नु पृथ्वी र आकाशको सृष्टि गर्नु भन्दा धेरै सजिलो छ ।

प्रलयको दिन के हुनेछ?

अल्लाहले मानिसहरूलाई तिनीहरूको चिहानबाट जीवित पार्नुहुनेछ र त्यसपछि तिनीहरूको कर्मको हिसाबकिताब लिनुहुनेछ । जसले ईशदूतहरूलाई सत्य माने र आस्थावान भए, उसलाई स्वर्गमा प्रवेश दिइनेछ, जहाँ कुनै पनि मानवले कल्पना पनि नगरेको अनन्त आनन्द हुनेछ र जसले सन्देशवाहकहरूको आह्वानलाई अस्वीकार गरे, उसलाई नरकमा फालिनेछ, जहाँ कुनै पनि मानवले कल्पना पनि गर्न नसक्ने गरी कहिल्यै नसकिने यातनाहरू हुनेछन् । स्वर्ग र नर्कमा प्रवेश गरेपछि मानिस फेरि कहिल्यै मर्दैन, कित अनन्तकालको लागि आशिषहरू प्राप्त गरिरहनेछ वा यातना भोगिरहनेछ ।

यदि कोही इस्लाम स्वीकार गर्न चाहन्छ भने उसले के गर्नुपर्छ? उसले कुनै धार्मिक अनुष्ठान गर्नु पर्ने हो कि कसैको अनुमति लिनु पर्छ?

यदि कुनै व्यक्तिले इस्लाम नै साँचो धर्म हो र यो विश्वका प्रभुको धर्म हो भन्ने विश्वस्त हुन्छ भने उसले इस्लाममा प्रवेश गर्न हतार गर्नुपर्छ । किनभने विवेकशील व्यक्तिले सत्य थाहा पाएपछि त्यसलाई स्वीकार गर्न हतार गर्नुपर्छ र स्थगित गर्नु हुँदैन ।इस्लाम स्वीकार गर्न चाहने व्यक्तिले विशेष अनुष्ठानहरू गर्नु आवश्यक छैन । नत कसैको उपस्थिति आवश्यक छ । तर यदि उसले कुनै मुस्लिमको उपस्थितिमा वा इस्लामिक केन्द्रमा गएर इस्लाम स्वीकार गर्दछ भने यो सुनमा सुगन्ध थपिनेछ । तर, त्यसो भएन भने केही फरक पर्दैन । उसको लागि यो भन्न पर्याप्त छ: "म गवाही दिन्छु, कि अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र म गवाही दिन्छु कि मुहम्मद अल्लाहका दूत हुनुहुन्छ।" यी शब्दहरू उच्चारण गर्दा यसको अर्थ थाहा हुनुपर्छ र त्यसमा विश्वास गर्नुपर्छ । यसरी ऊ मुस्लिम हुनेछ । अनि त्यसपछि बिस्तारै इस्लामका बाँकी नियम र कानुनहरू सिक्नुपर्छ, ताकि अल्लाहले अनिवार्य गरेका कुरा पूरा गर्न सकोस् ।

इस्लाम सम्पूर्ण ब्रह्माण्डको पालनकर्ताको धर्म हो

तिम्रो पालनकर्ता को हुन् ?

ब्रह्माण्डको पालनकर्ताको विशेषताहरू के के हुन्?

हामीमाथि हाम्रा पालनकर्ताको अधिकार के छ?

मानिसहरु को अधिकार अल्लाह माथि के छ?

हाम्रो जीवनको उद्देश्य के हो ? अल्लाहले हामीलाई किन सृष्टि गर्नुभएको हो ?

हामी हाम्रो पालनकर्ताको उपासना कसरी गर्ने ?

अल्लाह तआलालाई कुन धर्म स्वीकार्य छ?

इस्लाम धर्मको सिद्धान्त र स्तम्भहरू के के हुन्?

के इस्लाम कुनै विशेष राष्ट्र(समुदाय) वा जातिको धर्म हो?

सन्देशवाहकहरूको सत्यता मानिसहरूलाई कसरी थाहा हुन्छ?

पवित्र कुरआन भनेको के हो?

मृत्युपछि पुनः उठाइने र हिसाबकिताबको प्रमाण के हो?

प्रलयको दिन के हुनेछ?

यदि कोही इस्लाम स्वीकार गर्न चाहन्छ भने उसले के गर्नुपर्छ? उसले कुनै धार्मिक अनुष्ठान गर्नु पर्ने हो कि कसैको अनुमति लिनु पर्छ?